गल्ति माथि गल्ति गर्दै राष्ट्रिय बीमा कम्पनी, १२० प्रतिशत लाभांश घोषणा मै गम्भीर 'त्रुटी'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Sep 13, 2018 | 01:54:06 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा कम्पनीको १२० प्रतिशत लाभांश घोषणा मै गम्भीर त्रुटी भएको खुलाशा भएको छ। संचालक समितिको पछिल्लो निर्णय सार्वजनिक हुने   क्रममा देखिएको प्रकृयागत त्रुटीको खोजि गर्दै जाँदा कम्पनीले लाभांश घोषणा मै गम्भीर गल्ति गरेको खुल्न आएको हो।

कम्पनीले आर्थिक बर्ष २०६३-६४ देखि ०६८-६९ सम्म गरि एकसाथ ६ आर्थिक बर्षको १२० प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताब गरेको थियो। तर कम्पनीको २०७४ फागुन १० मा बसेको संचालक समितिको बैठकले गरेको १२० प्रतिशत लाभांश प्रस्ताब नै निर्देशन बिपरित भएको पाइएको छ। 

२०६३-६४ देखि २०६९-७० सम्मको हिसाब फर फारक नभएसम्म कुनै पनि किसिमको सुविधाको घोषणा नगर्न बीमा समितिको निर्देशन बिपरित कम्पनीले बोनस घोषणा गरेको पाइएको छ। 'कम्पनीको वित्तीय विवरणमा त्रुटी देखिएकाले उनीहरुलाई २०६९-७० सम्मको हिसाब फरक फारक नहुँदासम्म कुनै सुविधा घोषणा नगर्न एक बर्ष अघि नै निर्देशन दिएका हौँ' बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बिजपाटीलाई बताए। 

तर कम्पनीले भने बीमा समितिको एक बर्ष अघिको निर्देशनको अवज्ञा गर्दै गत फागुन १० गते ६ आर्थिक बर्षको १२० प्रतिशत बोनस सेयर घोषणा गरेर सेयरधनीलाई 'मुर्ख' बनाउने काम गरेको छ। बाड्नै नपाउने बोनस घोषणा गरेर सेयरमुल्यलाई प्रभाब पार्न खोजिएकोबारे कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिर बिक्रम रायमाझीलाई प्रश्न गर्दा उनले २०६९-७० को वित्तीय विवरणमा मात्र त्रुटी देखिएकाले आगामी साधारणसभामा लाभांश प्रस्ताब नलगिएको बिजपाटीलाई जवाफ दिए। 

'२०६९-७० को वित्तीय विवरण मात्र स्वीकृत हुन बाँकी हो, त्यो सबै समस्या समाधानको क्रममा छ' भन्दै रायमाझिले थप जानकारीका लागि कम्पनीका एक्टिंग म्यानेजर सुनिल कुमार घिमिरेलाई सम्पर्क गर्न आग्रह गरे। यसबारे बुझ्न खोज्दा कम्पनीका अन्य कोहि सम्पर्कमा आउन चाहेनन। 

गल्ति माथि गल्ति गर्दै राष्ट्रिय बीमा कम्पनी

बीमा समितिको निर्देशन बिपरित १२० प्रतिशत लाभांश दिने घोषणा गरेर सेयर लगानीकर्तालाई 'झुक्याउन' सफल भएको यस कम्पनीको पछिल्लो निर्णय समेत विवादमा मुछिएको छ। 

सेयरमुल्यलाई प्रभावित पार्ने कुनै पनि निर्णय तत्काल नेप्सेमा जानकारी गराउनु पर्ने प्राबधान छ। तर कम्पनीले भने संचालक समितिले गरेको निर्णय भोलि पल्ट मात्रै नेप्सेमा जानकारी गराएर सेयरबजारमा चलखेल गर्ने गम्भीर अपराध गरेको छ।  

सेयरमुल्यलाई प्रभावित पार्ने निर्णय भएमा तुरुन्तै रियल टाइममा नै नेप्सेको वेबसाइटमा सूचना अपलोड गर्नुपर्ने अभ्यास बिपरित राष्ट्रिय बीमा कम्पनीले दोस्रो दिन नेप्सेमा हार्डकपि पठाएर जानकारी दिएको छ। आगामी साधारणसभामा लगिने प्रस्ताबबारे संचालक समितिले भदौ २५ मा गरेको निर्णयको हार्ड कपि भदौ २६ मा मात्र नेप्से कार्यालय पुगेको नेप्से प्रवक्ता मुराहरी पराजुलीले बिजपाटीलाई बताए। 

'हार्ड कपि प्राप्त हुने वित्तीय कै हामीले स्क्यान गरेर नेप्सेको वेबसाइटमा अपलोड गरेका हौँ, कम्पनीले निर्णय भएको दोस्रो दिन मात्रै हार्डकपि  पठाउनु गलत हो, यसबारे अनुसन्धान जारि छ' उनले भने।

नियतनै सहि भएको भए कम्पनीले रियल टाइममा नै नेप्सेलाई जानकारी गराएर लगानीकर्तालाई समयमै सूचना दिन सक्थ्यो। तर त्यस्तो नगरी कम्पनीका केहि अधिकारिहरुले नेप्सेलाई पठाउनुपर्ने सूचना 'अन्तै' पठाएर सेयरमुल्यमा खेल्ने काम गरेका छन। कम्पनीका अधिकारिहरुले भदौ २५ गते भएको संचालक समितिको निर्णय कम्तिमा पनि भदौ २६ को कारोबार समय अगाबै नेप्सेमा पठाउनु पर्थ्यो भने सोहि दिन कुनै एक राष्ट्रिय दैनिक पत्रिकामा उक्त सूचना छपाउनु पर्थ्यो। तर कम्पनीले नेप्सेमा मात्र ढिलो गरि सूचना पठाएको छैन, संचालक समितिको निर्णय गोरखापत्रमा समेत भदौ २७ गते छाप्ने गरि नोटिस पठाएको खुल्न आएको छ। 

सूचना प्रवाहमा गरेको गल्तिका कारण पहिलो दिन कम्पनीका सेयरधनीहरुले प्रति कित्ता ७६८ रुपैयाँ गुमाएका छन। उक्त दिन कुल १०२९ कित्ता कारोबार हुँदा त्यसबाट साधारण  लगानीकर्ताले करिब ८ लाख गुमाएका छन। 

कम्पनीमा उच्च तहमा बसेका कर्मचारीहरुले यसरि पटक पटक सूचना चुहाएर आफ्नो दुहुनो सोझाउदा समेत फ्रन्ट लाइनर नियामक नेप्से र नियामक नेपाल धितोपत्र बोर्डले कुनै काम कारबाही अगाडी बढाउन सकेका छैनन। लगानीकर्ताको हकहितका लागि भनि स्थापना भएको शेयर लगानीकर्ता संघ नेपालले कम्पनीले साधारणसभा घोषणा गर्ने क्रममा सूचना चुहावट गरेको भन्दै छानविनको माग गरेको छ। तर त्यस मागलाई समेत नियामकले कुनै चाँसो दिएको छैन।  


 


  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved