बदनाम सुमनको पत्रकारिताको कि कन्चनको आँशुको ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2016 | 02:52:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नाम होस् बदनाम होस तर गुमनाम नहोस यो सर्वप्रिय उक्ती हो । अहिले सुमन खरेलको नाम, कन्चन रेग्मीको बिलौना अनि कन्चनका परिवारको चर्चा, बदनामी र आलोचना सबै भइरहेको छ । अग्रज पत्रकार सुमन खरेलको स्वर यतिबेला विवाद र चर्चाका कारण एकाएक भाइरल बनेको छ । जतिबेलादेखी रेडियोमा समाचार सुन्न थालियो त्यतिबेलादेखी नै  हुनुपर्छ विविसी नेपाली सेवामा स्वागत छ, अव सुमन खरेलबाट  समाचार सुन्नुहोस भन्ने वाक्याशं सुन्न थालिएको । विविसी नेपाली सेवाका लोकप्रिय पत्रकार, अग्रज , जिम्मेवार व्यक्ति उनै खरेलले गत विहिबार कान्तिपुर टेलिभिजनमा प्रस्तुत गरेको कार्यक्रम सुमनसँग हेरेर नरासाउने आँखा सायद कमै थिए होला । यतिहदसम्म पनि गर्दा रहेछन छोरा र श्रीमानले त्यो पनि शिक्षित महिलामाथि भन्ने अनुभूति नभएको होइन तर पनि कताकता शंकाका विऊहरु पनि उब्जिए मनमा । 

यमुना अर्याल

विएसम्म  पढेको मान्छे, पेसाले नर्स भएकी , अहिलेका चर्चित डाक्टर भोला रिजालसँग चार वर्षसम्म काम गरेको शिक्षित मान्छे श्रीमानले फोहोरको डंगुरमा ल्याएर मिल्काउँदा सहजै मिल्किने केही गर्न नसक्ने, कहीँ उजुर गर्न नसक्ने अनि सातवर्षसम्म सडकको वास भोग्नुपर्ने कतै नमिलेजस्तो पनि लाग्यो कहानी । होला गल्ती कमजोरी जोसुकैबाट पनि हुन्छ त्यो सायद कन्चन रेग्मीको तर्फबाट हुनै नसक्ने फगत उनका श्रीमानले मात्र एकोहोरो अपराध गरेको भन्ने कुरामा पनि शंका लाग्यो । कन्चनले जति बिलौना पोख्थिन हेर्ने हामीहरुका आँखा रसाउँथे, जे भएपनि श्रीमती हुन यतिहदसम्म श्रीमानले नगरेको भए हुन्थ्यो, कस्तो पापी लोग्ने रहेछ श्रीमतीलाइ यस्तो अपराध गर्ने, अझ सातवर्षसम्म फोहोरको थुप्रोमा कठिन जिवन विताएकी आमाको सामु टक्सन गाडीमा हुँइकिने छोरालाइ ए बाबु भनेर बोलाउँदा बाइबाइ गर्दै हिडे बोलेनन भनेको सुन्दा ति छोरालाइ नथुक्ने कुनै मुख भएनन होला । सबैले श्राप दिए कुन जुनीमा तरौला तिमी छोराहरु, आमालाइ यतिसम्म गर्ने थुइक्क कुपुत्र नै रहेछन नी यस्त दुत्कारेका शब्दहरु धेरै सुनियो , यस्त छोरा जन्माउनुभन्दा त बाँझै बस्नु वेष भन्नेसम्मका आवाज सुनिए । 

विहिबार रातीको कार्यक्रम भएकोले पनि कन्चनका बारेमा धेरैको सहानुभुती बाहेक केही अर्थोक सामाजिक संजालमा देखिएन पढिएन पनि । सबैले कन्चनप्रति सहानुुभुती राखे र उनका परिवारका सदस्यलाइ गाली मात्रै गरे । शनिबार एकाएक कन्चनमा यो हालतमा पुराउने श्रीमान र पापी दुइ छोराको तस्विर यही हो , सरकारी जागिर खाने कन्चनको श्रीमानलाइ जागिरबाट ब्रखास्त गर भन्दै तथानाम गालीगलौचका शब्दसहित हजारौले रेग्मी परिवारको फोटो शेयर गरे । मोहन रेग्मी रहेछन कन्चनका श्रीमान जो खानेपानी संस्थाका इन्जिनियर उनले आफुलाइ गरेका गाली गलौज अझँ कतिपयले त हार्दिक श्रदान्जलीसम्म लेख्न भ्याएका रहेछन उनीहरुला शालिन तरिकाले जवाफ फर्काएका थिए । 


कार्यक्रम प्रस्तोता सुमन खरेललापनि आग्रह गरेको पाइयो भने एकतर्फी कुरा गरेर मात्रै धारणा नबनाउन र आफ्ना दुइ छोरालाइ यो घटनामा नमुछ्न आग्रह गरेका थिए । सत्य कुरा के हो एकदिन पक्कै बाहिर आउने छ । कन्चनले निकै मिठो स्वरमा कविता फुराइन कार्यक्रममा , आज त्यो कविता पनि कोही अर्कैको रचना हो जुन उनले आफ्नो रचना हो भनिन भन्दै चोरीको आरोप समेत लगाइयो । उनको नामपनि कन्चन नभइ रमा हो भन्ने कुरा पनि बाहिर आएको छ । आइतबार त झुट कतै कन्चन पो हुन कि भन्ने सम्मको आभाष मिल्ने टिकाटिप्पणीहरु सुन्नमा आएका छन सत्यता पक्कै खुल्दै जाला र जानुपर्छ पनि । 

यदि कन्चनका श्रीमानप्रति गरिएका सद्भावका शब्दहरु सही रहेछन र गल्ती कन्चनको रहेछ भने उनका श्रीमानले भोगेको मानसिक र सामाजिक यातनाको क्षतिपुर्ति के हुन्छ ? उनलाइ र उनको परिवारका सदस्यलाइ नथुक्ने कोही पनि छैन जो जसले उक्त कार्यक्रम हेरे, पछि बास्तविकता अर्कै रहेछ र परिवारको दोष रहेनछ भने त्यसको बदलामा के प्राप्त हुन्छ ? सुमन खरेल जतिको व्यक्तिले यस्तो विषयमा कार्यक्रम चलाउँदा कम्तिमा एक पटक भएपनि कन्चनका श्रीमानलाइ सोधेको भए वा दुवैजनालाइ सँगै राखेर कार्यक्रम गरेको भए के बिग्रन्थ्यो ? अहिले सबैतिर यही आवाज उठिरहेको छ । 

हाम्रो स्वभावै त्यस्तै छ, जसले मिडियाका आँसु चुहाउँछ त्यो निर्दोष हो , उसले जे भन्छ त्यो सतप्रतिशत सत्य हो उसले जसलाइ आरोप लगाउँछ त्यो पिडककै हो त्यसलाइ कारवाही गर्नैपर्छ तर दोश्रो पक्षको बारेमा कहिल्यै जानकारी राखिदैन । इन्जिनियरकी श्रीमती, इन्जिनियर छोराकी आमा आफैपनि पढेलेखेकी तरपनि यस्तो हालत ........ । एउटी आमा जसले आफुलाइ फोहोरको रक्षानमा मिल्काउने श्रीमान र आमाले बाबु भन्दै बोलाउँदा पनि वास्ता नगरी गाडीमा हुँइकिने सन्तानप्रति कस्तो  अमिट माया दर्शाएकी  ... धन्य रहिछौ आमा टिभी हेर्नेजतिले यसै भनियो ।  आखाबाट बलिन्द्र आशुधारा बगाउँदै श्रीमानप्रति कुनै गुनासो गरिनन  , आफ्ना दुइ छोराको निकै  प्रगती र उन्नतीको कुरा गरिन । आफ्नो रगतको ढिल्काबाट छुट्टिएका दुइछोराको मन कति पत्थर रहेछ धिक्कार यस्ता छोरालाइ सायद सबैले यसै भने । आफुलाइ जन्म दिएकी आमामाथि यतिसम्म नालायक काम गर्ने यि छोरालाइ कुनैपनि सचेत आमाबावुले आफ्नी छोरी बिहे गरेर दिने कष्ट नगरुन सम्म भनेको सुनियो । 


बदमासी कन्चन हुन कि उनका श्रीमान हुन ? अहिले यो प्रश्न बडो अनुतरित छ । कन्चनका श्रीमानलाइ जान्नेबुझ्नेहरु कन्चन आफै बदमास हुन, कन्चनका श्रीमानले कन्चनकै कारण आत्महत्या सम्म गर्न आँटेका थिए, कन्चनसँग उहिल्यै सम्बन्ध विच्छेद भइसकेको थियो भन्ने कुरापनि बाहिर आएको छ सत्य के हो खुल्दै जाला तर मिडियाले कन्चनलाइ पुरै निर्दोष उनका श्रीमान र छोरालाइ समाजमा मुख देखाउन नि नसक्ने हालतमा पुराइदियो । इन्जिनियर जस्तो व्यक्ति , पढेलेखेको शिक्षित श्रीमतीमाथि राजधानीमै यतीसम्म घृणित कार्य गर्न पछि पर्दारहेनछन भने अरुको के कुरा गर्ने भन्नेहरुपनि छन । कन्चनले पनि श्रीमानप्रति  कुनै गुनासो गरेकी छैनन, तर आफुँग हैसियत नमिलेको आफु रुपवती नभएको यति कारणले १९  वर्षसम्म श्रीमती मानेकी दुइ छोराकी आमालाइ एउटा छोरा स्कुल अर्को क्याम्पस गएको बेलामा फोहोरको थुप्रोमा ल्याएर फाले भनेकी छन । कन्चनका श्रीमानलाइ बुझ्नेहरु श्रीमानले कमाउने कन्चनले जाँडरक्सीमा उडाउने गर्थिन भन्छन । केही न केही कहीँ न कही कन्चनको पनि कमजोरी छ नत्र यतिधेरै कुरा बाहिर आउने पक्कै थिएनन । 

आज विहान ११ बजे हरिहरभवन जाँदै थिए, सडकको किनारामा एउटी पचास  वर्षजतिकी आमा कपाल फिजाएर, खाली खुट्टा विलौना गर्दै रुँदै थिइन । यसो लवाइ हेर्दा मानसिक असन्तुलन भएकी हुन कि जस्तो लाग्यो तर पनि कुरा सद्धे गरीरहेकी थिइन । ए पापी मलाइ त्यो घरमा बस्न दिदैनस्, पख तलाइ पुलिस लाएर मार्छु , आजपनि मलाइ केके भनिस पख ...यस्तै गाली गर्दै धारे हात लगाउँदै रुँदै थिइन । एकैछिन उभिएर उनको चर्तिकला हेरेँ अनि नजिकै गएर सोँधे, के भयो आमा ? कस्लाइ गाली गर्दै रुनुभएको ? उनी केही मत्थर भइन, मेरो लोग्ने भनौदोले रातदिन कुट्छ, खान दिदैन बाँच्न नदिने भयो यहाँ पुलिस थाना कहाँ छ त्यहा गएर उजुर गर्छु र त्यसलाइ थानामा  जाकिदिन्छु .. । उनले यसो भन्दाभन्दै चुरोट तान्दै एकजना लोग्नेमान्छे आए , ए तँ अझै घर गएकी छैनस् ? घरमा भात पस्किएको सेलाएर हिऊँजस्तै भइसक्यो , मलाइ काममा जान हतार भो छिटो हिड् भन्दै कपालमा तान्दै घिसारे उनि अघि रुनेका महिलाका श्रीमान रहेछन । श्रीमानलाइ सोध्दा थाहा भयो , श्रीमान दिनभरी बदाम बेच्न हड्दा रहेछन त्यही पैसा कुम्लाएर श्रीमती रक्सी खाने बाहिरबाहिर बस्ने, श्रीमानलाइ तथानाम गालीगर्ने, छोराछोरीको मतलव नगर्ने रहिछन । आखिर आँसु चुहाएका कारण अघि निर्दोष ठहरिएकी श्रीमती वास्तवमा आफै बदमास रहिछन जुन कुरा उनका श्रीमान साक्षाी भएपछि थाहा भयो । यस्ता पात्रहरु समाजमा धेरै छन , यसर्थ मिडियावाजीको लागि मात्रै नभइ बास्तविक कुरा औलाउनको लागि पत्रकारिता गर्ने परिपाटी बसाल्ने हो कि ? भावनात्मक पत्रकारिता केवल प्रचारकारिता मात्रै हुन्छ यसर्थ, सत्यतामा आधारित रहेर अघि बढ्ने हो कि ? 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved