बुढीगण्डकी पीडितको वकपत्र: सक्छौ सुरु गर सक्दैनौ जग्गा फुकुवा गर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 13, 2016 | 04:09:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कविन्द्र बुर्लाकोटी

बुढी गण्डकी देशकै नमुना जलाशययुक्त परियोजना हो । यस मानेमा हामी वुढी गण्डकी प्रभावितहरु एकदमै उत्साहित छौ । हाम्रो चाहना जति छिटो हुन्छ  बुढीगण्डकी वन्नु पर्दछ भन्ने हो । हामी सबथोक दिएर यो आयोजना सफल वनाउन चाहन्छौ । गोरखा र धादिङका २७ वटै गाविसका जनता वुढीगण्डकीका लागि सवथोक त्याग्न तयार छन् ।

घरवास , थातथलो हामी स्थानीयका लागि ठुलो कुरै होइन । हामी त हाम्रो ठाउँमा दुनिया उजिल्याउने गर्भ निर्माण गर्दै छौ, यसकारण हामी गौरवान्वित छौ । तर दुखका साथ भन्नु पर्छ , राज्य यो आयोजना निर्माण गर्ने पक्षमा छैन । यहाँ त आयोजनाको नाममा राजनीति सुरु गरिएको छ । यसलाई देखाएर आफ्नो दुनो सोझ्याउनेहरुको वोलवाला हुदै गएको छ । यसको मारमा यो क्षेत्रका सवालाख मानिसहरु परेका छन्।

हामी पहिला भूकम्पपीडित भयौ। हाम्रो छानो ,मानो र नाना एकै पटक भूइचालोले धुलिसात पारिदियो । त्यही मेसोमा वुढी गण्डकी आयोजनाको चर्चा सुरु भयो र भुइचालोले उडाइ दिएको सपनामा कतै कतै हाँसोका छिटा देखिन थाले । तर यी हाँसो र खुसिका मसिना बाछिटा लामो समय टिक्न पाएनन् । बरु समयमा जग्गा रोक्का गर्न मालपोतले आलटाल गरेकाले जग्गा दलालले वुढी गण्डकीबाट फाइदा लिए ।

तर भुइचालोले थिलथिलिएका स्थानीय वुढी गण्डकीको चेपुवामा मात्रै परे । भत्किएका घर बनाउन , रोगव्याध को उपचार गर्न आफै दुई पैसा निकाल्न नसक्ने स्थानीय जगा रोक्का का कारण घर न घाटका भएका छन् । जग्गा मालपोतले राखेको छ , घरमा विहेदान गर्न वा केटाकेटी पढाउन दुइ पैसा निस्किदैन । कमाउन बिदेश जाउँ साहुले पत्याउदैन । यस्तो वेला लालपुर्जा बैंकमा राखेर ऋण लिनबाट समेत स्थानीय बन्चित छन् । यसले गर्दा सुस्त सुस्त परियोजना प्रति नै स्थानीयको नकारात्मक धारणा बनिरहेको छ ।

हामी स्थानीयको माग छ – सक्छौ भने परियोजना छिटो बनाउ हैन भने हाम्रो जग्गा फुकुवा गरिदेउ । हामीले हाम्रो दुख जिलो गरेर बस्न पाउँ। यदी गर्ने नै हो भने सरकार छिटो गर । सोधभर्ना वा मुवाव्जा चरणबद्ध रुपमा दिन सुरु गर । स्थानीय उत्साहित हुनेछन् । होइन भने हाम्रो थातबासमा हामीलाई हाम्रो तरिकाले रहन देउं । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved