सन नेपाल लाईफ ईन्स्योरेन्स र संग्रिला बैंकबीच बैंकासुरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 07, 2018 | 01:41:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाईफ ईन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंकबीच बंैकासुरेन्स सम्झौता भएको छ । सम्झौतामा ईन्स्योरेन्सका तर्फबाट बिभागीय प्रमुख बिनोद शर्मा पौडेल र बैंकको तर्फबाट बिभागीय प्रमुख तेज बहादुर थकुल्लाले हस्ताक्षर गरे । 

सम्झौतापछि बैंकका ग्राहकहरुले सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीका विभिन्न बीमा लेखहरु संग्रिला डेभलपमेन्ट बैंकका शाखाहरु मार्फत प्राप्त गर्नेछन् । 

सन नेपाल लाईफले कारोवार शुरु गरेको ९ महिनाभित्र २०७५ आषाढ मसान्तमा बैदेशिक रोजगार बीमा बाहेक बिभिन्न ११ प्रकारका बीमा योजनाहरुमा ९ हजार ८२१ पोलिसी बिक्री गरी कुल २९ करोड ६९ लाख ७५ हजार ६६५ रुपैया प्रिमियम संलकन गरेको छ । सन लाइफले चुक्तापुँजी २ अर्व पुर्याउन ६० करोड मुल्यकोे आईपिओ शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउने तयारी पनि थालेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved