दशा नबनोस् यो दशैँ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 05, 2016 | 09:41:18 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैं हिन्दुहरुको महत्वपूर्ण चाड मध्ये एक हो । घटस्थापनाका दिनमा जमरा राखेर यसको विधिवत सुरु गरिन्छ । नवदुर्गाको पुजा गर्ने, विभिन्न देविदेवताको मठमन्दिर जाने र प्राथना गर्ने चलन छ । ८० प्र्रतिशत भन्दा बढि हिन्दुहरुको जनसंख्या रहेको नेपालमा यसलाई उत्साहताका साथ मनाइन्छ । नेपाल बाहिर रहेका नेपालीहरुले पनि आ–आफ्नो गच्छे अनुसार बडो भव्यताका साथ मनाउने गर्दछन् ।

मिरा काफ्ले

केहि बर्षको जर्मन बसाइको क्रममा हामीले पनि साथीभाइसँग मिलेर मनाएका थियौ । यो पर्व मनाउनु पछाडिको इतिहाँस अर्थात परम्परालाई हेर्ने हो भने दैत्य महिसासुरलाई देवी दुर्गाले पराजित गरेपछि दुष्ट माथि सत्यको विजयको संकेतको रुपमा मनाउन थालिएको मानिन्छ ।

कारण जे सुकै होस् यो हिन्दुुहरुको महत्वपुर्ण पर्व हो । विश्वको जुनसुकै स्थानमा रहेपनि एकता, भाइचारा, सद्भाव र शुभकामना आदानप्रदान गर्दै एकआपसमा खुशियाली साटेर नेपालीहरुले यसको महत्वलाई विश्वव्यापी रुपमा फैलाएका छन् । यो अग्रजहरुले सानालाई आर्शिवाद दिँदै आत्मियता दर्शाउने पर्व हो । सहगोत्री दाजुभाइ, छिमेकी तथा टाढा रहेका आफन्तहरुकोमा समेत आर्शिवाद थाप्न जाने परम्परा छ । पिङ, जमरा, खाने, पिउने, नयाँ लत्ताकपडा दशैका केही रौनक हुन् ।

यत्तिका सद्भावना र अर्थ बोकेको पर्वलाई दशाका रुपमा लिनुका कारणहरुलाई सामाजिक, आर्थिक र मानसिक तीनवटा कोणबाट विश्लेषण गर्न सकिन्छ

 यी सब हुँदा हुँदै पनि केहीका लागि दशैँ दशा बनिदिन्छ । कुनै पनि धर्म, संस्कृति आफैमा नराम्रो हुदैन । दशैं पनि आफैमा दशा होईन । यो त असत्यलाई सत्यले हराउने पर्वको प्रतिक हो । मेलमिलाप, मनोरञ्जन र पारिवारिक मिलनको अवसर हो । तर दशैंको महत्व उत्तिकै रहे पनि यसलाई मनाउने शैलिमा परिवर्तन आएको छ । आजभोली धेरै नेपालीहरुका मुखबाट सुनिन्छ कि – यो त दशैं होइन, दशा हो भनेर । यत्तिका सद्भावना र अर्थ बोकेको पर्वलाई दशाका रुपमा लिनुका कारणहरुलाई सामाजिक, आर्थिक र मानसिक तीनवटा कोणबाट विश्लेषण गर्न सकिन्छ ।

पछिल्लो समयमा शहर केन्द्रित सुविधाका कारण नेपालमा आन्तरिक बसाइसराइको चाप निक्कै बढ्दोे छ । काठमाण्डौको ठेलमठेल जिवनशैली यसको उत्कृष्ट उदाहरण हो । यद्यपी, मानिसहरु गाँउघर छाडेर अन्यत्र बसेका भएपनि दशैंमा आफ्नै गाँउघर फर्कने चलन यथावत नै छ । त्यसैले दशैंका मुख्य दिनहरुमा काठमाण्डौ लगायतका शहरहरु सुन्यप्राय रहन्छन् भने गाँउघर भरिभराउ हुने गर्दछन् । तर त्यो ठूलो संख्यामा एकैपटक गाँउ फर्कने जनचापलाई सहज रुपमा यात्रा गराउन सक्ने क्षमता राज्य तथा निजी यातायात व्यवसायीसँग भएको देखिदैन । दशा यहिँबाटं बाट सुरु हुन्छ ।

एकातिर स्थल तथा हवाइ यातायात असुरक्षीत रहेको त्रासदी छ भने अर्को तिर टिकट पनि सहज रुपले नपाइने विवशता छ । अग्रिम टिकट बुकिङ खुलेसँगै आम नागरिकमा मानसिक तथा आर्थिक अस्तव्यस्तता सुरु हुन थाल्छ । यातायात व्यवसायी र सरकार विच हुने गन्थनमन्थनको भेउ सामान्य नागरिकलाई खासै हुदैन । तर आफ्नो घर जाने टिकट कसरी काट्ने होला, कति ठूलो लाइन बस्नुपर्ने होला, कालोबजारी गर्नेहरुसँग पो टिकट काटुनुपर्ने होकि, सुरक्षीत यात्रा हुने होकि होइन जस्ता थुप्रै चिन्ताले गाँज्न थाल्दछ ।

ठूलो संख्यामा एकैपटक गाँउ फर्कने जनचापलाई सहज रुपमा यात्रा गराउन सक्ने क्षमता राज्य तथा निजी यातायात व्यवसायीसँग भएको देखिदैन । दशा यहिँबाटं बाट सुरु हुन्छ ।

एउटै सिटमा डबल टिकट काटिदिने, क्षमता भन्दा धेरै बढि यात्रु बोक्ने, कच्चि सडक त्यसमा पनि श्वास फेर्न नसक्ने गरि यात्रुको चाप, अनि मरिने हो कि बाँचिने हो भन्ने त्रासदी दशैका बेला सबै यात्रीले भोग्ने साझा मानसिक समस्या हुन् । दशैंका दशा यात्रामा मात्र सिमित छैनन् । हुँदा खाने र हुने खाने विचको विभेदले हुँदा खाने वर्गलाई दशैंका लागि जोह गर्नु कम चुनौतिजनक हुँदैन । केटाकेटीका लागि नयाँ लत्ताकपडा, मिठो मसिनो खानेकुराको जोह, दान दक्षिणाको व्यवस्था एकैपटक मिलाउनु त्यती सहज हुदैन ।

अझ खाद्यान्न अभाव झेल्दै आएका नागरिक, न्युन आय भएका परिवार, विभिन्न प्राकृतिक प्रकोपले विस्थापीत वा पीडित सर्वसाधरणहरुका लागी दशैंको व्यवस्थापन चुनौतिपुर्ण हुन्छ । निर्यातीत बस्तुहरुमा भर पर्नुपर्ने अवस्थाले अकासीएको बजारभाउमा किनमेल गर्नुपर्ने तितो यर्थाथ सर्व विदितै छ । नेपालमा मध्यम वर्गिय परिवारले पनि उच्च वर्गको नक्कल गर्न खोज्ने परिपाटीले दशैंको खर्च व्यवस्थापनमा निम्न वर्गमात्र होइन मध्यम वर्गलाई पनि आच्छुआच्छु पार्दछ । झनै पछिल्लो समयमा गरगरहना तथा महङ्गा लत्ता कपडामा हुने दोखावटीपनले चाडपर्वहरु निक्कै महङ्गा र भड्किला हुँदैगएका छन् ।

हुँदा खाने र हुने खाने विचको विभेदले हुँदा खाने वर्गलाई दशैंका लागि जोह गर्नु कम चुनौतिजनक हुँदैन ।

अव मुलुक शान्ति प्रकृयामा गइसकेको छ । देशले नयाँ संविधान पाएको पनि एक बर्ष भइसकेको छ । तर विकासका मुद्दाहरुले अपेक्षाकृत नतिजा लिन सकेका छैनन् । विदेशीने युवाहरु रोक्न कुनै व्यवहारिक सन्देश जाने गरी काम भएका छैनन् । आन्तरिक र बाह्य बसाइँसराइँले गाँउघर रित्तिदो छ । बुढा बुढिले जेनतेन सम्हालेको गृहस्थी दशैंमा भरिने निश्चित छ । २०७२ सालको भुकम्पले तहसनस भएका चौध जिल्लाका अधिकांश घरहरु ठडिन पाएका छैनन् । ‘पोहोर शालको दशैं त जेनतेन मानियो यसपाली पनि पालमा दशै कसरी मनाउने होला’ भन्ने पिरलोले गाँउका ती बृद्ध मन अत्तालिएका छन् । चाडबाडमा आउने पाउनालाई सुताउन सिरक÷डस्ना धमिराले खाएको पिरलोेले गाऊँघर रुँघेर बसेका बृद्धबृद्धाहरुलाइ पिरोलेको छ । धान चामल सुरक्षित राख्न नसक्नाले खाद्यान्नको जोहो गर्न ती प्रभावित जिल्लाहरुमा थप दशा छ ।

वास्तवमा दशैंको पिंडा थुप्रैलाई परेको हुन्छ । सरकारले भुकम्प पीडित, वाढी पीडत लगायतका समुहलाई सम्बोधन गर्न प्रयास नगरेको पनि होइन तर ती सबै प्रयासले व्यवहारीक परिणाम दिन सकेका छैनन् । यस्ता अभाव र विपत्तीको समयमा दशैंको रौनक खासै नदेखिनु स्वाभाविक नै हो । चाडपर्वहरु मितव्ययी ढङ्गले मनाउन सके आर्थिक तथा मानसिक भार निकै कम हुन्छ । राज्यले कालोबजारी नियन्त्रण गर्नसके आमनागरिकले सामान्य बस्तुको चर्को मुल्य तिर्नुपर्ने बाध्यता हट्दछ । मौकाको चौका हान्ने परिपाटीले हौसिएका व्यवसायीहरुलाई कानुनी दायरामा ल्याउन सरकार चुक्नु हुदैन ।

‘पोहोर सालको दशैं त जेनतेन मानियो यसपाली पनि पालमा दशै कसरी मनाउने होला’ भन्ने पिरलो

मितव्ययी ढङ्गले चाड पर्व मनाउने हिम्मत गरेर सचेत नागरिकले भड्किलो र देखासिखी गर्ने मनोभावलाई दुरुत्साहीत गर्नसकेमा दशैंको रौनकता प्रत्येक नागरिकमा देख्न सकिन्छ । ठुलो खसी ढाल्दैमा, महङ्गो लत्ताकपडा तथा गरगहना लगाँउदैमा, शरीरले पचाउन नसक्ने गरी चिल्लोचाप्लोे खाँदैमा, क्षमता भन्दा बढि दान दक्षिणा दिदैंमा दशैं राम्ररी मनाइयो भन्ने हुदैन । आफ्नो गक्ष अनुसारको खर्च गर्ने बानी हामी आफुबाटै सुरु गर्नुपर्दछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved