आइएमई जनरल इन्स्योरेन्सका दुई शाखा कार्यालय थपिए

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 26, 2018 | 05:35:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्सले थप दुई शाखा कार्यालयहरु संचालनमा ल्याएको छ। चितवनको रत्ननगरस्थित टांडी र नवलपरासीको कावासोतीमा शाखाहरु संचालनमा ल्याइएको कम्पनीले जनाएको छ। 

टांडी शाखाको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे।

त्यसैगरी नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले संयुक्त रुपमा कावासोती शाखा कार्यालयको उद्घाटन गरे।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गर्ने लक्ष्य लिइएको बताए। ग्राहकलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने उनले बताए।

थपिएका दुई सहित ४० वटा शाखा पुगेका छन्। २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउन्टरहरु सहित ५२ स्थानबाट सेवा प्रवाह भएको इन्स्योरेन्सले जनाएको छ। यस आर्थिक वर्षमा थप १२ शाखाहरु खोली आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने श्रेष्ठले जानकारी दिए।

प्रधान कार्यालय नक्सालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिंदै उनले गत आवमा १ अर्ब ९२ लाख बीमा शुल्क आर्जन भएको बताए। उक्त शुल्क अघिल्लो आवको तुलनामा ४४ प्रतिशतले बढी हो।कम्पनीले यस आवमा स्वास्थ्य बीमामा विशेष जोड दिइने नीति लिएको श्रेष्ठले बताए।

कम्पनीले १० शेयर बराबर ८ का दरले हकप्रद शेयर जारी गरे पश्चात चुक्ता पुँजी ९७ करोड २० लाख पुर्याई त्यसपछि ५ प्रतिशत बोनस शेयर दिएर १ अर्ब २ करोड पुर्याइने कम्पनीले जनाएको छ। निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २०७५ असार मसान्तसम्म १ अर्ब पुग्नुपर्ने व्यवस्था छ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved