रोजगारीका लागि कतार जान बढे, मलेसिया जाने घटे

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 20, 2018 | 07:07:29 PM मा प्रकाशित

laxmi  sunrise bank

रोजगारीका लागि कतार जाने नेपालीको संख्या बढेको छ। मङ्सिर महिनामा बैदेशिक रोजगारीको क्रममा नेपालीहरु जाने देशमा कतार पहिलो राष्ट्र भएको वैदेशिक रोजगार विभागले जनाएको छ। 

बिभागका अनुसार मङ्सिर महिनामा ८ हजार ५९५ जनाले कतारका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। जुन अन्य देशहरुमा भन्दा उच्च हो। यसअघि कतारमाथि छिमेकी देशहरुले नाकाबन्दी गरेपछि त्यहाँको रोजगारी प्रभावित भएको थियो।

साउदी नेतृत्त्वमा कतारमाथि नाकबन्दि भएपछी नेपालीहरुको बैदेशिक रोजगारीको गन्तब्यमा मलेसियाले स्थान ओगट्दै गएको थियो। अघिल्लो महिना कात्तिकमा सबैभन्दा धेरै नेपाली मलेसिया गएका थिए। तर मङ्सिरमा भने कतारपछि मलेसियाका लागि ८ हजार ३६५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।

कात्तिकमा मलेसियामा ८ हजार ८७३ जना नेपाली गएकोमा कतारमा ७ हजार ५३९ जना पुगेका थिए। मंसिरमा कुल २७ हजार ९६५ जनाले रोजगारीका लागि संस्थागत तर्फबाट अन्तिम श्रम स्वीकृति लिएका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved