एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “जीवन संजीवनी” (अग्रिम भुक्तानी सावधिक र आजीवन) बिमा योजना सार्वजनिक गरेको छ । संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले कम्पनीको शाखा प्रबन्धक सम्मेलनको उद्घाटन कार्यक्रमका नयाँ बीमा योजना सार्वजनिक गरेका हुन् ।
नयाँ योजना न्यूनत्तम ५० हजारको बीमाङ्कमै शुरु गर्न सकिनेछ । बीमितले बीमा शुरु भएको ३ वर्ष देखि किस्तामा भुक्तानी पाउने, बीमित ९९ वर्ष पुरा हुन्जेल जीवितै रहेमा थप बीमाङ्क रकम भुक्तानी पाउने छन् ।
बीमाको रकम भुक्तानी पाउन बीमा अविध अवधीसम्म कुर्नु नपर्ने कम्पनीले जनाएको छ । बीमा अवधीभित्रै बीमितको मृत्यु भएमा परिवारले बाँकी बीमा शुल्क नतिरी बीमाङ्क रकम र बोनश एकमुष्ठ पाउने छन् ।