म डिग्री होल्डर, तर १ हप्तामै आउने राहदानी लिएर खाडीमा पसिना बगाउन जादैछु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 13, 2016 | 01:49:57 PM मा प्रकाशित

laxmi  sunrise bank

बिपी पोखरेल

आजबाट औपचारिक रुपमा डिग्रीको पढाइ सकेको छु । डिग्रीको रिजल्ट आएको थाहा पाएपछि सिम्बोल नम्बर टाइप गरेर हेरे, पास भन्ने देखायो निकै खुसी भए,हतार हतार फेसबुक खोलेर खुसी साटे । धेरै साथीहरुले बधाई तथा शुभकामना दिनुभयो । रिजल्ट आउँदा  बाहिरी रुपमा जती खुसी लाग्यो भित्र भित्र मन अमिलो पनि भयो । अमिलो नहोस् पनि किन आज सम्म त मास्टर पढ्दै छु मास्टरको रिजल्ट कुर्दै छु भनेर सबैलाई 'के गर्दैछस्'भन्ने प्रशनको जवाफ दिन्थे । तर अब के जवाफ दिउँ ।

मनले अब विस्तारै नेपालको अन्र्तराष्ट्रिय विमानस्थलबाट दैनिक १५ सयको हारहारिमा बाहिरिने युवाको लस्करमा मलाई पनि लाम लाग्न भन्दै छ । त्यसैले अब म गर्वका साथ डिग्री होल्डर हो विदेश जानलाई पार्सपोर्ट बनाउन आएको भन्दै पासपोर्ट बनाउन लाइन लाग्दैछु । किनकी मैले डिग्री गरेपनि कसलाई के मतलब छ र न आफ्नो कोइ सोर्स लगाएर एनजिओमा छिराउने मान्छे छ न त कुनै नेतालाई भनसुन गराउने कुनै राम्रो जगिर खाने हैसियत नै राख्दछु ।

फेरी अहिले सरकारले पनि राहादानी बनाउन निकै सजिलो व्यावस्था ल्याएको छ । पहिला ४५ दिन लाग्ने राहादानी आजकल एक हप्तामै त्यो पनि जिल्ला जिल्लाबाट बनाउन सकिन्छ । अर्काे तर्फ राहादानी हरायो भनेर प्रहरीलाई उजुरी पनि दिनु पर्दैन रे । सिधै नयाँ बनाउन पाइन्छ रे । बरु त्रिभुवन विश्व विद्यालयले मार्कसिट सर्टिफिकेट दिनलाई १५ दिन पछि बोलाउँछ,  अझै के के मिलेन भनेर महिना दिन नै लगाइदिन बेर लाग्दैन । राहदानी त एक हप्तामै विना झन्झट पाउन सकिन्छ । त्यसैले अब म पनि १५ सय युवा संगै पङक्तिबद्ध भएर पखेटा फिजाएर उड्छु , आखिर सर्टिफिकेट पनि किन कुरिरहनु प¥यो र भित्तामा नव विवाहित जोडीले तस्बिर झुन्ड्याए जस्तो झुड्याउनु शिवाय यसको के औचित्य नै छ र नेपालमा हासिल गरेको डिग्रीको सर्टिफिकेटको औचित्य ।

हुन त नेपालमा गरे के हु“दैन भन्ने प्रशस्त आवज पनि सुन्ने गरिन्छ तर म नेपालमा के हुन्छ भनेर गर्न नतम्सिएको पनि होइन करिब ५ बर्ष देखी म नेपालको कुनै स“स्थामा आवद्ध भएर मेरो ज्ञान र सीप बाड्ने काम गरिरहेको छु तर मेरो संस्थाले मलाई काम त दिएको छ तर दाम दिन सकेको छैन । अहिलेदुनियाँलाई दाम चाहिएको छ । कम होइन मेहनत होइन परिश्रम होइन मात्रै दाम ।

सबै दामकै पछाडी दौडिरहेका छन्,त्यसैले देशमा भ्रष्टाचार दण्डहिनता बढीरहेको छ । नेतालाई कमिसन खानै ठिक्क छ कर्मचारीलाई घुसले पुगेको छैन । त्यसैले अब यो देशमा म जस्ता निक्कमाहरुको डिग्रीको सर्टिफिकेटले केहि हुने वला छैन ।   त्यो एउटा भित्तामा झुड्याउनको लागी दिने सर्टिफिकेट लिनलाई पनि किन १५ दिन कुरिरहने जन्छु अब १ हप्तामै आउने राहादानी बनाउन र खाडीमा पसिना बगाउन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved