गोबिन्द केसी, अनसन भो बेसी 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 24, 2016 | 03:30:43 PM मा प्रकाशित

laxmi  sunrise bank

आदरणीय अनसनरत डाक्टर गोविन्द केसी,

तपाइलाइ सादर अनुरोध गर्न चाहन्छु अव एघार पटकको अनसन नबस्नुहोस, बस्न नपरोस । अनसन बस्दैमा केही हुने रहेनछ भन्ने कुरा तपाइलाइ  यस अघिकै अनसनका फेहरिस्तले उजागर गरिसकेका छन तैपनि किन फेरि उही कर्म दोहोराउनुभयो बडो अचम्म लागिरहेको छ ।

तपाइ जनजनको डाक्टर मनमनको डाक्टर तपाइको ख्याती र सदासयता सबै जनताले बुझेका छन , तपाइलाइ चिनेका छन तपाइको कर्मलाइ सलाम गरेका छन । तपाइले अनसन बस्दा देशमा उथलपुथल हुने भए हामीपनि साथमा अनसन बस्ने थियौँ तर यो हाम्रो सरकार हो, अहिले माग पुरा गर्छौ भन्छ एकछिन पछि बिर्सन्छ । यस्तो भुलक्कड सरकारको कुरा पत्यार  माग पुरा भएनन भनेर कतिपटक ज्यानको रगत सुकाउनुहुन्छ ?तपाइको पक्षमा केही कित्ताका व्यक्ति बाहेक सबैको ऐक्यवद्धता छ तर अनसन नवस्नुस । 

यमुना अर्याल


तपाइ  अनसनमा बसेको अहिलेसम्म दश पटक भइसक्यो । विश्वमै यस्ता दुर्लभ रेकर्ड होलान जहाँ एक जना व्यक्ति केही माग लिएर अनसनमा बस्छन सरकारले वार्ता टोली बनाउँछ, वार्ता गर्छ अनसनकारीले आफ्नो अनसन तोड्छन त्यो कार्यान्वन हुँदैन फेरि अनसनको क्रम, वार्ताको क्रम चलिरहन्छ । अव गोवन्द केसीले असफल अनसनको रेकर्ड गिनिज बुकमा दर्ता गराउन मात्र बाँकी छ त्यो भन्दा बाँकै छैन भन्दा पनि हुन्छ ।

अव मेरो अनसन अन्तिम हो भोकै बसेर होइन खाएर संघर्ष गर्छु भन्ने प्रण गर्नुस न डाक्टर साब । तपाइ भोकै सुक्दै माग पुरा होस भन्ने चाहनुहुन्छ तपाइलाइ नजिबकाट चिन्नेहरु कोही एकजना पनि भोकै बस्न सक्दैनन कारण के हो ? तपाइलाइ मुखले साथ दिने  हुन व्यवहारमा  साथ दिदैनन त्यसैले भोको पेटमा गरेको संघर्ष खोक्रो हुन्छ खाएको पेटमा अघाएको पेटमा गरिएकोे संघर्षमा आँट बल र तागत आउँछ त्यसैले खाएर संघर्ष गरौँ हामी सबै साथमा छौँ । 

डा केसीले  राखेका कतिपय माग जायज छन , राष्ट्रिय  सरोकारका विषय पनि होलान त्यसमा आम जनताले साथ  र सहयोग दिइरहेका छन । तर यो क्रम कहिलेसम्म चलिरहने ? अनसनको काम पनि अव त बच्चालाइ खान खान्छस कि चिसो पानीेले नुहाइदिऊ भन्दा खान्छु खान्छु भन्दै डरले खाना खुवाएको जस्तो भयो ।

केसीले 'सरकार फलानो काम गर्छ कि गर्दैन' भन्ने , सरकारले गर्छु  भन्ने तर  सरकारले गर्ने छाँट नदेखाएपछि ल मैले उठाएको माग पुरा नगर्ने भए अनसनमा बस्दिन्छु भन्ने खालको संस्कार विकास भयो यो दुखद पक्ष हो ।

 हुँदाहुँदा अहिले बच्चाले पनि आमा बालाइ थर्काउन थालिसके, मैले भनेको चिज किन्दिने कि नकिन्ने ? बाआमाले अहिले नकिन्ने भनेपछि बच्चा बाँउठिन थाल्छ, ए नकिन्ने होइन त ? उसो भए म आज खाना खान्न भोकै बस्छ । बच्चालाइ पनि भोकै बसेपछि जसरी पनि आफुले भनेको चिज प्राप्त हुन्छ भन्ने आँट आउन लागिसक्यो । यो संस्कारको अन्त्य गरौँ डाक्टर साब । 

गोविन्द केसी अनसनमा बस्दा उनको स्वास्थ्य दशौँ पटकसम्म नाजुक भइसक्यो, कि त सरकारले स्पष्ट भन्न पर्यो कोही अनसनमा बसेको भरमा सरकारले केही गर्नेवाला छैन भनेर होइन भने पटकपटक अनसनमा बस्न बाध्य गराउने माग पुरा गर्ने बाचा गर्ने अनि फेरि मागमा आलटाल गर्ने अनि अनसन बस्न बाध्य बनाउने ।

यो दोहोरी कहिलेसम्म चल्छ सरकार? नयाँ युवा स्वाथ्यमन्त्री आएपछि त केसीलाइ अनसनमा बस्न बाध्य पार्दिन भन्थे उनको यो तोलाको बचन पनि खोलामै गयो खै त डाक्टर साब फेरि अनसनमा बसिरहेका छन । पटक पटक यस्ता अस्पतालमा विरामीको चाँप हुने संवेदनशील स्थानमा एकजना अनसनमा बस्दा त्यसको मार आम नागरिकमा कति पर्छ भन्ने कुराको हेक्का न त गोविन्द केसीले राखे न त उनले माग पुरा गराइदिन्छ भन्ने बचन पाएका सरकारका पदाधिकारीले नै पाए । अनसन बस्ने र बसाउन बाध्य पार्नेको मिचाइमा आम नागरिक परेका छन । 

केसीका माग पुरा नभए अस्पतालमा सेवा बन्द हुन्छन, डाक्टरहरु सेतो बर्दीमा आन्दोलनको मोर्चा सम्हाल्दै सडकमा निस्कन्छन तर विमारले थला परेका नागरिकहरु आन्दोलनको मोर्चा नियालेर बस्नुपर्छ । डाक्टर साब तपाइका माग जायज छन हामी पनि समर्थन गर्छौ तर तपाइले आफ्ना माग परा गराउनको लागि कतिपटकसम्म आफ्नो ज्यानलाइ सास्ती दिनुहुन्छ ?

तपाइलाइ दश पटकसम्म अनसन बस्दा थाहा भइसक्यो, सरकारले आश्वासन देखाउँछन माग पुरा गर्दैन भन्ने कुरा तर पनि यही कुुरा किन दोहोराइरहनुु भएको छ ? तपाइको समर्थनमा जति नागरिक छन तपाइकै सहकर्मीहरु त्यसको विरोधमा पनि उत्रिएका छन त्यसको हेक्का राख्नुस् आफ्नो ज्यान बेकारमा नसुकाउनुस् । 

अनसन बसेर आफुले भनेको पुरा हुने भए यहाँ जोपनि अनसन बस्ने थिए । सरकारले भ्रष्टचारीलाइ नाँगेझार पार्छ, नेतालाइ राज्यको ढुकुटीबाट अरवौको ढुकुटी स्वाहा पार्दैन, विकास निमार्णका काममा राजनीतिकरण हुँदैन, सरकारी विद्यालयको गुणस्तर सुध्रिन्छ, सरकारी अस्पतालको हालत सुध्रिन्छ, दुर्गम भेगका नागरिक सिटामोल नपाएर मर्नुपर्ने अवस्था आउँदैन यसको ग्यारेन्टी हुन्छ भने जोपनि अनसन बस्छ  । तर सरकार नारामा हुन्छ गर्छु भइहाल्छ भन्छ व्यवहारमा भोलीवाद जिन्दाबाद हो सबैलाइ थाहा छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved