मोहम्मद अज्मत अलि/बिजपाटी     Feb 18, 2018



sunrisebank

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद बिक्रि प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्दको मिति तय गरेको छ। इन्स्योरेन्सले १०० बराबर १६० कित्ता शेयर आर्थात १६० प्रतिशत हकप्रद बिक्रि प्रयोजनार्थ फागुन १७ गतेका लागि बुक क्लोज गर्ने निर्णय गरेको नेप्से मार्फत जनाइएको छ। 

इन्स्योरेन्सको फागुन ६ गते बसेको संचालक समितिको बैठकले फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको जनाइएको छ। फागुन १६ सम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको १६० प्रतिशत हकप्रद भर्न पाउनेछन।

कम्पनीले १६० प्रतिशत हकप्रदले समेत पाउनेगरि गत आर्थिक बर्षक कमाईबाट लाभांश घोषणा गरेको छ। कम्पनीले चुक्ता पुंजी ६१ करोड २ लाखको ३२.५ प्रतिशतका दरले हुन् आउने १९ करोड ८३ लाख १५ हजार बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । १ सय ६० प्रतिशत हकप्रदले समेत प्रस्तावित बोनस पाउने भएकाले कम्पनीको बोनस शेयर दर  समायोजन भई १२.५ प्रतिशत कायम हुनेछ।    

इन्स्योरेन्सले ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। १६० प्रतिशत हकप्रद तथा १२.५० प्रतिशत बोनस सेयर बिक्रि तथा वितरण पश्चात प्राइम लाइफको चुक्ता पुंजी ६१ करोडबाट १ अर्ब ७८ करोड पुग्ने छ। इन्स्योरेन्सले बिमा समितिको निर्देशन अनुसार चुक्ता पुंजी २ अर्ब पुर्याउनुपर्नेछ। कम्पनीले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  

इन्स्योरेन्सको गत भदौ २७ मा एकै पटक सम्पन्न सातौँ, आठौं, नवौं र दशौँ बार्षिक साधारणसभाले हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। नेपाल धितोपत्र बोर्डले माघ २४ गते प्राइम लाइफलाई हकप्रद बिक्रि गर्न स्वीकृति दिएको हो। 

Share your thoughts!