बिजपाटी सम्बाददाता     Jan 16, 2020



ruslan

सिटिजन्स बैंक Citizens Bank International Limited  ले विपन्न व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ । पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा बैंकले १५० थान कम्बल वितरण गरेको हो ।

सिरहाको भवानीपुर गाउँपालिकाको ठाडी र नहरा तथा लक्ष्मीपुर पटारी गाउँपालिकाका विपन्न व्यक्तिहरुलाई उक्त सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकले ८५ शाखा, ८६ एटिएम र १०३ वटा शाखा रहित बैंकिङमार्फत सेवा दिँदै आएको छ । 

Share your thoughts!