राज्यसंग केहि लाग्दैन, कर छली नगरौं नत्र .......

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2016 | 09:03:17 AM मा प्रकाशित

laxmi  sunrise bank

कर तिरौं! 
नाम नै "कर" तिर्न करनै लाग्छ, नतिरी सुखै छैन!
सेयर बजारमा लगानीबाट भएको आम्दानीमा ब्याक्तिगत ५% र सँस्थागत १०% लाभकर कट्टा भई सरकारको खातामा जान्छ। अन्य क्षेत्रमा जस्तो सेयर बजारबाट उठाईने कर त्यती ब्यवस्थित हुन सकेको छैन।

सेयरमा कर तिर्ने आधार भनेको बिक्रीकर्ताले ब्रोकरलाई उपलब्ध गराएको कारोबार नम्बर र खरिद मुल्यनै हो। यसलाईनै आधार मानेर कर निर्धारण हुन्छ। यसो हेर्दा अर्बौको कारोबार हुने सेयर बजारमा कर तिर्न मन लागे तिर, मन नलागे नतिर भनेर छोडिदिएको जस्तो देखिन्छ।
खरिद र बिक्री एउटै ब्रोकरबाट भएको अवस्थामा यो समस्या नआएता पनि दुई फरक ब्रोकरबाट खरिद र बिक्री हुने अवस्थामा भने समस्या आउने हुन्छ। कतिपय लगानिकर्ताले कर छल्न आफुले बिक्री गरेको सेयरको महँगोमा किनेको कारोबार नं दिने, बोनस वा राईट भनेर जानकारी दिने गरेको पाईन्छ।

कर छली ठुलो अपराध
कतिपय मुलुकहरुमा कर छली लाई ठुलो अपराधको रुपमा लिईन्छ जसमा मृत्युदण्ड सम्मको सजायँ हुने गरेको पाईन्छ। हुन त जनताबाट कर लिए बापत राज्यले सेवा र सुबिधा पनि दिने गर्दछन् ।

कर छली गर्नेले मैले कर छली गरेर दिन प्रतिदिन म धनी बन्दै गएको छुँ भन्ने सोच्छ तर बास्तबिक रुपमा उ भित्र भित्रै खोक्रो हुँदै गएको हुन्छ। यदी कुनै दिन उसले छलेको कर राज्यले फेला पार्‍यो भने त्यसको सावाँ र ब्याज तिर्न उसको सम्पुर्ण सम्पतीले पनि पुग्दैन। राज्यसँग कसैको केहि लाग्दैन। जुन कुरालाई चाणक्यले पनि आफ्नो नितीमा उल्लेख गरेका छन्।

तसर्थ आफै पुरिने खाल्टो खन्ने काम नगरौं । स्पष्ट कारोबार गरौं। राज्यलाई आफुले गरेको आयमा कर तिरौं। देश सँधै सँक्रमणकालमा रहँदैन। सरकारको निती नियम कुनै पनि बेला परिवर्तन हुनसक्छ।

दैनिक अर्ब बढी कारोबार हुन थाकेको सेयर बजारको कर असुली प्रकृयालाई अझै बढी प्रभावकारी बनाउन अहिलेको प्रकृयालाई हटाई कारोबार कर लगाउँदा राज्य र लगानिकर्ता दुबैको लागी उपयुक्त देखिन्छ। सम्बन्धित निकायको ध्यान जाओस्।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved