मोहम्मद अज्मत अलि     Nov 30, 2018



सनराइज बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ। बैंकको बिहिबार सम्पन्न ३०३ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट ११.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। लाभांशका लागि बैंकले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ। बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन। 

बैंकले चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख रुपैयाँबाट हुन आउने ९३ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।  सनराइज बैंकले पनि अन्य बाणिज्य बैंकलाई पछ्याउदै नगद लाभांशमा मात्रै जोड दिएको छ।   बिजपाटी डटकमले सनराइज बैंकले करिब १६ प्रतिशत लाभांश घोषणा गर्ने प्रक्षेपण गरेको थियो। 

यसअघि माछापुच्छ्रे , एनएमबी, सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया, सिद्दार्थ बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन।  

Share your thoughts!