'दशैँ फिभर' र हामी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 08, 2016 | 11:06:14 AM मा प्रकाशित

laxmi  sunrise bank

-टीएन रेग्मीदशैँ नेपालीहरुको ठूला चाडमध्ये एक हो । यो चाड विशेषत: हिन्दु धर्मावलम्बीहरुले शक्तिपीठमा पूजाअर्चना गरी देवी दुर्गाको टीका-प्रसाद ग्रहण गरी मनाउने गर्दछन् । आश्चिन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन दशैँ पर्व मनाउने चलन छ । धार्मिक सहिष्णुताको गुणले सम्पन्न नेपाली समाजमा पछिल्लो समय दशैँ-उत्सव हिन्दु इतरका धर्मावलम्बीहरुले समेत मनाउने गरेको पाइन्छ । धर्मशास्त्रका ज्ञाताहरु दशैँ पर्व कुनै धर्म वा सम्प्रदाय विशेषको पर्वका रुपमा कतै उल्लेख नभएको बताउँछन् । नेपाली समाजले धार्मिक दृष्टिले भन्दा बढी सामाजिक अन्तरक्रियाको पर्वका रुपमा स्वीकार गरिसकेको दशैँले समाजमा आर्थिक/सामाजिक कम्पन नै ल्याउने गरेको छ । तसर्थ नेपालभित्र रहने दशैँ मनाउने वा नमनाउने जोसुकै व्यक्ति दशैँ फिभरबाट मुक्त भने हुँदैन ।

धार्मिक सहिष्णुताको गुणले सम्पन्न नेपाली समाजमा पछिल्लो समय दशैँ-उत्सव हिन्दु इतरका धर्मावलम्बीहरुले समेत मनाउने गरेको पाइन्छ । धर्मशास्त्रका ज्ञाताहरु दशैँ पर्व कुनै धर्म वा सम्प्रदाय विशेषको पर्वका रुपमा कतै उल्लेख नभएको बताउँछन् ।

 

दशैँ र हामी
दशैँ पर्वलाई आसुरी शक्तिमाथि विजयप्राप्तिको उत्सवका रुपमा मनाउने परम्परा रहिआएको छ । असत्यमाथि सत्यको विजय भएको पर्वको रुपमा दशैँमा रसरङ्ग र रमाइला गतिविधिहरु हुने गर्दछन् । दशैँमा सांस्कृतिक रुपमा देवी दुर्गाको पूजा-आजा गरी प्रसाद र टीका ग्रहण गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परिवार, साथीभाइ र इष्टमित्र भेटघाट गर्ने परम्परा छ । यस अवसरमा मिठोमसिनो खाने, नयाँ लुगा लगाउने, पिङ खेल्ने, चङ्गा उडाउने, विभिन्न सांस्कृतिक र मनोरञ्जनका कार्यक्रमको आयोजना गर्ने सामाजिक संस्कार चलिआएको छ । सामान्यतया: दशैँको सांस्कृतिक र सामाजिक पाटो यही हो । यद्यपि दशैँ यतिमा मात्रै सिमित छैन ।

दशैँ खर्चको समेत महापर्व हो । आर्थिक दृष्टिकोणले पनि दशैँको महत्व उल्लेखनीय छ । दशैँको अवसरमा हुने जमघट, खानपान, दान-दक्षिणा आदिमा हरेक व्यक्ति र परिवारले उल्लेख्य मात्रामा खर्च गर्ने गर्दछन् । त्यसैले हुने/नहुने, सक्ने/नसक्ने, धनी/गरीब सबैका लागि दशैँसँगै खर्चको प्रसङ्ग जोडिन पुग्छ ।
 
हामीकहाँ दशैँमा मात्रै चामलको भात खाने र मिठोमसिनो, नाना-चाचा, रसरङ्गको मौका पाउने यौटा पुस्ता मौजुद छ । अघिल्लो पुस्ताले दशैँबाहेकको समयमा यस्ता गतिविधिको लागि कमैमात्र मौका पाउने गरेको यथार्थ हामीसामु छर्लङ्ग छ । स्रोत-साधन, समय, अर्थोपार्जनका विभिन्न अवसरको बढोत्तरीसँगै हाम्रो पुस्ताले ती सामान्य मौकाको लागि दशैँ पर्खिनुपर्ने अवस्था छैन । यद्यपि अग्रज र पछिल्लो पुस्ताले दशैँपर्व मनाउने शैलीमा तात्विक भिन्नता देखिँदैन । बरु पछिल्लो पुस्ताले जस्ताको तस्तै त्यो शैलीलाई पछ्याउँदै गरेको पाइन्छ ।

दशैँका बेला अनिवार्य नयाँ लुगा फेर्नुपर्ने, उल्लेख्य खर्च गर्नुपर्ने, अरुको देखासिकी र प्रतिस्पर्धा गर्नुपर्नेजस्ता कमजोर मनोविज्ञान दोस्रो पुस्तामा देखिन्छ । यी विषय दशैँसँगै जोडिएका कमजोरीका पाटाहरु हुन् ।

दशैँका बेला अनिवार्य नयाँ लुगा फेर्नुपर्ने, उल्लेख्य खर्च गर्नुपर्ने, अरुको देखासिकी र प्रतिस्पर्धा गर्नुपर्नेजस्ता कमजोर मनोविज्ञान दोस्रो पुस्तामा देखिन्छ । यी विषय दशैँसँगै जोडिएका कमजोरीका पाटाहरु हुन् । यसले समाजमा अनावश्यक आर्थिक बोझ र तनाव थपिनुका साथै दशैँप्रति नकारात्मक धारणाको विकास गर्न मद्दत पुर्‍याएको छ ।
 
सांस्कृतिक र सामाजिक सद्‍भाव तथा अन्तरक्रियाको दृष्टिले अति नै महत्वपूर्ण यस पर्वलाई हाम्रो कमजोर मनोविज्ञान र अरुको देखासिकी गर्ने संस्कारले कमजोर बनाइरहेको पाइन्छ । यसर्थ हामीले दशैँलाई बोझको रुपमा लिनुपर्ने अवस्था नआओस् भनी सचेत हुनुपर्ने समय आइसकेको छ । त्यसका लागि व्यक्तिगत र सामाजिक तवरमा प्रयासहरुको थालनी गर्नु आवश्यक छ । यस्ता पर्वको मौका पारेर केही असल सामाजिक अभ्यास गर्ने परम्पराको थालनी गर्नसके दशैँको महत्व झनै प्रगाढ हुनेछ ।
 
दशैँ मनाउने क्रममा भेटिएका विभिन्न व्यक्तिहरुको मनोदशा पंक्तिकारले नजिकबाट अध्ययन गर्ने मौका पाएको छ । यसक्रममा जुठो वा सुतक परेको खबर नियतवश द्रुत गतिमा सञ्चार गरेर चाडबाडमा हुने खर्चको बोझबाट पञ्छिन रुचाउनेदेखि दशैँका लागि मागेरै अथवा चर्को ब्याजमा ऋण काढेरै भएपनि रमाइलो गर्नुपर्ने सम्मका पात्र/प्रवृत्ति दृश्यमा आउँछन् । अरुभन्दा कमजोर नदेखिने कोसिसमा धेरैजनाले चाडपर्वलाई आफैले बोझिलो र भद्दा बनाउने गरेको पाइन्छ । यस किसिमको अभ्यासलाई व्यक्तिगत र सामुदायिकस्तरबाट निरुत्साहित गर्नु जरुरी छ ।


 अरुभन्दा कमजोर नदेखिने कोसिसमा धेरैजनाले चाडपर्वलाई आफैले बोझिलो र भद्दा बनाउने गरेको पाइन्छ । यस किसिमको अभ्यासलाई व्यक्तिगत र सामुदायिकस्तरबाट निरुत्साहित गर्नु जरुरी छ ।


अर्कोतर्फ दशैँको समयमा सार्वजनिक सेवाका विभिन्न विषयमा कठिनाइ र हैरानी व्यहोर्नुपर्ने अवस्था विद्यमान छ । खासगरी यातायात सेवा प्रयोग र खाद्यवस्तुको किनमेलमा यस्तो देखिने गरेको छ । दशैँको बहानामा सेवाग्राही र व्यावसायीले मनोमानी गर्न नपाउने वा नगर्ने परिपाटीको विकास गर्नु अपरिहार्य छ । चाडपर्वलाई लक्षित गरी जुवातास, मदिरा व्यापारजस्ता गतिविधिमा लाग्ने जोकोहीलाई सामाजिक बहिष्कार गर्ने परिपाटी निर्माण गर्नसके त्यसले समाजको विकासमा प्रत्यक्ष/परोक्ष सहयोग पुग्नेछ ।
 
हाम्रा सबैजसो साथीभाइ-इष्टमित्रले दशैँमा यति-उति खर्च गरेँ, रमाइलो गरेँ भन्ने अनुभव सुनाउँछन् । यो चाडको अवसरमा कुनै नयाँ कामको थालनी गरेको, समाज सुधारका लागि योगदान गरेको, बचत र मितव्ययीताका लागि कार्य गरेको सुनाउनेहरु प्राय: भेटिँदैनन् । एक हिसाबले भन्दा हाम्रो समाज दशैँको नाउँमा खर्चको होडबाजीमा मग्न छ । दशैँ खर्चकै लागि हो भन्दै वर्षभरिको कमाइ यही यौटा पर्वमा सिध्याउनेहरु पनि भेटिन्छन् । दशैँलाई खर्चमुक्त बनाउनु सायद सम्भव छैन । फेरिपनि यो पर्वमा खर्चकै होडबाजीमा लाग्नु कदापि ठीक होइन । अब हामीले दशैँलाई मितव्ययी, सरल र सहज बनाउने बारेमा केही गर्नुपर्ने समय आएको छ ।

चाडपर्वलाई लक्षित गरी जुवातास, मदिरा व्यापारजस्ता गतिविधिमा लाग्ने जोकोहीलाई सामाजिक बहिष्कार गर्ने परिपाटी निर्माण गर्नसके त्यसले समाजको विकासमा प्रत्यक्ष/परोक्ष सहयोग पुग्नेछ ।

 

अन्त्यमा,
यौटा चर्चित उखान छ, आयो दशैँ ढोल बजाइ, गयो दशैँ ऋण बोकाइ । हाम्रो दशैँलाई यो उखानजस्तो हुन नदिउँ । यसलाई मितव्ययी बनाऔँ । दशैँको बहानामा हुने मनोमानी र असामाजिक व्यवहारको विरोध गर्न थालौं । आफु र आफ्नो चाड मनाउने शैलीलाई अरु कसैसँग तुलना नगरौँ ।

कुनै धर्मविशेषको धार्मिक भावनाभन्दा सामाजिक र सहिष्णुपन निकै महत्वपूर्ण हुन्छ भन्ने यथार्थलाई आत्मसात् गरौँ । 

 

दशैँलाई खर्चिलो र बोझिलो चाडको परिचयबाट मुक्त राख्ने प्रयास गरौँ । खर्चमा कटौती गरी परोपकारी, उपकारी र उपयोगी कार्यमा स्रोत-साधनको प्रयोग गरौँ । यस चाडलाई धार्मिक र सामाजिक पर्वको रुपमा अझै सहिष्णु र व्यापक बनाऔँ, ताकि दशैँ सारा नेपालीको साझा पर्व बन्न सकोस् । कुनै धर्मविशेषको धार्मिक भावनाभन्दा सामाजिक र सहिष्णुपन निकै महत्वपूर्ण हुन्छ भन्ने यथार्थलाई आत्मसात् गरौँ । 


हामी दशैँलाई बचतको अवसर, सद्‍भाव र भाइचारा बिस्तारको अवसर, असल कार्य थालनीको अवसर बनाउन सक्छौँ । यतातिर ध्यान दिउँ । दशैँ आफैमा उत्तम चाड हो ।  यसलाई असल सामाजिक अभ्याससँग जोड्न सके 'सुनमा सुगन्ध' हुनेछ । यसपालिको दशैँमा केही असल कार्यको थालनी गर्ने कि ? सबैलाई दशैँको शुभकामना!!

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved