प्रभु इन्स्योरेन्स स्थापना दिवसमा बीमा कम्पनीलाई समितिको आग्रह: समयमै पुंजी बृद्धि गर्नु

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 07, 2018 | 12:42:51 PM मा प्रकाशित

laxmi  sunrise bank
प्रभु इन्स्योरेन्स लिमिटेड २३ औं वर्षमा प्रवेश गरेको छ । 
कम्पनीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले निर्जीबन बीमा कम्पनीमध्ये प्रभु इन्स्योरेन्सको व्यवसाय औसत भएपनि दावी भुक्तानी न्यून रहेको तथा अन्य परिसुचकहरु र कम्पनीको अवस्था धेरै राम्रो रहेको बताए । 
अध्यक्ष चापागाईले बीमा कम्पनीको सुपरिवेक्षण तथा अनुगमन गर्ने जिम्मेवारी बीमा समितिको रहेको भन्दै गत आर्थिक वर्षमा निर्जीवन बीमा व्यवसायमा १७ प्रतिशत बृद्धि हुन सफल भएको बताए । उनले बीमा कम्पनीको पूँजी बृद्धिको लागि ३/३ महिना मात्र समय थप हुन सक्ने तर्फ सचेत गराउँदै तोकिएको समय भित्रै पुंजी बृद्धि गर्न आग्रह गरे । 
कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्वन्धी निर्देशिका बीमा कम्पनीहरुको हितमा रहेको र बीमा तालिम केन्द्रको स्थापनाले बीमा क्षेत्रमा दक्ष जनशक्ति बिकास हुने बताए । बीमा समितिको निर्देशन अनुसार चुक्ता पुंजी बृद्धिको लागि हकप्रद शेयर निष्काशन भईसकेको र केही दिनमै हकप्रद शेयरको बाँडफाँड पश्चात तोकिएको चुक्ता पुँजी पुग्ने लामाको भनाई छ । 
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले मेडिकल बीमाको लागि नगद रहित सेवा सञ्चालनको लागि अस्पतालहरुसंग सहकार्य गरिएको बताए । 
कम्पनीले ३५ शाखा तथा उपशाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved