बिजपाटी सम्बाददाता     Nov 01, 2019



शिव श्री हाइड्रोपावरले निष्काशन गरेको आईपिपोमा आवेदन दिने आज कार्तिक १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज १६ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो ।

 कम्पनीले यस अघि स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको  ११ लाख ३६ हजार ५ सय ४० कित्ता समेत थपेर सर्वसाधारणलाई ३३ लाख ५१ हजार १ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये २ लाख ६८ हजार ९१ कित्ता सामुहिक लगानी कोष र कर्मचारीको लागि छुट्याइएको छ  । 

 लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने छन्  ।  शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बताउछ । कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share your thoughts!