मोहम्मद अज्मत अलि     Dec 03, 2018



नेपाल धितोपत्र बोर्डले स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न आवश्यक कार्य अगाडि बढाउन नेप्सेलाई निर्देशन दिएको छ । बोर्डले संघीय संरचना अनुसार विभिन्न प्रदेशहरुमा आर्थिकरुपमा सक्रिय जिल्ला÷स्थानहरुमा (काठमाण्डौ उपत्यका वाहेक) स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न आवश्यक कार्य अगाडि बढाउन  निर्देशन दिएको हो । 

धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ अनुसार धितोपत्र बजारको सिफारिश सहित बोर्डमा निवेदन दिने व्यवस्था रहेकोले बोर्डले उक्त कार्य अगाडि बढाउनका लागि नेप्सेलाई निर्देशन दिएको हो । धितोपत्रको प्राथमिक बजार ७७ जिल्लामा विस्तार भै सकेको परिप्रेक्ष्यमा उल्लेखित व्यवस्था कार्यान्वयनमा आए पश्चात स्थानिय स्तरमा रोजगारीको स्तर बृद्धि हुने तथा धितोपत्रको दोस्रो बजार कारोवार सुविधा समेत देशव्यापीरुपमा विस्तार भई समग्र पूँजी बजारको दायरा फराकिलो हुने बोर्डले विश्वास लिएको छ ।


Share your thoughts!