नयाँलाई पनि अहिलेको समयमा बजार प्रवेश गर्दा दुबै हातमा लड्डुको अवस्था छ (रोहन शर्माको ब्लग)

दशैं तिहार अगाडी चाहिं सेयर बजारमा कुनै जादु होला भन्ने नसोचे पनि हुन्छ
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 06, 2017 | 08:43:02 AM मा प्रकाशित

laxmi  sunrise bank

रोहन शर्मा 


"सिजनमा पनि बढ्न नसकेको देख्दा अब त बढ्ला भन्ने आसै छैन!"

"सेयर बजारमा चैत/बैशाख बाली लगाउने श्रावण/भाद्र भित्राउने भन्थे, न असिना पानी, न त कुनै प्रकोप सिजनमा पनि बाली फस्टाउनै सकेन त!

"नाफा भएन प्रफिट बुक गर्नु, स्टप लस गर्नु भन्ने भुतले त झन् नराम्रोसँग डुबाउने भो !"

पछिल्लो समय बजारमा यस्तै यस्तै कुराहरु सुनिन्छ्न्।

मनन गर्नैपर्ने केहि तथ्यहरु;

□ सबैले चैत्र बैशाखमा किन्ने अनि श्रावण भाद्रमै बेच्ने भए श्रावण भाद्रमा किन्ने चैं कसले। सेयर बजारमा प्रबृतीहरु सँधै एकैनास हुँदैन, प्रबृती फेरीई रहन्छ, नयाँ नयाँ प्रबृती देखा परीरहन्छ। तसर्थ बजार प्रवेश गर्नेले पहिलेनै सबै प्रकारको अवस्थाको सामना गर्ने मनस्थिती बनाउनु जरुरी छ।

□ बजार बढ्दा खरिदको लागी आज नै अन्तिम दिन हो भन्ने सम्झनेनै घट्दा पनि बिक्रीको लागी आजै अन्तिम दिन हो भन्ने सम्झन्छन्। अनि उल्टो चाल चल्छन्, फलत नकारात्मक मनोबिज्ञान हावी हुँदा कुनै ठोस कारण बिनानै बजारमा तिब्र उतार चढाव हुने गर्दछ ।

□आज बजार घट्दा डराएर घाटामा बिक्री गर्नेले नै हो भोली बजार अस्वभाबिक रुपमा बढ्दा हौसिएर खरिद गर्ने। घट्दा डराएर बेच्नेले कहिले पनि सस्तोमा सेयर खरिद गर्न सक्दैन। सेयर बजारबाट नाफा कमाउनु भनेको उसको लागी आकाश को फलझैं हुन्छ । बजार घट्दा होस् वा बढ्दा उसको नियतीमै घाटा सिवाय केहि हुँदैन ।

□ प्राबिधिक बिश्लेशण ( Technical Analysis ) ले अब बजार घटेर यतीमा आउँछ अथवा बढेर यतीमा पुग्छ भनेपछी लगानिकर्ताको जमात त्यतैतिर दौडन्छन्। TA ले तोकेको बिन्दुप्रती लगानिकर्ता मानसिक रुपमा तयार भएर त्यसैलाई स्वागत गरिरहेको भान हुन्छ। यहाँ बजारको अवस्थालाई TA ले प्रतिबिन्वित गर्ने नभई TA ले चाहिं बजारलाई आफ्नो बाटोमा डोर्‍याएको देखिन्छ।

बजारको लागी नकारात्मक पक्षहरु:


- तरलता अभाव पुर्ण रुपमा सहज भैसकेको अवस्था छैन।

- ब्याजदर पनि सन्तोषजनक रुपमा घटेको छैन।

- बजारलाई नकारात्मक दिशामा लैजान अनेक मिडियाबाजी हुने गरेका छन्।

- नेप्सेका बढा हाकिम आफ्नो कार्यकाल सकिएता पनि पदमा बहालनै छन्, फेरी आफ्नो कार्यकाल थप हुने नहुने कुनै टुँगो नभएको हुँदा उनि उदासिन छन्,बिगतका सबै कार्य योजनाहरु सबै पेण्डिङमै छ। अहिले नेप्सेमा महाप्रबन्धक हुनु र नहुनुमा कुनै फरक नभएको अवस्था हो।

- नियामक धितोपत्र बोर्ड र नेप्सेबिच समन्व हुन नसक्दा एउटा हातले मात्र ताली नबजेको अवस्था रहेको छ।

-चाड पर्वको मौसम सुरु भैसकेकोले लगानिकर्ताहरु फेस्टिभल मुडमा रहेका छन्, जुन बिगतकै प्रबृतीको निरन्तरता हो।

- गत बर्षको बोनस र हकप्रदको लिस्टिङ हुने क्रम तिब्र छ। आपुर्ती अनुरुप माग बढ्न नसक्दा बजार मुल्यमा मार परेको छ।

सकारत्मक पक्षहरु:


- मुलुक राजनितिक स्थाईत्वतर्फ अघी बढ्दै छ । तेस्रो चारणको चुनाव हुने सुनिश्चित भैसकेको छ। -धेरै कम्पनीहरुले सकारात्मक बित्तिय बिवरण पस्किसकेका छन्, गत बर्षको कमाईबाट प्रतिफल दिन सुरु गरिसकेका छन् - पुरानाको लागी मात्र नभई नयाँको लागी पनि अहिलेको समयमा बजार प्रवेश गर्दा दुबै हातमा लड्डुको अवस्था रहेको छ । एक त सम्तो मुल्यमा सेयर खरिद गर्न पाउने, अर्को किन्नेबित्तिकै प्रतिफल पाउने! - केहि समय अगाडीदेखी बैंक बित्तिय सँस्थाले कडा गरेको मार्जिन कर्जा पुन आकर्षक नाराका साथ सुरु गरिसकेका छन्। ब्यवाहारिक पक्ष त आफ्नै ठाउँमा छ, अब हामिले चाहिं के गर्ने त? हाम्रो महान चाड दशैं तिहार अगाडी चाहिं सेयर बजारमा कुनै जादु होला भन्ने नसोचे पनि हुन्छ ।

बजारका धेरै चल्तीका बिज्ञहरु सिजन र अफ सिजनको बारेमा तर्क दिने गर्छन्, तर मेरो अनुभवमा सेयर बजारमा जुनै पनि बेला अवसर र चुनौती हुने हुँदा सिजन र अफ सिजनको कुरै आउँदैन। अब अफ सिजन मानिएको मँसिर पुसमा बजारले गती लियो भने , हामिले कुन समयलाई सिजन अनि कुन लाई अफ सिजन मान्ने ?

सफलताको लागी जुनसुकै क्षेत्रमा पनि धैर्यताको जरुरत पर्दछ।

धैर्यता बिना सफलता असँभवनै छ,एउटा उदाहरण पेश गरें; पश्चिमी मुलुकमा करिव दशक बिताएर नेपाल फर्किएका एक महत्वकाँक्षी आफन्तले बाबु बाजेले गर्दै आएको खेतीपातीलाई स्थगन गरेर त्यो ठाउँमा पौडी पोखरि सँचालनमा ल्याए, त्यो साल कुनै पनि दिन घाम लागेन , हरेक दिन झरिको दिन बन्यो! त्यो सालको उनको लगानी खेरै गयो, हतास हुँदै उनले पौडी पोखरि मासेर पुन: कृषी कर्ममा हात हाल्ने निर्णय गरे। अर्को साल पानीनै परेन , जताततै खरेडी पर्‍यो। पौडी खेल्न भनेर त्यो ठाउँमा आउनेको भिड दिन प्रतिदिन बढ्दो थियो । तर पोखरि मासिएको उक्त ठाउँमा सुकेका पालुवाहरु बाँच्ने कोशीश गर्दै थिए । उनले केहि सोच्नै सकेनन्।

सेयर बजारमा पनि ठ्याक्कै यही नियम लागु हुन्छ । तपाईंले फल रोपेको बर्षौं हुँदा फल नलागे पछी चिन्तित भएर रुख बेचेको छोटो समयमै खरिदकर्ताले फल खान सुरु गर्छ!

धैर्यतानै सफलताको मुल मन्त्र हो । धैय गर्नुस तपाईं सँधै नाफामै रहनुहुनेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved