आइएमई इन्स्योरेन्सद्धारा दावी परेकै दिन विमा रकम भूक्तानी

निरोज कुमार थापा

निरोज कुमार थापा

May 21, 2018 | 04:38:15 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्सले विमा दावी परेकै दिन भूक्तानी दिएको छ । कम्पनीबाट बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका २ जनाको इच्छाएका व्यक्तिलाई विमा दाबी बराबरको रकम भुक्तानी गरेको कम्पनीले जनाएको छ । 

रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) गएका धनुषा जिल्ला गोदारका शंकर कुमार खपाङ्गीको नेपालमा उपचारको क्रममा मृत्यु भएको र बैदेशिक रोजगारको लागी पोल्याण्ड गएकी सिन्धुपाल्चोक जिल्ला गुम्वाकी रिता बुढाथोकी शेर्पाको बिदेशमै मृत्यु भएकोले दुबैको विमा दावी भूक्तानी गरिएको कम्पनीले जनाएको छ । मृतक बीमित शंकर कुमार खपाङ्गीको इच्छाएको व्यक्ति निजकी श्रीमती गंगाकुमारी थापालाई तेह्र लाख र मृतक बीमित रिता बुढाथोकी शेर्पाको इच्छाएको व्यक्ति निजको श्रीमान पासाङ शेर्पालाई चौध लाख रुपैयाँ दाबी पर्न आएकै दिन भूक्तानी गरिएको हो । कम्पनीका निमित्त महाप्रबन्धकं दिनेश अमात्यले उक्त रकम हस्तान्तरण गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved