सुन कुमारी र चित्र बाग्लेहरु मारेर सुजाता बचाउदै सरकार,  इमान्दारीताको अन्तिम परिक्षणमा गगन थापा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2016 | 05:07:13 PM मा प्रकाशित

laxmi  sunrise bank

 

एकातिर सुन कुमारी मृत्युसंग लड्दै थिइन , अर्कोतिर सुजाता कोइरालाको उपचारको लागि १ करोडको मागले बजार तात्दै थियो। सुनकुमारी रोल्पाकी एक दलित महिला थिइन् यसकारण उनलाई मृत्युको सुरसाले क्वाप्पै निल्यो। तर सुजाता देशकै प्रतिष्ठित खान्दानकी प्रतिष्ठित सदस्य थिइन्। यसकारण उनलाई राज्यले ५० लाखको पोकोले भेट गर्यो, बिना विल, बिना भरपाई ।

सुजाताको हैसियत के हो ? यतातिर नजाउँ। अनि बिरामी छन् यसकारण सहयोगको याचना गरिन। यसलाई अन्यथा पनि नमानौं। सवाल हो जहाँ राज्यको आखाँमा देशका दुई नागरिक समान हुने कि नहुने ? भन्ने। भानिन्छ,प्रजातन्त्रमा सामाजिक कल्याणलाइ महत्त्वपूर्ण मानिन्छ। यदि यसो हो भने सुन कुमारीले उपचार नपाएर मृत्यु वरण गर्नुपर्न अवस्था सृजना हुँदा राज्यको प्रजातन्त्र र सामाजिक कल्याण कहाँ थियो ? के सामाजिक कल्याण हैसियत वालाको लागी मात्रै हो ? वा के राष्ट्र सुजाताहरुको लागि मात्रै हो ? सुन कुमारीहरु अब यसै गरि मरिरहनु नै प्रजातन्त्र हो ?

किनभने सबैलाई थाहा छ, गाउँ गाउँ पुगेर ग्रामिण जनताको उपचार गर्ने डा. चित्र वाग्लेको क्यान्सर उपचारका लागि सहयोग गर्न सरकारसंग पैसा थिएन ।

सवाल सत्ता र जिम्मेवारी बाहिर छंदा मिठा भाषण गर्ने अनि जिम्मेवारी पाएपछि ढलेको सिन्को समेत ठडाउन नसक्ने देशका युवा भनिने नेताहरु प्रति लक्षित भएको छ। सुजाता प्रकरणमा यो प्रष्ट देखिएको छ। स्वाथ्यमन्त्रीको जिम्मेवारी पाएका युवा नेता गगन थापाको चरित्रमा। हो , प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीको निर्णय नै अन्तिम हुन्छ। यसमा कसैले बिमति राख्ने ठाउँ रहदैन। यदी साँचै गगन थापाले यो प्रकरणमा बिमति राखेकै हुन् भने उनले छाति फुलाएर राजिनामा दिएर बाहिर आउनु पर्छ। होइन भने जुन बिषयमा प्रधानमन्त्री र मन्त्रिपरिषद्को निर्णयसंग सार्वजनिक असहमति जनाई सकेपछी फेरी टांग मुनि पुच्छर  लुकाएर सोहि मन्त्रिपरिषदमा बस्नु थापा जस्ता आफुलाई लाई नैतिकवान ठान्ने नेतालाई सुहाउदैन।

यदि थापा साच्चै चरित्रवान हुन् भने उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री बिमलेन्द्र निधिलाई दोष लगाएर आफु पानि माथिको ओभानो बन्न सुहाउदैन। सामान्य नागरिकले पनि बुझ्ने बिषय के हो भने मन्त्रिपरिषद्का एजेन्डामा हरेक मन्त्री 'वाकिफ' रहन्छ। यस्तो घाम जस्तो छर्लंग बिषयमा मलाई जानकारी थिएन भन्नु सूर्यलाई घामले छेक्नु जस्तै सफेद झुठ हो।

अहिले जसरी सुजाता माथि चौतर्फी आक्रमण भैरहेको छ यो सिधासिधा थापालाई जोगाएर सुजातालाई नङगाउने कोणबाट अभिप्रेरित देखिन्छ। हुन् त यसप्रकरण सुजाता पनि कम दोषी छैनन् त्यसभन्दा धेरै गुणा दोषी दाहाल, निधी र थापाहरु छन्। किनभने सबैलाई थाहा छ, गाउँ गाउँ पुगेर ग्रामिण जनताको उपचार गर्ने डा. चित्र वाग्लेको क्यान्सर उपचारका लागि सहयोग गर्न सरकारसंग पैसा थिएन ।

सुन कुमारी श्रीमानको कुटाइले मृत्यु वरण गर्दा सरकार त्यहाँ पुग्दैन तर त्यहि सरकार सुजातालाई भने प्रस्तावित निर्देशिका समेत पन्साएर सहयोगको निर्णय गर्छ। सर्वसाधारण जनता दाहाल र निधीको नैतिकतामा खुब वाकिफ छन् । त्यसैले बोल्न जरुरत ठान्दैनन् तर थापाको नैतिकताको भने खुब ध्यान दृष्टि लगाएर हेर्दै छन्। निर्णय थापा महोदयको आफ्नै।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved