'सेयर बजारमा बिकसित पछिल्लो परिस्थितिको कारण लगानीकर्ताको अस्वाभाविक मनोविज्ञान'  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2016 | 12:28:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ तथा पुरानै लगानीकर्तालाई पनि शेयरबजार बारे विभिन्न चासोहरु हुन्छ । अझ अहिले बजारमा तिब्र उतारचढाव भईरहेको बेला उनीहरुको चासो झन् बढी हुन्छ। सोहि अनुसार सेयर बजारमा प्रवेश गर्न चाहने र प्रवेश गरिसकेका र सेयर बजारबारे थप ज्ञान आर्जन राख्न चाहने गानीकर्ताहरुलाई मध्यनजर गरी परिक्षणका रुपमा हामीले नयाँ स्तम्भ सुरु गरेका थियौ।​ प्रस्तुत विचार यहि स्तम्भको एउटा भाग हो ।​  पुरा स्तम्भ पढ्न यहाँ क्लिक गर्नु होला ।​  

विगत केही समय देखी शेयरबजारमा देखिएको लगातारको डाउनफल लाई लिएर आम लगानीकर्तामा अन्योल छाएको देखिन्छ । त्यसै पनि नेपाली शेयरबजार भोलाटाइल  प्रकृतिको मानिन्छ । यसले न्यूनतम परिपक्वता पनि हाँसिल गर्न सकेको छैन । आम लगानीकर्तामा बिनाकारण अति उत्साही हुने र स–सानो कारण मा नै अति निराश हुने मनोविज्ञान देखिन्छ । बजार न त सधैं बढिरहन्छ न नै सधैं घटी रहन्छ । यो सानो तथ्यलाई लगानीकर्ताहरु मान्न तयार देखिन्नन । यस्तै लगानीकर्ताको कारण बजारले आफ्नो स्वभाविक गति गुमाउँन पुग्छ । हाल देखिएको डाउनफल मा पनि धेरथोर यही तथ्य जिम्मेवार देखिन्छ । 

धेरै पटक चर्चा भइसकेको छ । शेयर बजार अर्धैय र कमजोर लगानीकर्ताको लागि हुदै होइन । यस्ता लगानीकर्ताको लागि अन्य धेरै विकल्पहरु खुल्ला छन् । शेयरबजारको दिशा स्थायी कहिल्यै हुदैन । न त अहिलेको डाउनफल नै स्थायी प्रकृतिको हो । शेयरबजारमा तर्क भन्दा बढि सर्तक काम दिन्छ । त्यसैले किन बढ्यो वा घट्यो भनि विश्लेषण गर्नु भन्दा आफ्नो पोर्टफोलियो  हेरौं अनि सर्तक बनौं । कुशल लगानीकर्ता त्यो हो जसले बुलिस या वियरिस दुबै स्थितीमा अवसर देख्छन । कम्पनीको बित्तिय स्थिती, सुशासनको अवस्था, देशको राजनीतिक आर्थिक स्थिती जस्ता तथ्यांकका साथै तत्कालिन अवस्थामा उपलब्ध सूचना विश्लेषणको आधारमा गरिएको लगानीमा जोखिमको मात्रा न्यून हुन्छ । त्यसैले लगानी गर्दा फण्डामेन्टल लाई सदैव ख्याल गर्नु पर्छ । 

लगानीमा मनोभावनाको कुनै स्थान रहनु हुदैन । यसलाई नियन्त्रणमा राखेर मात्र लगानी गर्नु उचित हुन्छ । यो तथ्य ध्यानमा राख्नु’आवश्यक रहन्छ कि अल्पकालिन लगानी भन्दा दिर्घकालिन लगानी नै श्रेयस्कर हो । कतिपय अवस्थामा अल्पकालिन लगानीलाई दिर्घकालिन लगानीमा परिवर्तन गर्न पनि तयार रहनु’पर्छ । त्यसैले बुझ्नुस, राम्रो कम्पनी छान्नुहोस, लगानी गर्नुहोस अनि चनाखो रहनुस । यसरी हरतरहले सुरक्षित भएर लगानी गर्नु बुद्धिमानी हो ।

अहिलेको डाउनफल लाई सरसर्ती हेर्दा 
१. निक्षेपमा संस्थागत निक्षेपको अनुपात उच्च हुन नहुने निर्देशन तथा तरलतामा कमिको लक्षण देखिए सँगै ब्याजदर बृद्धिको संकेत ।
२. हकप्रद तथा बोनस शेयरको वितरण सँगै बजारमा शेयरको आपूर्ति बढेको तर उत्तिनै मात्रामा नयाँ लगानीकर्ताको अनुपस्थीति । 
३.घर जग्गामा भएको मूल्यबृद्धि सँगै नाफा बुकिङ गरी लगानी डाइभर्ट गर्ने परिपाटी । 
४. नकारात्मक सूचना तथा तथ्यांकको गलत प्रचार प्रसार 
५.राजनीतिक संक्रमण जारी रहनु’तथा विप्रेषणमा आएको कमि । 

यी कारणलाई तत्कालिन कारण मान्न सकिएता पनि आम लगानीकर्तामाझ शेयर बजार प्रति देखिएको विश्वासको संकट नै यसको मूल कारण हो । आम लगानीकर्ताले नेपाली शेयरबजारलाई पूर्णत विश्वास गरेको पाइन्न । ठूला र प्रभावशाली लगानीकर्ताले शेयरबजारलाई प्रत्यक्ष प्रभाव पार्छन भन्ने बुझाई सर्वसाधारण लगानीकर्ता वा बजार प्रति चासो दिने माथि ब्याप्त छ । जुन हाम्रो जस्तो ब्यथिती भएको मूलुकमा नौलो पनि होइन । सर्वसाधारण जनता (लगानीकर्ता हुन वा नहुन)मा बजार प्रति दृढ विश्वास नजगाए सम्म नेपाली शेयरबजारमा लगानीकर्ताको ठाँउ च्याखँे थाप्नेले लिइरहने छन् । अनि बजार यस्तै अस्थिर नै रहने छ । विगतका केही समयमा थोरै सुधार नभएको होइन तर यति मात्र पर्याप्त छैन । 
    
बजारलाई प्रविधियूक्त र पारदर्शी बनाएर मात्र बजार प्रतिको विश्वासलाई मजबुत तुल्याउँन सकिन्छ । बजार जति पारदर्शि र प्रविधिमैत्री बन्दै जान्छ त्यती नै विश्वासको वातावरण बन्दै जानेछ र यो नै आजको मूख्य आवश्यकता पनि हो । 

सेयर बजारको सुधार तथा विकासका लागि तत्काल गरिनुपर्ने ५ कुरा   

  • लगानीकर्ता परिचय वितरण 
  • अनलाइन ट्रेडिङको ब्यवस्था 
  • उत्पादनशिल क्षेत्रलाई बजारमा भित्र्याउनु : हालको ८५ प्रतिशत भन्दा बढि उपस्थिती बैंक वित्तिय क्षेत्र तथा विमा भएको स्थितीमा यि क्षेत्रमा आएको सानो भन्दा सानो तरगंले पनि शेयरबजारमा ठूलै छाल ल्याएको देखिन्छ । जसको फाइदा टाठा बाठाले लिदै आएका छन । राष्ट्र बैंक वा विमा समितीको कर्मचारीसँग फोटो खिचेकै भरमा पनि गोप्य सूचनाको हवाला दिनेको कमि छैन यहाँ । 
  • बैंकहरुलाई ब्रोकर लाइसेन्स : मोफसलबाटको कारोबारलाई सहज तुल्याउँदै दुर दराज सम्म शेयरबजारको उपस्थिती गराउँन पनि बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुको बिकल्प छैन । जसबाट शेयरबजारको उज्वल भविष्य सुनिश्चित गर्नेमा आशावादी हुन सकिन्छ । 


रोशन पोखरेल: स्वतन्त्र लेखक तथा अनुसन्धानकर्ता
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved