सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक र कर्मचारीलाई मेडिसिटि अस्पतालमा बिशेष छुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 27, 2018 | 05:26:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाईफ इन्स्योरेन्स र नेपाल मेडिसिटि अस्पतालबीच सम्झौता  भएको छ ।  सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको लागि अस्पताल संग सम्झौता  भएको हो ।

सम्झौता अनुसार जीवन वीमाका लागि ग्राहकहरुलको पूर्व स्वास्थ्य परिक्षण अब मेडिसिटि अस्पताले गर्ने भएको छ भने त्यसको सम्पूर्ण व्यवस्थापन वीमा कम्पनीले गर्ने छ । त्यस्तै  उपचार खर्च, औषधि र डाक्टरसंगको परामर्शमा अस्पतालले १० प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्सुरेन्स कम्पनिका ग्राहक र कर्मचारीलाई उक्त सुविधा  प्रदान गर्र्ने गरी सम्झौता भएको हो । 

नेपाल मेडिसिटि अस्पताल, भैंसीपाटीमा गरिएको सो सम्झौतामा अस्पतालका तर्फ बाट महाप्रबन्धक विजय रिमाल र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी  ले हस्ताक्षर गरेका हुन ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved