युनियन लाइफ संचालनको एक बर्ष पुरा, पहिलो बर्षमै १० करोड ७७ लाख मुनाफा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2018 | 11:49:55 AM मा प्रकाशित

laxmi  sunrise bank

युनियन लाइफ इन्सोरेन्सले कारोबार संचालन गरेको एक बर्ष पुरा गरेको छ। यस अवधिमा ८६ करोड ५० लाख प्रथम बीमाशुल्क संकलन गरेको इन्स्योरेन्सले जनाएको छ। 

चालु आर्थिक बर्षको पहिलो पहिलो दुई महिनामै २२ करोड बराबरको प्रथम बीमाशुल्क संकलन गरेको युनियन लाइफले ८२ हजार भन्दा बढी  बीमा लेख जारि गरेको छ। 

पहिलो बर्षको बीमा व्यवसायबाट नै युनियन लाइफले १० करोड ७७ लाख मुनाफा आर्जन गरेको छ भने कम्पनीको जिबन बीमा कोष रकम ३७ करोड ३० लाख पुगेको छ भने कारोबार बिस्तार गर्ने क्रममा कम्पनीले ७५ भन्दा बढी शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा ल्याइसकेको छ।   

युनियन लाइफले २०७४ बैशाख २४ मा कम्पनि रजिष्ट्रारमा दर्ता भई बीमा समितिबाट सोहि बर्ष जेठ २० मा इजाजत प्रमाणपत्र प्राप्त गरि असोज ४ देखि नै कारोबार संचालनको अनुमति पाएको हो। यस अवधिमा कम्पनीको चुक्ता पुंजी २ अर्ब १५ करोड छ भने कम्पनीले बिभिन्न १० प्रकारका बीमा योजनाहरु बिक्रि गरिरहेको छ।   

कम्पनीको संचालक समितिमा अध्यक्ष शुलभ अग्रवाल छन भने संचालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल छन।  यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप छन।

कम्पनीले जीवन बीमाको पहुँच अभिबृद्धि गराउने कार्यलाई प्राथमिकता दिनका लागि बीमा बजारको माग र आवश्यक्ता अनुसार नविनतम् बीमा योजनाहरु ल्याउने र कम्पनीलाई जीवन बीमा क्षेत्रको भरोसा योग्य कम्पनी बनाउने लक्ष्य लिएको कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्णले जानकारी दिए। 










Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved