'डच डिजिज' को खतरामा नेपाली अर्थतन्त्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 28, 2016 | 10:57:49 PM मा प्रकाशित

laxmi  sunrise bank

युवराज तिवारी

विकासोन्मुख देशहरुको बाध्यता र बिश्व बजार हिस्साको तिब्रतासंगै श्रम योग्य जनशक्ति एक देश बाट अर्को देशमा रोजगारीका लागी गईरहेको  हालको अवस्थामा नेपाली युवाहरु बैदेशिक रोजगारीमा होमिनु विश्व परिवेशको अवस्था र आन्तरिक क्षमताको प्रतिविम्व हो। 

बार्षिक ५ लाख युवा श्रमशक्ति श्रम बजारमा प्रवेश गरिरहेका र ति मध्ये ५० हजारले मात्र आन्तरिक रुपमा रोजगारीको अवसर प्राप्त गरिरहेका छन् भने अन्य जनशक्ति विश्व बजारमा प्रवेश गरिरहेका छन। जसको फलस्वरूप कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान एक चौथाई पुगी सकेको छ। छोटो समयका लागी अर्थतन्त्रमा बैदेशिक मुद्रा संचिति, आयात र उपभोगमा दक्षता प्रदशन राजस्व वृद्धि , चलायमान  अर्थव्यवस्थाको झलक देखिएपनि दिर्घकालमा रेमिट्यान्स हानिकारक हुन्छ। 

मलेसियामा घट्दो कामदारको माग, साउदी अरबमा हालै देखिएको श्रम समस्या र भावी समयको कल्पना गर्दा नेपाल पनि त्यसको असरबाट टाढा नहुने पक्का छ। 

बिगत एक दशक देखिको अवस्था अध्ययन गर्दा कुल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान बढ्दै गएको र उत्पादन क्षेत्रको योगदान क्रमश घट्दै गएको छ। यसरि उत्पादनमा वृद्धि हुन नसक्नु र क्रमिक रुपमा ब्यापार घाटा बढ्दै जानुले अर्थव्यवस्थामा नकारात्मक अवस्थाको पुष्टि गर्छ र बैदेशिक रोजगारीको हब बनेका मुलुकहरु मलेसिया,साउदी अरब र कतार जस्ता देशमा बढ्दो श्रम समस्याको बारेमा समय समयमा प्रकाशित  समाचार र घटनाले पुष्टि गर्दछ। यसरि नै मलेसियामा घट्दो कामदारको माग, साउदी अरबमा हालै देखिएको श्रम समस्या र भावी समयको कल्पना गर्दा नेपाल पनि त्यसको असरबाट टाढा नहुने पक्का छ। 

नेदरल्याण्डमा सन १९७० को दशकमा त्यहाँको अर्थतन्त्र प्राकृतिक सम्पदा ग्यास, काठ जस्ता बस्तुमा बढी निर्भर हुँदा औधोगिक उत्पादनमा गिरावट आएको थियो र यसबाट अर्थन्तन्त्रमा विकृति आएपछि अर्थशास्त्रीहरुले 'डच रोग' नामकरण गरेका थिए। 

नेपालमा पनि यहि औधोगिक उत्पादनमा जोड नदिएको खण्डमा बदलिदो विश्व परिवेशसंगै नेपाली अर्थतन्त्र पनि सो रोग जस्तै अवस्थाबाट गुज्रिने सम्भावना बढेको छ। निरन्तर अस्थिर राजनितिक अवस्था, आयातमुखी अर्थतन्त्र, सेवा क्षेत्रको बिस्तार, उत्पादन गर्ने संस्थाको कमी, कृषि क्षेत्र प्रति बढ्दो निराशा र व्यवसायिकताको कमि जस्ता बिषय यसमा प्रभाब राख्दछन।

नेपाल जस्तो विकासोन्मुख राष्ट्रले केवल श्रम शक्तिको निर्यातको ध्यय राख्नु र अन्य विषयलाई गौण राख्नु अर्थतन्त्रको दुरावस्था हो। यसले क्षणिक रुपमा फाइदा भएको संकेत गर्दछ। पूंजी बजारमा बैंक तथा वित्तीय संस्थाको प्रभुत्व बढ्नु र उत्पादन क्षेत्रका संस्थाको उपस्थिति न्यून हुनुले अर्थतन्त्रको कमजोरी प्रस्तुत गर्दछ। आधुनिक नेपाल समृद्द नेपालको सपना देख्ने व्यक्तिहरुले यस्तो अवस्थाको प्रतिबाद गर्न सार्वभौमिकता माथि थप प्रश्न खडा गर्ने छ।      

विद्यमान जागिरे सोच, घर र गाडीलाई मात्र बिकसित अवस्था मान्ने, आयात माथिको थप करबाट रमाइरहेको सरकार, अवसरहरुको खोजि  नगर्ने विश्वविद्यालयको अवस्थाले के हाम्रो समृद्धि र सार्क राष्ट्र मध्य गरिब देशको बिल्ला त्याग्ने सपना पुरा होला ?
 
त्यसैले बढ्दो रेमिट्यान्सलाई अनुत्पादक क्षेत्रमा लगानी गर्न रोक लगाई उत्पादनशील र प्रतिस्पर्धात्मक क्षमताका श्रोतहरुमा लगानी बढाउनु पर्दछ। उद्दमशिलताको विकासमा युवाहरुलाई सहभागी बनाइनु पर्छ। जोखिम मोल्न सक्ने जनशक्ति  उत्पादन बढाइनु पर्दछ। सरकारले आफ्ना नीतिलाई अझ स्पष्ट र परिणाम मुखी योजना विकास र कार्यन्वयन गर्नु पर्दछ। 

पूंजी बजारमा बैंक तथा वित्तीय संस्थाको प्रभुत्व बढ्नु र उत्पादन क्षेत्रका संस्थाको उपस्थिति न्यून हुनुले अर्थतन्त्रको कमजोरी प्रस्तुत गर्दछ।

बैंक तथा वित्तीय क्षेत्रका अगुवाहरुले आफ्नो क्षमता थप विस्तार गर्नुपर्दछ। वित्तीय क्षेत्रमा दिर्घकालिन सोचको नेतृत्त्व हुनुपर्दछ। संस्थागत अनुशाशन, काम कारबाहीको प्रभाबकारी मुल्यांकन अहिलेको आवश्यकता हो। त्यसैले अबको आर्थिक नीति बजार नीतिसंग मिल्दो हुनुपर्दछ। अन्यथा बजारका नियमको मारमा स्वयम् नै धकेलिने छौ र हाम्रा लक्ष्यहरु पुरा गर्न चुनौती पूर्ण हुनेछ।              

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved