नेपालको विकासका लागि लोकराज शर्माका ५ 'मन्त्र'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 08, 2016 | 02:37:22 PM मा प्रकाशित

laxmi  sunrise bank

युवा उद्यमशीलता र स्वरोजगार नै देश बिकासका महत्वपूर्ण अौजार हुन् । वास्तवमै युवाहरुलाई जती 'इङगेज' गर्न सकियो त्यती नै छिटो देशले  प्रगतिको वाटोमा फडको मार्न सक्छ । वढिरहेको युवा पलायन लाई राज्यले देशमै केही गर्ने बातावरण सृजना गरेर रोक्नु अहिलेको आवश्यकता हो । अनी देशमा रहेको श्रीजनसिल युवा शक्तिले पनि अब नकारात्मक भाव मात्र पाल्नु हुँदैन । समयले छलाङग हानी रहेको छ । समयको यस प्रवाहसंग नेपाली युवाहरुलाई जोडन सके देश धेरै माथि पुग्न सक्छ ।


 
साच्चै भन्ने हो भने के छैन हामी सँग ? सवथोक छ । प्रक्रितीले देएको अनुपम प्राकृतिक देन छ । गौतम वुद्धले जन्म लिएको लुम्विनी छ । दुनीयाको छानो सगरमाथा छ । अनी फेर फेरमा फेरिने र समयको सानो दुरिमा फेरिने मौसम र हावापानी हामी संगै छ । त्यसभन्दा वढी देशमा  केही गरौ भन्ने जाह्त सोचको युवा शक्ती छ । अनी हामी संग त्यस्तो माटो छ जहाँ एकदाना भुइमा खस्दा हजार दाना फल दिन्छ । 

देश बिकासको सम्वाहक युवा हुन् । निर्माण वा ध्वंस के गर्ने भन्ने कुरा त्यो देशको युवा कसरी प्रशिक्षित छ भन्ने मै निर्भर गर्दछ । देशको युवाले राष्ट्रको ईतिहास , पुर्खाका सन्देस र देश निर्माणको जटिल वाटो कती बुझेको छ , त्यती छिटै देशको प्रगती हुन सक्छ ।

बृद्धाश्रम नबनाउ देशलाई 
देश बिकासको सम्वाहक युवा हुन् । निर्माण वा ध्वंस के गर्ने भन्ने कुरा त्यो देशको युवा कसरी प्रशिक्षित छ भन्ने मै निर्भर गर्दछ । देशको युवाले राष्ट्रको ईतिहास , पुर्खाका सन्देस र देश निर्माणको जटिल वाटो कती बुझेको छ , त्यती छिटै देशको प्रगती हुन सक्छ । हामीले हाम्रो युवा शक्तिलाई स्वदेसमै 'इङ्गेज ' गर्न राष्ट्र भक्तिको पाठ पढाउनै पर्छ । संगसंगै त्यो युवा शक्तिलाई काम पनि दीनु पर्छ ।
 
अहिले हामी रेमिट्यान्सको मोहमा देशको सर्वाधिक मंहगो श्रोत युवा शक्तिलाई विदेश पठाइ रहेका छौ । देशमा उद्यम गर्न भन्दा विदेश जान प्रोत्साहित गरिरहेको छौ । यसले अन्तत देशलाई दीर्घकालीन नकारात्मक प्रभाव मात्रै दिन्छ। देश बृद्धाश्रममा परीणत गरेर प्राप्त भएको रेमिट्यान्सले हामीलाई उपभोक्ता त वनाउला तर उद्यमी कहिल्यै वनाउदैन।

अहिलेको रेमिट्यान्सले हामीलाई सांस्कृतिक रुपमा भ्रश्ट वनाइ रहेको छ । परिवार बिखण्डन वडेको छ । र देश बृद्धाश्रम भएको छ । अब पनि हामीले चेतेनौ भने देश व्यापक भ्रष्टीकरण तर्फ जाने पक्का छ ।


 अव देशले रेमिट्यान्सको लोभ गर्न हुँदैन । युवालाई सिप र तालिम दिएर देशमै उद्यमशील र स्वरोजगार वन्न अभिप्रेरित गर्नु पर्छ । अहिलेको रेमिट्यान्सले हामीलाई सांस्कृतिक रुपमा भ्रश्ट वनाइ रहेको छ । परिवार बिखण्डन वडेको छ । र देश बृद्धाश्रम भएको छ । अब पनि हामीले चेतेनौ भने देश व्यापक भ्रष्टीकरण तर्फ जाने पक्का छ ।
 
आवश्यकता प्राबिधिक शिक्षाको 

देशको बिकास आयातित श्रोत वाट होइन , स्थानिय श्रोत को दोहन बाट सम्भव छ । यसका लागि त्यो श्रोत चिन्न सक्ने र त्यसको उपयोगीता बुझ्ने जनशक्ति चाहिन्छ।


प्रबिधिले दुनियाँलाई यसरी अठ्याएको छ कि अब प्रबिधी मैत्री नबने केही गर्नै सक्दैन । विश्व प्रविधिलाई स्थानिय आवश्यकता मैत्री वनाउदै त्यसको हाम्रो आवश्यकता अनुरुप उपयोग गरिनु पर्छ । हामी दुनीया अनुकुल वदलिने होइन दुनियाँलाई हामी अनुकुल बदल्न विश्व प्रबिधिलाई हाम्रो श्रोत अनुकुल बनाउनु पर्छ । यसका लागि प्राबिधिक शिक्षाको जरुरी छ । अनी जरुरी छ , स्थानिय श्रोत परिचालन सम्वन्धी अध्यापन गर्ने शिक्षण संस्थाको । देशको बिकास आयातित श्रोत वाट होइन , स्थानिय श्रोत को दोहन बाट सम्भव छ । यसका लागि त्यो श्रोत चिन्न सक्ने र त्यसको उपयोगीता बुझ्ने जनशक्ति चाहिन्छ।
 
हुँदैन बिकास ढुङ्गा हानेर 
हामीले हाम्रा युवालाई ढुङ्गा हान्ने , टायर बाल्ने तोडफोड गर्ने कामका लागि मात्रै उपयोग गरेका छौ । बन्दुक बोक्न र अराजक हुन मात्रै सिकाएका छौ । अब यस्तो कृयावाट देसको बिकास हुँदैन । बिकासका लागि ठुला ठुला कामपनी गर्न पर्दैन । वन्द गराउदै हिंडेको युबाले ,सडकको फोहोर उठाउदै हिंडे हुन्छ । आगो लगाउदै हिडनेले खोला नदी सफा गरे हुन्छ । ढुङ्गा हान्दै तोडेफोड मच्चाउदै हिडनेले धान झुलेको फाटमा धान काटे हुन्छ । यसले हामीलाई श्रम मैत्री बनाउछ । सकारात्मक बनाउछ  । जव देशको युवा साकारात्मक सोचको हुन्छ । अनी श्रम मैत्री हुन्छ , बुझ्नुस देशले छलाङ हान्न सुरु गर्‍यो ।

जव देशको युवा साकारात्मक सोचको हुन्छ । अनी श्रम मैत्री हुन्छ , बुझ्नुस देशले छलाङ हान्न सुरु गर्‍यो ।


 मेरो आग्रह छ , देशलाई अब ढुङ्गा हान्ने युवा होइन उद्यमी र श्रमशिल युवा चाहिएको छ । यसकारण राजनीतिक दलले पनि अव प्रशिक्षित  गर्दा उद्यमशीलताको प्रशिक्षण गरौ , श्रमको सम्मान गर्ने युबा तयार पारौ।
 
युवा मनले र उमेरले 
युवा पारीवर्तन र बिकासका सम्वाहक हुन् । युवा एउटा उमेर पनि संगै मन पनि हो । अब हामीलाई उमेरको युवा संगै मनको पनि युवा चाहिएको छ । मनको युवाले कहिलै निरासा पाल्दैन । कहिलै अहंकार पाल्दैन  । खाली सोच्छ भविष्यका लागि , सपना देख्छ सुखद मिलनको । हो अब हामीले तन संगै मनको युवा निर्माण गर्नुछ । उमेरले वुढ्यौली टेके पनि मनले बिचार  र कर्मले साकारात्मक सोचको युवा हामीलाई चाहिएको छ ।
 
फर्किन्छन् अमेरिकि नेपालिहरु पनि 
विदेशमा सहज छैन । हामी प्रदेशको एउटा पाटो मात्रै देखेका छौ । चट्ट परेकाहरुले सफा सडकमा खिचेको तस्विर देखेका छौ । निलो समुद्रको किनारमा खिचिएका तस्बिरले हामीलाई त्यता तिर लोभ्याएको छ । 

यससंगै त्यहाको आर्को पाटो हामीले देखेका छैनौ । प्रदेशबाट फर्किने ले पनि यस पाटो बारे वताउदैनन् । त्यहाको दु:ख , बिदेसी हुनुको पिडा ,रंग भेदको दर्द भोगेकाले मात्रै बुझेको हुन्छ । त्यहाको कामको चाप , मानसिक तनाव सव झेलेपछी परदेशिएकाले एकपटक घरदेस सम्झिन्छन् । तर उसको त्यो सम्झना यहाँको अस्थिरता , राजनीतिक खिचातानी र भ्रष्टाचारले क्याप्पै निलिदिन्छ । अनी विवस भएर त्यही वस्न वाध्य छ । 
तर हामिले हाम्रो देशमा श्रमको सम्मान , व्यवसयिक बातावरण र उद्यमशीलताको अवस्था सृजना गर्‍यो भने ,अमेरिकाका एनाअरएन पनि स्वदेश  फर्किन तयार छ ।

हाम्रो देशमा श्रमको सम्मान , व्यवसयिक बातावरण र उद्यमशीलताको अवस्था सृजना गर्‍यो भने ,अमेरिकाका एनाअरएन पनि स्वदेश  फर्किन तयार छ ।


 यहीं उसले आफ्नो सम्भावना देखे पछी परदेश वस्न खोज्दैन । त्यसैले साच्चै देस बिकास गर्ने हो भने युवा उध्यमसिलताको बिकास गरौ , राजनीतिक खिचातानीको अन्त्य गरौ र लगानी कर्तालाई निर्वाध लगानिको बातावरण वनाइ दिउ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved