आर्थिक पत्रकारहरुलाई जीवन बीमा सम्बन्धि समाचार लेखन तालिम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2018 | 10:42:16 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक पत्रकारहरुलाई जीवन बीमा सम्बन्धि समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने बिषय बस्तुबारे तालिम दिइएको छ।  आर्थिक विषयमा केन्द्रीत भई सञ्चालन हुँदै आएका ‘आर्थिक मिडिया’ हरुको साझा हितका विषयमा काम गर्ने लक्ष्यसहित गठन भएको ‘इकोनोमिक मिडिया सोसाईटी नेपाल’ इम्सन र नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज 'नाफ्स' ले संयुक्त रुपमा उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेका हुन। 

कार्यक्रममा तीन दशक भन्दा लामो समयदेखि बैंकिङ क्षेत्रमा काम गर्दै आएका नाफ्सका अध्यक्ष रमेशकुमार भट्टराईले जीवन बीमा सम्बन्धि समाचार सम्प्रेशन गर्दा पत्रकारिताको भूमिकाबारे प्रशिक्षण दिए। भट्टराइले आर्थिक क्षेत्रमा काम गर्ने पत्रकारहरुले बीमा क्षेत्रबारे समाचार लेख्दा बिशेष ध्यान दिनुपर्ने बताए। 

पछिल्लो समय बीमा क्षेत्रबारे लेखिनुपर्ने समाचार सहि रुपमा सम्प्रेषण नभएको गुनासो गर्दै अध्यक्ष भट्टराईले यस क्षेत्रमा काम गर्ने पत्रकारहरुले कम्तीमा पनि बीमासंग जोडिएका बिषयमा अध्ययन गर्न सुझाब दिए। 'बैंक भन्दा बीमासंग जोडिएका समाचार लेख्न कठिन हुन्छ, प्राविधिक बिषय बुझेर मात्र कलम चलाउनु पर्छ, अन्यथा पब्लिकमा गलत संदेश जान्छ' उनले भने। 

भट्टराईले बीमा ब्यवसायबारे जनचेतना फैलाउन यस क्षेत्रमा काम गर्ने पत्रकारहरुको महत्त्वपूर्ण भूमिका भएकाले बीमा कम्पनीहरुबारे अध्ययन गरेर मात्र समाचार लेख्न सुझाब दिए। 'बीमा कम्पनीका नियमित कामहरु समाचार बन्छन तर बन्नुपर्ने बिषयले प्राथमिकता पाउदैनन, त्यसैले यसबारे अध्ययनको खाँचो छ'। 

त्यस्तै कार्यक्रममा नाफ्सका संचालक कमल पन्थीले जीबन बीमा कारोबारको प्राविधिक बिषयमा प्रकाश पारे। पन्थीले बीमा व्यवसायका बारेमा पत्रकारहरुले जान्नुपर्ने प्राबिधिक बिषयबारे प्रस्तुति दिए। पन्थीले नेपालमा बीमा व्यवसायको अवस्थालाई बिश्व बजारसंग तुलना गर्दै बीमा व्यवसायको अवसर र चुनौतीबारे प्रकाश पारे।

त्यस्तै कार्यक्रममा नाफ्सका संचालक रामेश्वर श्रेष्ठले बीमा कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरण विश्लेषण गर्ने तरिकाबारे प्रस्तुति दिए। बीमा कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरण बैंकहरुको तुलनामा बुझ्न र विश्लेषण गर्न कठिनाई हुने भन्दै श्रेष्ठले वित्तीय विवरणलाई बुझेर मात्र लेख्न सुझाब दिए। उनले बीमा कम्पनीले सार्वजनिक गर्ने वित्तीय विवरणमा उल्लेख हुने विभिन्न शिर्षकहरु र त्यसको प्रभाबबारे प्रकाश पारे। 

कार्यक्रममा इम्सन का अध्यक्ष रामकृष्ण पौडेलले यस किसिमका तालिम तथा अन्तरकृया कार्यक्रमले आर्थिक पत्रकारहरुलाई बीमा व्यवसायको समाचार सम्प्रेषण गर्न सघाउने धारणा राखे। 'सम्बन्धित क्षेत्रका बिज्ञहरुबाट आयोजना हुने यस किसिमका तालिम तथा अन्तरकृया कार्यक्रमले हामि आर्थिक क्षेत्रमा काम गर्ने पत्रकारहरुको लेखन क्षमता अझ बढाउछ र सम्बन्धित क्षेत्रबारे सहि समाचार सम्प्रेषण हुन्छ'। 

कार्यक्रममा इम्सन का सदस्य परमेश्व अधिकारिले उक्त अन्तरकृया संस्थाको पहिलो औपचारिक कार्यक्रम फलदायी भएको धारणा राखे। 'बीमा कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणबारे समाचार सम्प्रेषण गर्नु पुर्व आजको दिन सबैले सम्झिनेछन र आजका दिनपछि ईएमएस नेपालमा आबद्ध मिडियाहरुबाट सहि समाचार सम्प्रेषण हुनेछ' उनले भने, 'खुद मुनाफा मात्र हेरेर वित्तीय विश्लेषण अब हुदैन, बीमा कम्पनीहरुको वित्तीय बिबरण चिरफार गर्न यो अन्तरकृयाले धेरै सघाउनेछ।'

कार्यक्रममा इम्सन मा आबद्ध बिजपाटी डटकम, मेरोलगानी, बिजशाला, बिकास न्युज, कर्पोरेट नेपाल, आर्थिक न्युज, बिजखबर लगायतका आर्थिक मिडियाहरुमा कार्यरत आर्थिक पत्रकारहरुको सहभागीता थियो।  



  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved