सेयर बजारमा बिकसित पछिल्लो परिस्थिति र बजार सुधारमा तत्काल गरिनु पर्ने ५ कुराबारेको बहस  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2016 | 12:05:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ तथा पुरानै लगानीकर्तालाई पनि शेयरबजार बारे विभिन्न चासोहरु हुन्छ । अझ अहिले बजारमा तिब्र उतारचढाव भईरहेको बेला उनीहरुको चासो झन् बढी हुन्छ। सोहि अनुसार सेयर बजारमा प्रवेश गर्न चाहने र प्रवेश गरिसकेका र सेयर बजारबारे थप ज्ञान आर्जन राख्न चाहने गानीकर्ताहरुलाई मध्यनजर गरि परिक्षणका रुपमा हामीले नयाँ स्तम्भ सुरु गरेका छौं।

यस स्तम्भमा हामीले सेयर बजारसंग सम्बन्धित विशिष्ठ व्यक्ति, लगानीकर्ता, विश्लेषक, लेखक लगायतका व्यक्तिहरुबाट विभिन्न बिषयमा राय लिई समयसन्दर्भ अनुसार उहाँहरुको विचार प्रकाशित गर्छौ । यसै प्रयास अनुसार आज हामीले 'सेयर बजारमा बिकसित पछिल्लो परिस्थिति र बजार सुधारमा तत्काल गरिनु पर्ने ५ कुरा'  बारे लगानीकर्ता तथा विश्लेषकहरुबाट राय संकलन गरेका छौ।

हाम्रो उदेश्य विश्लेषकहरुले दिनुभएको जाहेज सुझावलाई नियामक निकायले कार्यन्वयन गर्दै बजार सुधारको पथमा अघि बढोस भन्ने हो  । 


'सेयर बजारमा बिकसित पछिल्लो परिस्थिति मनोवैज्ञानिक त्रास बाहेक अरु केहि हैन'- ज्योति दाहाल 

सेयर बजारमा बिकसित पछिल्लो परिस्थिति मनोवैज्ञानिक त्रास बाहेक अरु केहि हैन | नेपालको शेयरबजारमा वास्तविक क्षेत्रका कम्पनीको उपस्थिति अत्यन्त न्यून रहेकोले शेयरबजारमा यस्ता कम्पनीले पार्नसक्ने प्रभाव छैन | बैंक र विमाको बाहुल्यता बढी भएकोले शेयरबजार क्र्याश ....विस्तृतमा

 

'सेयर बजारमा बिकसित पछिल्लो परिस्थितिको कारण लगानीकर्ताको अस्वाभाविक मनोविज्ञान'  -रोशन पोखरेल

विगत केही समय देखी शेयरबजारमा देखिएको लगातारको डाउनफल लाई लिएर आम लगानीकर्तामा अन्योल छाएको देखिन्छ । त्यसै पनि नेपाली शेयरबजार भोलाटाइल  प्रकृतिको मानिन्छ । यसले न्यूनतम परिपक्वता पनि हाँसिल गर्न सकेको छैन । आम लगानीकर्तामा बिनाकारण.......विस्तृतमा


'इन्साइड ट्रेडिङ र सूचना चुहावटले नयाँ तथा साधारण लगानीकर्तामा बजारप्रति आशंका '-रामु खनाल 

सेयर बजारमा बिकसित पछिल्लो परिस्थितिमा डिम्याट खाताले गर्दा लगानी कर्तालाई सहजता प्रदान गरेको छ भने ब्रोकर कमिसनमा कटौतीका कारण राहत मिलेको छ। बजार सुधारका लागि प्रविधि तर्फ केहि सुधार भएका र हुने क्रममा रहेको अवस्था छ यद्दपी इनसाइड.......विस्तृतमा

'सेयर बजारमा प्रसस्त सम्भावना बोकेर प्रवेश गर्ने नयाँ लगानीकर्ताका लागि यो समय उपयुक्त' - राजन लम्साल 

वर्तमान शेयर बजार केही उतारचढाबका बाबजुद परिपक्क हुँदै गएको छ । प्रसस्त सम्भावनाहरू देख्ने लगानीकर्ताहरूको प्रवेश यो समय अत्याधिक मात्रामा भएको छ । यो सँगै कारोबारमा सिडिएस् प्रणली लागू भए पछि कारोबार गर्न धेरै हदसम्म सजिलो भएको छ । बजार केही हदसम्म बढ्ने र घट्ने प्राकृतिक नियम नै हो । बजारको आकार हाल धेरै ठुलो भई....विस्तृतमा

'बढ्दो अस्वाभाविक चलखेलले नयाँ लगानीकर्ता मारमा'  -दुर्गाप्रसाद काफ्ले 

अहिलेको सेयर बजारको अवस्था सामान्य जस्तो लाग्छ किनभने सेयर बजारमा नेप्से इन्डेक्स घटबढ हुने कुरा सामान्य हो तर नेपालको पुंजी बजारमा अस्वाभाविक चलखेल अलि बढी नै हुने गरेको पाइएको छ। नेपालको सेयर बजार यो अवस्था बनाउन....विस्तृतमा

हामीले यो स्तम्भलाई जारी राख्दै  सेयर बजारसंग सम्बन्धित विशिष्ठ व्यक्ति, लगानीकर्ता, विश्लेषक, लेखक लगायतका व्यक्तिहरुको तर्क प्रस्तुत गर्दै जानेछौ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved