बिजपाटी सम्बाददाता     Aug 05, 2019



sunrisebank

रसुवागढी हाइड्रोपावर लिमिटेड तथा सान्जेन जलविद्युत कम्पनी लिमिटेडको शेयर आज सोमबार सूचीकरण हुदै छ। नेप्सेले दुवै कम्पनीसँग सोमबार दिउँसो ३ बजे शेयर सूचीकरणको सम्झौता गर्दै छ ।

शेयर सूचीकरण भएपछि मंगलबारदेखि कम्पनीको कारोबार सुरु हुनेछ । नेप्से स्रोतका अनुसार रसुवागढीको कारोबार RHPL सिम्बलबाट र सान्जेनको SJCL सिम्बलबाट कारोबार हुनेछ  । पहिलो कारोबारको लागि रसुवागढीको सुरुवाती रेन्ज ९७.२९ देखि २९१.८७ रुपैयाँसम्म र सान्जेंको सुरुवाती रेन्ज ९६.३२ देखि २८८.९६ रुपैयाँसम्म तोकिने नेप्से स्रोतले जनाएको छ  । नेप्सेले सुरुवाती कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणा सम्मको सुरुवाती मूल्य तोक्ने गरेको छ  । 

अब मंगलबार नेप्सेले तोकेको प्रि ओपन सेसन अर्थात ११ बजे भन्दा पहिले नै  पहिलो कारोबार भएर मूल्य तोकिएपछि ११ बजेपछि कम्पनीको शेयरको नियमित कारोबार हुनेछ  । यदि प्रि ओपन सेसनमा कारोबार नभएर मूल्य कायम नभएमा अर्को दिन पुन प्रि ओपन सेसनमा शेयरको कारोबार गर्नु पर्ने छ  । 

तोकिएको रेन्ज भित्रको जुन सुकै मूल्यमा पहिलो कारोबार हुन् सक्छ  ।  

यी दुवै कम्पनी चिलिमे हाइड्रोपावर कम्पनीक सहायक कम्पनी हुन् । दुवै कम्पनीले एक साथ जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्वसाधारणलाई शेयर निष्काशन गरेका थिए । 

Share your thoughts!