‘दुनियाँ बहुलाए हुन्छ तर न्यायाधीशलाइ बहुलाउन छुट हुँदैन’ – भीम प्रसाद उपाध्याय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 09, 2018 | 07:07:35 AM मा प्रकाशित

laxmi  sunrise bank

अदालतको आजको आदेशमा चरम आवेग देखियो । मानहानी मुद्दा जसलाइ पनि लाग्न सक्छ । मानहानी गरेकोलार्इ अदालतमा हाजिर हुन म्याद दिइन्छ । त्यसमा बहस पैरवी हुन्छ । तर यसरी २४ घण्टा भित्रै पक्रेर ल्याउने आदेश दिएको नेपालको अदालतको इतिहासमा संभवतः पहिले भएको छैन होला।

डा.केसी खुंखार अपराधी जस्तो गरी अदालतले यसरी आदेश गर्नुले अदालतप्रतिको सम्मान धरासायी हुनेछ । त्यसै पनि नेपालको न्यायक्षेत्रलाइ ट्रान्स्पेरेन्सी इन्टरन्याशनले अत्यधिक भ्रष्ट संस्था भन्दै आएको छ । अदालतको इज्जत अरुले भन्दा अदालतले नै सफा बनाउने हो । अरुलाइ ‘तँ हामीलाइ नमान्ने भनेर हप्काउने’ डर देखाउने हो भने अदालतको सम्मान र सुरक्षा जनताले कसरी गर्न अघि सर्लान् र ?

डा केसीका अभिब्यक्तिले अदालतको मानहानी भएको होला नहोला त्यो सुनुवायी पछि तय होला । तर डा केसीले उठान गर्दै आएको मुद्दा सही र दमदार छ । जे भए पनि नागरिकको सम्मान गर्न अदालतले पनि कन्जुस्याइ गर्न हुदैन । अदालतका फैसला अकाट्य हुदैनन् न सबै विवेकी र न्यायसंगत हुन्छन् ।

अदालत झगडालाइ टुंग्याउने एक प्रकृया मात्र हो । त्यहाबाट हुने सबै फैसला न्यायपूर्ण र त्रुटीरहित हुदैन । नत्र जिल्ला पुनरावेदन सर्वोच्च र अन्तिममा राष्ट्राध्यक्षले आममाफी दिने प्रकृया गर्नै पर्दैन थियो । एउटा अदालतले गरेपछि न्याय भएको माने हुन्थ्यो । यहाँ त तल्लो अदालतको त्यसभन्दामाथिकोले त्यसको त्यो भन्दा माथिकोले र अन्तिममा सर्वोच्चमा पुगेर तलका अदालतका फैसला उल्टेको देखिएकै छ ।

सर्वोच्चकै फैसला पनि पुनरावलोकनबाट उल्टेर लोकमानसिंह उत्तानो परेको पनि देखिएकै छ, त्यस्तै कैयन अन्य भ्रष्टहरु पनि पुनरावलोकनबाट डुबेका वा उम्केका देखिएकै छ । यसरी हेर्दा मान्छेले गर्ने कुनै पनि निर्णय पूर्णतः त्रुटीसहित र विवेकी वा न्यायपूर्ण हुन्छ भनेर मानिदैन ।

डिस्प्युट समाधानको एक प्रकृया र विधि मात्र हो अदालती प्रकृया । न्यायाधीशलार्इ न्यायमूर्ति भनिएको ती विवेकी हुन्छन् अनुभवी र न्यायका पुजारी हुन्छन् भनेर हो । तर आवेश आक्रोस र हतारमा काम गर्ने न्यायधीशहरु न्यायमूर्ति हुदैनन् ।

न्यायमूर्तिको अभाव हुदै गयो भने अदालत विवादित हुदै चरम अराजकतामा फस्न सक्छ । न्यायामूर्तिहरु उच्च नैतिकवान ज्ञानी सक्षम विवेकी र लोकतन्त्र र मानवअधिकारको संरक्षक हुनै पर्छ ।

डा केसीलाइ गरिएको ब्यवहार यदि डाक्टरहरुले न्यायाधीशलाइ गरे भने के होला । विमारी परेका न्यायाधीश र तिनका परिवारलाइ उपचार गर्दिन भने भने के होला ? न्यायाधीश पनि मानिस हुन् तिनका पनि परिवार छन् । यदि डाक्टरले आज डा केसी प्रति गरेजस्तो ब्यवहार न्यायाधीश र तिनका परिवारलाइ उपचार नगर्ने भनेर घोषणा गरे भने के होला ?

दुनिया बहुलाए हुन्छ तर न्यायाधीशलाइ बहुलाउन छुट हुदैन किनभने न्यायालय सबैको अन्तिम न्यायको आस्थायुक्त संस्था हो । न्यायाधीश विवादको निप्टारा गर्ने पदाधिकारी हो उ नचाहिने विवादमा पर्नै हुदैन । यो छुट र विलाशिता न्यायाधीशलाइ कदापि हुदैन ।डा.केसीको अभिब्यक्तिमा म सहमत छैन भलै उनले उठान गरेको मुद्दामा पूर्ण सहमत छु ।

तर न्यायाधीशको आजको ब्यवहार भने कहिले समर्थनयोग्य छैन मेरा निम्ति । न्याय विवेकी सन्तुलित र सस्थागत धैर्यतामार्फत नै निर्दिष्ट हुनुपर्छ । उत्ताउलोपना घातक हुन्छ । यस्तोमा न्यायमूर्तिहरुलार्इ समाजमा रहन पनि असहज हुन पुग्ने डर हुन्छ ।

भोलि पहिलो सुनवाइ होला र त्यसबेला विवेकी र संतुलित आदेश होला भन्ने पूर्ण विश्वास गर्दछु । मानिसले छातिमा हातराखेर एकै छिन मनन गर्यो भने उ विवेकी हुन्छ ।

न्यायालयको सुरक्षा र सम्मान कानुन र प्रहरीले हैन जनताको मनले गरेको हुनुपर्छ । विद्वान सम्मानीत न्यायामूर्तिलाइ म अकिंचनले यति सल्लाह दिन धृष्टता गर्दैछु ।

( नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायको फेसबुकबाट लिइएको )

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved