प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘बीमा विधेयक, २०७५’ प्रस्तुत गरेका छन् । त्यसअघि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले बीमा व्यवसायमा सबैको पहुँच पु¥याउनका लागि सरकारले बृहत्तर रुपमा कानूनको प्रबन्ध गर्न लागेको जानकारी दिए ।
उनले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नै ७० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क रुपमा रु एक लाख बराबरको बीमा गर्ने व्यवस्था गरिएको र सबै दायित्व सरकारले नै व्यहोर्ने गरी तयारी गरिएको बताए ।
बीमा व्यवसाय सीमित व्यक्तिको हातमा मात्रै नहोस् भन्नाका लागि धेरैभन्दा धेरै कम्पनी जरुरी रहेको, त्यसलाई नियमन गर्न कडा कानूनको जरुरी रहेको र फर्जी बीमा गर्नेलाई कानूनी कारवाही गर्न खोजिएको बताउँदै उहाँले बीमा क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी एवं मर्यादित बनाउन बीमा प्राधिकरणको परिकल्पना गरिएको र कम्पनीमा लैजान खोजिएको स्पष्ट पारे । कम्पनीमा लैजानेबित्तिकै निजीकरण गर्न खोजिएको भनेर गरिएको प्रचारसमेत गलत रहेको डा खतिवडाको प्रष्टोक्ति थियो ।
यस्तो छ अबको प्रक्रिया ।
अब अर्को बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने छ । प्रस्तावमाथि छलफल हुँदा विधयेकको सैद्धान्तिक पक्षमा मात्र छलफल गरिनेछ । त्यसरी छलफल गर्दा विधेयकको मनसाय स्पष्ट गर्न आवश्यक देखिएमा बाहेक विधये कका दफामाथि छलफल गरिनेछैन र विधये कमाथि कुनै संशोधन पेश गर्न सकिने छैन ।
बिधेयकमाथि सामान्य छलफल समाप्त भएपछि अर्थमन्त्रीले विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस्, वा दफावार छलफलको लागि विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गर्ने छन् ।
त्यसपछि विधयेकमा संशोधन पेश गर्न सक्ने छन् । कुनै पनि सदस्यले विधेयकमाथिको सामान्य छलफल समाप्त भएको बहत्तर घण्टाभित्र आफुले पेश गर्न चाहेको संशोधन सहितको सूचना सचिवलाई दिनुपर्नेछ ।
सभामुखबाट स्वीकृत भएका संशोधनको सूचना यथासम्भव विधेयकको दफाक्रम अनुसार मिलाई एकिकृत सूची तयार गरिनेछ । स्वीकृत एकीकृत संशोधनको विवरण सदस्यलाई उपलब्ध गराइनेछ । त्यसपछि संशोधन सहित दफावार छलफल हुनेछ ।
संशोधनमा छलफल गर्दा सामान्यतया विधेयकका दफाको क्रमानुसार गरिनेछ र सभामुखले नाम बोलाएको सदस्यले वा निजले अधिकृत गरेको सदस्यले संशोधन प्रस्तुत गर्न सक्नेछ । छलफलबाट यथावत रहेको वा संशोधन स्वीकार गरिएको प्रत्येक दफाका सम्बन्धमा क्रमानुसार सभामुखले “यो दफा विधेयकको अङ्ग बनोस्” भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्नेछ ।
सभामुखले अन्यथा निर्णय गरेमा बाहेक विधेयकमा रहको अनुसूची र त्यसमा प्राप्त संशोधनमाथिको छलफल सम्बन्धित दफामाथिको छलफलको लगत्तै पछि गरिनेछ र बैठकको निर्णयको लागि राखिने प्रश्न पनि सोही क्रममा प्रस्तुत गरिनेछ ।
बिधेयकका अन्य सबै दफा र अनुसूची भए सो उपर समेत निर्णय भएपछि मात्र सभामुखले विधेयकको प्रस्तावना र नाम सम्बन्धी दफालाई मूल रूपमा वा संशोधित रूपमा विधये ककोअङ्ग बनाइयोस् भनी अन्त्यमा प्रस्ताव गर्नेछ ।
बैठकमा दफावार छलफल भएकोमा सोसमाप्त भएपछि र समितिमा दफावार छलफल भएकोमा समितिको प्रतिवेदनमाथिको छलफल समाप्त भई संशोधनलाई सभाको निर्णयार्थ क्रमशः पेश गरिसकेपछि विधये क प्रस्तुतकर्ता सदस्यले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ ।
प्रतिनिधि सभाद्वारा पारित विधेयकलाई राष्ट्रिय सभामा सन्देश सहित पठाइनेछ ।
राष्ट्रिय सभाले पनि आफ्नो प्रक्रिया पुर्याएर बिधेयक पारित गर्ने छ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन कानुनको रुपमा आउने छ ।