शिब धिताल/बिजपाटी     Oct 24, 2018



ruslan ruslan

समसुल हक मियाँ

म्यान्म्यारका रोहिंग्या मुसलमान समुदायलाई आपत पर्दा संसारले केहि गर्न सकेन। त्यसैगरि सिरिया निहत्था बालबालिकाको नरसंहार हुँदा बिश्वले रोक्न सकेन। 

छिमेकी देश भारतमा दिनानुदिन साम्प्रदायिक समस्या थपिदै जाँदा नत कसैले केहि सहारा दिनसकेको छ नत त न्यायको लागि आवाज उठाएको छ। बिश्वभरका पछिल्ला घटनाहरुलाई नियाल्ने हो भने संसारका ठुला भनिएका शक्ति आज एकै जाति र धर्मलाई आफ्नो शत्रु देखिरहेको देखिन्छ। अमेरिका र इजरायलको उदाहरण बिश्वसामु खुला किताब झैँ छ, जो बर्षौदेखि कुनै एक समुदायलाई बर्बाद बनाउन लागिपरेको छ। 

इजरायल र अमेरिका मात्र नभई रुस र चीनसमेत मुस्लिम समुदायसंग कहिल्यै सकारात्मक बन्नसकेको छैन। जसको उदाहरण हो रुसले मध्य एसियामा चेचेन, उज्बेक, ताजिकिस्तान, कजाकिस्तानमा मुसलमानलाई धर्मबाट बिमुख गर्न बिभिन्न हत्कण्डा मच्चाउदै आएको छ। यता चिनले समेत पश्चिम चिनका उंइघुर मुसलमान (जिन्ज्यांग प्रान्तका तुर्किक-मंगोल मूलका मुसलमान) लाई इस्लामिक अभ्यास अपनाउनबाट सताईरहेको छ। कतिसम्म छ भने त्यहाँका मुस्लिम समुदायलाई दारी राख्न र रमजान महिनामा रोजा राख्न समेत दुख दिने गरिएको बिभिन्न संचार माध्यममा खबर आउने गरेका छन। 

भारतले कास्मिरदेखि सुरु गरेर अब बिहार, उत्तर प्रदेश, गुजरात हुँदै मध्य प्रदेशका मुसलमानलाई देशको दोस्रो दर्जाका नागरिक बनाउने काम गरिरहेको छ। त्यहाँ मुसलमानको नाममा रहेका सडक, नगर तथा भवनको नाम परिवर्तन गरि भारतको मोदी सरकार मुस्लिम समुदायसंग जोडिएका इतिहास मेटाउने काममा तल्लिन छ। 

त्यहीं मुस्लिम देश भनि चिनिने गल्फ राष्ट्रहरु आपसी द्वन्द्वमा फसेका छन। सिरिया, लिबिया, इराक, अफगानीस्तान, यमन, प्यालेस्टाइन, इजिप्ट, बहराइन, पाकिस्तान, बंगलादेश  लगायतका देशहरुमा बिदेशी शक्तिहरु हाबीहुँदा त्यहाँ बर्षौंदेखि अशान्ति छ भने कतार, साउदी, दुबई लगायतका मुलुकहरु एक आपसमा भिडिरहेका छन। एक शब्दमा भन्ने हो भने मुस्लिम देश भनेर चिनिने मुलुकहरु अहिले पुरै अस्थिर अवस्थामा छन।   

त्यसकारण बर्षौंदेखि धार्मिक सदभाब र सम्मान कायम भएको नेपालजस्तो देशमा केहि भइहाल्यो भने अर्को देशका नागरिकहरु सोसियल मिडियामा बिचारबाजी र सदभाबबाजी गर्नु बाहेक अरु केहि गर्न सक्ने छैनन। 

दशैं तिहार, इद बकरिद लगायतका चाडपर्व संगसंगै मनाउने जस्तो दाहरणीय सदभाब भएको नेपाल जस्तो देशमा पछिल्लो साम्प्रदायिक झगडाका केहि छिटा देखिन थालेका छन। जुन शान्तिका दुत गौतम बुद्दको देशका नेपाली नागरिकको लागि दुखको बिषय हो। नेपाल जस्तो देशमा झगडाका केहि छिटा देखिनुले यहाँ पनि अल्पसंख्यक समुदायको रुपमा रहेको मुस्लिम समुदायमाथि दुष्ट आत्माहरुको नजर परेको विश्लेषण गर्न सकिन्छ। 

हो, यस्तो अवस्थामा हामि संयमताका साथ बहुमत नेपालीको साथसाथै सरकार र सम्बन्धित निकायमा सम्पर्क गरि त्यसको समाधान खोज्न सक्नुपर्छ। कपिलबस्तु, रौतहट लगायत तराइमा केहि क्षेत्रमा देखिएका घटना सामान्य छैनन तर सरकार र बुद्दीजीबी र नेपालीहरु एक ठाउँ बसेर त्यसको समाधान खोज्नुपर्छ। नेपालका ९८ प्रतिशत जनताहरु नेपाली मुसलमानलाई सम्मानका साथ हेर्छन जस कारण आजका दिनसम्म पनि धार्मिक सहिष्णुता कायम छ। १-२ प्रतिशत व्यक्तिहरु बाहिरि कुराबाट प्रभावित होलान। नेपाली समाजमा धार्मिक लडाई देख्न चाहने यी १-२ प्रतिशत दुष्ट आत्माहरु पछिल्लो समय सक्रिय भएको महसुस गर्न सकिन्छ। त्यसैले उनीहरुको यस्तो कुराबाट प्रभावित भएर उनीहरुका गलत बिचारलाई प्राथमिकता दिई सामाजिक संजालमा प्रचार प्रसार गर्ने, यस्तो कुरालाई प्राथमिकता दिने जस्ता कार्यले समस्या झनै बल्झिन्छ र आगोमा घ्यु थप्ने काम हुन सक्छ। 

जुन स्थानमा समस्या देखिएको छ त्यहिका बुद्दीजीबी र सरोकारवाला पक्षहरुबीचको आपसी छलफलबाट समाधान खोजिनुपर्छ। टाढाको र सरोकार नभएका व्यक्तिहरुले सुनेको भरमा बोल्नु हुदैन। त्यसमा पनि मुस्लिम अगुवा, नेता, राजनीतिक व्यक्ति, बौद्दिक समाज मिलेर सरकारका सम्बन्धित निकायमा पुगेर त्यसको समधान खुज्नुपर्छ। 

तर हचुवाकै भरमा अड्कलबाजी गरि बिभिन्न बिचार व्यक्त हुँदा त्यसले गलत संदेश जान सक्छ। त्यसैले निम्नकुराहरु अपनाउदा समस्यालाई समाधान मात्र होइन, समस्याको जन्म हुनबाटै रोक्छ:

१) मस्जिद वरिपरिको बाटो कहिले काहि कुनै पर्ब हर्सोल्लाशमा अरु समुदायले पर्योग गर्दा त्यसलाई सामान्य लिनु पर्दछ, अतिक्रमण वा हेपेको सोच्नु हुँदैन।  

२) कब्रस्थानको जमीन को समस्या छ भने अर्को समुदायका लागि सामाजिक काममा प्रयोग हुने सर्तमा सानो हिस्सा दिएर भविष्यमा बारम्बार हुनसक्ने बिबादबाट बच्न सकिन्छ। आफुसंग भएको केहि चिज अरुको हितमा हुन्छ भने हामि मुसलमान पनि दानी हुन जान्नु पर्दछ। दानी हुन इस्लाम धर्मको पनि प्रमुख शिक्षा मध्येको एक हो। 

३) इस्लामिक चाड पर्बमा बढी हो-हल्ला गर्ने चलन हुँदैन तर केहि पछि आविष्कार भएका चाडपर्बमा पनि इस्लाम धर्मका प्रमुख दुई चाड (इद र बकरिद) मा जस्तै शान्त शिष्ट तरिकाले मनाउने कोशिश गरिनु पर्दछ ताकि आफ्नो गतिबिधि बढी भड्काउ र देखावटी नदेखियोस। किनकि इस्लाम धर्मले देखावटी र भड्काउलाई प्रोत्साहन गर्दैन। 

४) नेपालको कानुनले बर्जीत गरेका र अरु समुदाय लाई आपत्तिजनक हुने किसिमका कुनै पनि क्रियाकलाप लुकेर पनि गरिनु हुदैन। यदि कसैले गर्छ भने समाजका अगुवा आफै अघि बढेर त्यसलाई रोक्नु पर्दछ। इस्लाम धर्म आफैले आफु बसेको देशको कानुनको सम्मान गर्न भनेको छ साथै अरु धर्म र संस्कृतिको तरिका र मान्यता लाई सम्मान पुर्बक हेर्न भनेको छ।  

५) तपाइँ आफ्नो धर्म संस्कृति खुलेर मान्नुस अरुलाइ पनि खुलेर मान्न दिनुस र सम्मान र सम्मानित हुन आफु पनि केहिकुरामा सम्झौता गर्नुपर्छ।  कुनै समस्या आइहाले युवा वर्गले भन्दा अलिक अघिल्लो पुस्ताका बुद्धिजिबीको अगुवाईमा निकाशका बाटाहरु खोज्दा बढी उपलब्धिमुकल हुने देखिन्छ। 

६) ठुलो आवाजको अजानको लागि लाउड स्पिकरको प्रयोगमा पनि केहि परिमार्जन गर्न सकिन्छ। त्यसलाई समय र परिस्थिति अनि परिवेश अनुसार बदल्नु कुनै नराम्रो होइन।  जुन कुरा अरुको होइन त्यसलाई जोर जबर्जस्ति थोपर्नु पनि हुदैन। बिबादीत ठाउँमा बढी ध्यान दिनु जरुरि छ।  अजान दिनु इस्लाम धर्म को फर्ज़ (अनिवार्यता) हो तर कत्तिको आवाजमा दिने भन्ने कुरा समय परिवेशमा निर्भर हुन्छ।  

७) बाहिरि संसार मा भैरहेका घटनालाइ बेवास्ता गरेर आफु फरक हुँ भन्ने सोच्नु गलती हुनेछ। एक पटक साम्प्रदायीक खलल भैसके पछि फेरी पछाडी फर्केर सुध्रिएको अहिलेसम्म ठोस उदाहरण पाउन सकिएको छैन। त्यसैले अहिले नै परिस्थति केहि बिग्रेको छैन, अवस्था राम्रो नै छ। अहिले कायम सामाजिक सदभाब र धार्मिक सहिष्णुतालाई अझै मजबुत बनाउन सकिन्छ।   

नेपालका मुसलमान समुदायले यत्ति कुरालाइ ध्यान दिने हो भने जस्ता सुकै विभेदकारी र बिखण्डनकारी शक्तिलाइ पनि घुडा टेकाएर नेपालमा शान्ति अमन चयन कायम रहनेछ। यस्तो भयो भने नेपाललाई शान्ति र अमनचयनको देश भनेर बिश्वसामु चिनाईरहनेछ। इन्शा अल्लाह !! 

लेखक: पाल्पाका स्थायी बासिन्दा हुन, हाल उनि अष्ट्रेलियाको ब्रिसबेनमा छन





Share your thoughts!











Close in 7