भारु प्रतिबन्धले समस्या उत्पन्न गरे सरकार नै जवाफदेही हुनुपर्छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2016 | 03:10:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कार्तिक २३ गते  भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले निकै अनपेच्छित तर महत्वपुर्ण निणर्यको घोषणा गरे । मोदीले ५ सय १ हजार दरका नोटमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि त्यसले भारतमा मात्र हैन, नेपालसहित भारु मुद्रा चल्ने दक्षिण एशियाली देशहरुमा समेत तरंग ल्याएको छ ।

भारुको असर भने भारत र नेपालका भारतीय सिमामा बढी देखिएको छ । नेपालमा नोटको व्यवस्थापन र नियन्त्रण गर्दै आएको नेपाल राष्ट्र बैकले भारतीय मुद्रामा प्रतिबन्ध लगाएको दुई साता बित्न लागि सक्दा पनि कुनै ठोस कदम चाल्न सकेको छैन ।

बिपि पोख्रेल

साढे दुई बर्ष अघि भारतीय लोक सभा चुनावमा नरेन्द्र मोदीले देश बिदेशमा रहेको कालोधन बाहिर ल्याउने र कारबाही गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्री बनेपछि कालोधनबारे छानविन गर्न सर्बोच्च अदालतका पुर्व न्यायाधिशको संयोजकत्वमा समिति समेत गठन गरेका थिए ।

तर, दुईवर्षसम्म कालोधन नियन्त्रण गर्ने मोदीको वाचा कता पुग्यो भन्दै भारतमा आलोचन बढेको थियो । भारतीय प्रधानमन्त्री मोदीले कार्तिक २३ गते मंगलबार सांझ कालोधन नियन्त्रणबारे गम्भीर घोषणा गरेर सबैलाई स्ट्राइक गर्दिए । त्यसो त नेपालमा २०७१ अघिसम्म भारु नोट ५ सय १ हजार दरका नोट प्रतिबन्धित थियो । भारतीय ५ सय १ हजार दरका नोट प्रतिबन्धित हुँदा नेपाल र भा्रत बीचको व्यापार आदान प्रदान तथा यात्रामा असहजता भएको भन्दै नेपाल राष्ट्र बैकले प्रतिबन्ध हटाउन भारत सरकारसंग हारगुहार ग¥यो ।

सुरुमा नेपाली आग्रहलाई वेवस्ता गरेको भारतले सार्क सम्मेलनमा भरतीय प्रधानमन्त्री नरेन्द्रमोदी नेपाल आएको बेला प्रतिबन्ध हटाएको घोषणा ग¥यो । त्यसपछि नेपालमा पनि भारतीय ५ सय र हजार दरका नोट एक पटकमा एक जनाले २५ हजार रुपियाँसम्म बोक्न पाउने गरि फुकुवा गरियो ।

२५ हजार रुपियाँ सम्मको सीमा तोकिए पनि त्यसपछिको समयमा खुल्ला सीमाना तथा अवैध बाटोबाट सक्कली तथा नक्कलि नोटको कारोबार निकै तिब्र भयो । कुल व्यापारको आधा हिस्सा कारोबार भारतसंग गर्ने नेपालमा भारतीय नोट छ्यापछ्याप्ती हुनु अस्वभाविक थिएन । मात्रै आवश्यक थियो त त्यसको नियन्त्रणको ।

प्रतिबिन्ध नोटलाई फुकुवा गर्न गुहार माग्ने नेपाल राष्ट्र बैकलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र हजारका भारु अवैध घोषणा गरिदिएपछि अहिले त्यहि भारतीय नोट गलापासो बनेको छ र भनिरहेको छ २५ हजार भन्दा बढी भारतीय नोट कसैसंग छ भने नेपाल राष्ट्र बैकले केहि गर्न सक्दैन ।

 नेपाली संग आवश्यक नभएको नोट लाई कारोबार गर्न फुकुवा गरिदिने अनि तोकिएको सीमा भन्दा बढी बोक्नेलाई नियन्त्रण गर्न नसक्ने राष्ट्र बैकले सर्वसाधारणलाई प्रतिबन्ध लगेको दुई साता बित्न लागी सक्दा पनि ठोस उत्तर दिन सकेको छैन । भनिरेहको छ समाधान खोजिरहेका छौ पहल गरिरहेका छौ । भारतले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा के गर्ने कसो गर्ने भन्नेमा नागरिकहरुमा देखिएको अन्यौल कायमै छ ।नेपालमा बैधानिक रुपमै पनि साढे ३ करोड भन्दा बढी भारु रहेको राष्ट्र बैक बताउछ ।

त्यो भन्दा बढी अबैध नोट कति होलान् ? भारतीय मुद्रामा सजिलै कारोबार हुने र भारतमा काम गर्न जानेहरुले ल्याउने रकम पनि भारुमै हुने भएका कारण नेपालमा पनि धेरै भारतीय नोट रहेको अनुमान गर्न सकिन्छ । आम, सर्वसाधारणदेखि व्यापारी र कालो धन लुकाउनेहरुले पनि नेपालमा भारु राखेकै छन् । सीमा नाकाहरुमा अहिले दिनहु भारु सटहीको कालोबजारी धन्दा चलिरहेको छ । भारतमा काम गरेर फर्केने नेपालीहरु चर्को मुल्य तिरेर भारतीय ५ सय हजारका नोट सटही गर्न बाध्य भइरहेका छन् ।

 भारतले ५ सय र हजार दरका नोटमा लगाएको प्रतिबन्धले सीमा क्षेत्रको व्यापार ठप्प छ । आयात निर्यातमा पनि नराम्रो असर पु¥याएको छ । त्यसो त र भारतीय नोटमा प्रतिबन्ध लागेपछि राष्ट्र बैक मात्रै होइन, सडक सदन र सरकार समेतलाई त्यसको रापतापले छोएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्रीलाई टेलिफोन गरेर भारु नोटमा लागेको प्रतिबन्धको असर बारे कुरा गरेका छन् । अर्थमन्त्री र गभर्नर पनि निरन्तर संवादमा छन् । तर परिणमा आउने गरि कुनै काम भने भएको छैन ।

यस्तै व्यावस्थापिक संसद अन्र्तगतको अर्थसमितीले पनि भारु सटहीको अवस्था प्रति सरकारलाई गम्भिर बन्न र कुटनीतक पहलको माध्यमबाट भारु नोट सटहिको व्यावस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिबन्ध लगाएको एक साता पछि  भारतले नोट सटहि कति र कसरी गर्ने भन्ने बारेमा बल्ल समिति गठन गरेको छ जुन सकारात्मक कदम हो । तर समितीले कहिले र कसरी काम गर्छ भन्ने बारे टुङ्गो लागेको छैन । भारतीय नोट प्रतिबन्धित भए पछिको हरेक अवस्थाको जिम्मेवार र जवाफदेही सरकार हुनुपर्छ । किनभने आफ्नै देशको नोटलाई चलनचल्तीमा बढी उपयोग गर्नुपर्नेमा प्रतिबन्ध लागेको भारतीय नोटलाई नोटलाई फुकुवा गराउन भारत सरकारसंग शरण पर्ने काम नेपाल सरकारले गरेको थियो । त्यसैको परिणाम अहिले आम नेपालीले भोग्नु परिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved