बिजपाटी सम्बाददाता     Sep 18, 2019



नेपाल पुनर्बीमा कम्पनीले आईपिओ निष्काशन गर्दा शेयरको प्रत्याभूत गर्नको लागि प्रत्याभूतकर्ताको खोजि थालेको छ । कम्पनीले शेयरको प्रत्याभूति गर्न इच्छुक कम्पनीहरुलाई १५ दिन भित्र आवश्यक कागजात सहित १५ दिन भित्र आवेदन इदं आग्रह गरेको हो ।

आवेदन दिँदा इच्छुक प्रत्याभूतकर्ताले कम्पनी दर्ताको प्रमाणपत्र, प्यान दर्ताको प्रमाणपत्र, आर्थिक बर्ष ७४/७५ को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि सहित आवेदन दिन आग्रह गरेको हो । कम्पनीले निष्काशन गर्न लागेको १ करोड ६० लाख कित्ता मध्ये ८० लाख कित्ताको लागि प्रत्याभूतकर्ता खोजेको हो 



कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिई सकेको छ । कम्पनीले एक अर्ब  साठी करोड बराबरको  एक करोड साठी लाख कित्ता साधारण शेयरहरु  निष्काशन गर्ने अनुमति माग गरेको हो । सर्वसाधारणलाई शेयर निष्काशन गर्ने कम्पनीले आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।  

कम्पनीको उक्त आईपिओले ग्रेड २ को रेटिंङ पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड २ को रेटिंङ प्रदान गरेको हो  । रेटिंग कम्पनीले  ग्रेड १ देखि ५ सम्माम ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँदछ।  

हाल नेपाल  पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्व , जारी पूँजी  १० अर्व, र चुक्ता पूँजी ८ अर्व ४०  करोड  रहेको छ  । आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी.१० अर्ब  पुग्नेछ ।              

सार्वजनिक तथा निजी साझेदारी नीति अन्तर्गत नेपाल सरकारको समेत स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल पौष ४ गते बिमा समितिबाट  पुनर्बीमाको इजाजतपत्र प्राप्त  पाएको थियो।

Share your thoughts!