नेपाल लाइफद्वारा १ करोड ८६ लाख दाबी भुक्तानी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 13, 2017 | 09:11:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानीबापत १ करोड ८६ लाख ६५ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको छ। नेपाल लाइफले दाबी भुक्तानीबापत पोखरा लेखनाथ महानगरपालिका–२३ निवासी बिमित स्व. मोतीबहादुर गुरुङको परिवारलाई उक्त रुपैयाँ हस्तान्तरण गरेको हो। 

    

उक्त मृत्यु दाबी रकम बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले मृतकको इच्छाएको व्यक्ति एवं श्रीमती इन्द्रकुमारी शाही गुरुङलाई प्रदान गरेका छन् ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको फलस्वरूप कम्पनीमा आवश्यक कागजात प्राप्त भएको १० दिनभित्रै दाबी भुक्तानी गर्न सफल भएको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved