सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई मेडिकेयर नेशनल हस्पिटलमा बिशेष सुबिधा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 29, 2018 | 06:28:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाईफ इन्स्योरेन्स र मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टरबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । इन्स्योरेन्सका  ग्राहक तथा कर्मचारीको उपचारका लागि सम्झौता भएको हो । सम्झौता अनुसार जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण नेपाल मेडिकेयर हस्पिटल एण्ड रिर्सच ले गर्ने छ भने त्यसको सम्पुर्ण व्यवस्थापन वीमा कम्पनीले गर्ने छ ।

 सम्झौतामा अस्पतालका तर्फबाट प्रशासनिक प्रवन्धक हरिभक्त सिग्देल र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक  केशव राज के.सीले हस्ताक्षर गरेका हुन । 

सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसंगको परामर्शमा अस्पतालले १० प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका ग्राहकहरm र कर्मचारीलाई उक्त सुविधा  प्रदान गर्र्ने सम्झौता भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved