"नेपाललाई मेडिकल हब बनाउन सकिन्छ''- डा. मनोर दिन सैयद (वरिष्ठ चिकित्सक तथा स्वास्थ्य विश्लेषक)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 01, 2016 | 08:11:13 AM मा प्रकाशित

laxmi  sunrise bank

अपार सम्भावना र केहि अफ्ठ्याराका बीचमा नेपालको विकास अगाडि बढेको छ। इतिहासले सिकाएको पाठ र आवश्यकताले जन्माएको गोरेटो पथमा नेपालको विकास अभियान अगाडी बढिरहेको छ। यो अभियानलाई प्रत्यक्ष जनजीवनसंग जोड्दै अगाडी बढाउनु पर्ने आजको आवश्यकता हो ।

यसका लागि राजनीतिक स्थिरता र जनताको चेतना स्तरको उच्चता आवश्यक पर्दछ। दुनियाँमा राजनीतिक स्थिरता र जनताको चेतनास्तरको प्रत्यक्ष सम्बन्ध रहेको प्रष्टै देखिएको छ। जहाँका जनता चेतनशील, शिक्षित बिबेकी छन, त्यहाँ राजनीतिक स्थिरता देखिन्छ।त्यस्तै जहाँ राजनीतिक स्थिरता छ त्यहाँका जनता पनि समृद्ध र खुसि छन। त्यसैले विकास भनेको सम्वृद्धिसंगै जनताको खुसि पनि हो।

विकासको आधार 'मेडिकल टुरिजम'  

नेपालको विकास गर्ने नै हो भने धेरै टुल्ससंगै मेडिकल शिक्षा र उपचारको अवधारणा सहित अगाडी बढ्नै पर्ने छ।हाम्रो यो सितल मौसम, सौहाद्र जनता भएको देशमा ठुला ठुला हस्पिटल खोलेर विदेशबाट नेपालमा उपचार गर्न आउने वाताबरण तयार पार्न ढिला भईसकेको छ। सस्तो दरमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराएर नेपालमा 'मेडिकल टुरिजम' को विकास गर्न सकिन्छ। यसका पछाडी केहि आधार छन्।

'हाम्रो पूर्वीय संस्कृति, योग, आयुर्बेद र आधुनिक चिकित्सा तिनवटै क्षेत्रमा अत्यन्तै उन्नत छ' सगसंगै यहाँको अनुकुल वातावरण, जडिबुटी र पानि अनि पखेरामा पनि औषधीय गुण छ। यसलाई हामीले प्रयोग गर्दै गर्मीले थलिएकालाई चिसो मौसम र सर्दीले छटपटाएकाहरुलाई गर्मिलो मौसमको अनुभूति गराउने 'मेडिकल हब' नेपाल बन्न सक्छ। यसका पछाडी हामीले आँखा उपचारमा प्राप्त गरेको दक्षता र भारतीय बिरामीको आँखा अस्पतालमा हुने चाँपलाई हेरे पुग्छ।

गर्मीले थलिएकालाई चिसो मौसम र सर्दीले छटपटाएकाहरुलाई गर्मिलो मौसमको अनुभूति गराउने 'मेडिकल हब' नेपाल बन्न सक्छ।

अझ हाम्रा छिमेकमा बढ्दै गरेको मध्यम बर्गलाई उपचारको बहानामा नेपाल घुम्ने वातावरण हामीले बनायौं भने नेपाल साच्चै मेडिकल हब बन्दछ।

कन्सेप्ट मेडिकल एजुकेशन भिलेजको

स्वास्थ्य उपचारसंगै नेपाललाई मेडिकल एजुकेशनको पनि हब बनाउन सकिन्छ। भारत, पाकिस्तान माल्दिभ्स र बंगलादेशबाट चीनमा पढ्न जाने बिद्यार्थी संख्या २५ हजार भन्दा माथि छ।

चीनमा पढ्दा विदेशका बिद्यार्थीहरुले बिरामी छुन पनि पाउदैनन। भाषाका समस्याका वावजुद पनि सार्कका अन्य राष्ट्रबाट चीनमा चिकित्सा शिक्षा पढ्न जानेहरुको बाढीनै छ। त्यसलाई हामीले नेपालमा तान्न सक्ने ठुलो सम्भावना छ। अहिले पनि भारतीय बिद्यार्थीहरु पहिले पहिले नेपालका मेडिकल कलेजमा भर्ना हुन् चाहन्छन। नेपालमा पढ़न नपाएपछि मात्रै धेरै बिद्यार्थीहरु चीनमा गैरहेका छन।

त्यसैले सार्कका धेरै बिद्यार्थी नेपालमा मेडिकल शिक्षा पढ्न चाहन्छन। सार्कका धेरै बिद्यार्थीहरुलाई नेपालको मेडिकल एजुकेशन प्रति अगाध बिश्वास छ। के हामीले यसलाई 'क्यास' गर्नु पर्दैन त् ? हामीले सबै अन्तर बिरोधलाई बिर्सिएर नेपालमा सरकार र निजि क्षेत्रले मेडिकल शिक्षामा लगानी बढाउने पर्छ। र नेपाललाई साच्चै मेडिकल एजुकेशन हब बनाउनै पर्छ ।

खोजिनु पर्छ विदेशमा बस्ने नेपालीको भूमिका

नेपालका विकासका लागि विदेशमा बस्ने नेपालीहरुले रेमिट्यान्स, सिप र शिक्षाबाट ठुलो गुन लगाएका छन। यो त छदै छ, त्यस बाहेक नेपालले ति नेपालीहरुलाई राष्ट्रिय विकासको साझेदार बनाउन , बैदेशिक रोजगार कोष सृजना गरेर प्रत्यक्ष उनीहरुलाई राष्ट्रिय विकासमा सहभागी गराउनु पर्छ। संसारमा सबै भन्दा बढी बिदेशीक रोजगारीमा जाने फिलिपिन्सले यो अवधारणाको सार्थक प्रयोग गरिरहेको छ। प्रत्येक बैदेशिक रोजगारीमा जाने फिलिपिनीले एयरपोर्ट मै उक्त कोषमा पैसा दाखिला गर्छन।

यसले एकातिर सबैलाई राष्ट्रिय विकासमा आफ्नो लगानी भएको अपनत्वको अनुभूति गराउछ भने अर्कातिर बुढेसकालको पेन्सनको रुपमा डिभिडेन्ट खान पाइन्छ। यसले राष्ट्रको पनि आफ्नो पनि बिकास गराउदछ। त्यसैले बैदेशिक रोजगार पत्र निर्माण पनि राष्ट्रिय विकासको आधार बन्न सक्छ।

खोजौ विकासलाई प्राबिधिक शिक्षामा

नेपालको विकास खोज्न शिक्षालाई व्यवहारिक र प्राविधिक बनाउनै पर्छ। प्राविधिक शिक्षाले स्वदेशमा कर्म गर्न पनि विदेशमा गएर रोजगारी गर्न पनि सहयोग गर्दछ।

नेपालले अधिकांश श्रमिक अदक्ष रुपमा बिदेश पठाएको छ। त्यसकारण उनीहरुको मृत्युदर पनि उच्च छ। त्यहाँ अदक्ष कामदारले कठिन काम गरिरहेका छन। यसकारण गन्तब्य मुलुकको आवश्यकता बुझेर सोहि अनुरुपको प्राबिधिक शिक्षा दिने हो भने हाम्रो रेमिट्यान्स पन्नी बढ्ने र दिर्घकालिन हुने छ। स्वदेशमा हाम्रो स्रोतको उपयोगिताको लागि पनि प्राबिधिक शिक्षाको आवश्यकता छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved