'सेयर बजारमा प्रसस्त सम्भावना बोकेर प्रवेश गर्ने नयाँ लगानीकर्ताका लागि यो समय उपयुक्त'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2016 | 01:06:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ तथा पुरानै लगानीकर्तालाई पनि शेयरबजार बारे विभिन्न चासोहरु हुन्छ । अझ अहिले बजारमा तिब्र उतारचढाव भईरहेको बेला उनीहरुको चासो झन् बढी हुन्छ। सोहि अनुसार सेयर बजारमा प्रवेश गर्न चाहने र प्रवेश गरिसकेका र सेयर बजारबारे थप ज्ञान आर्जन राख्न चाहने गानीकर्ताहरुलाई मध्यनजर गरी परिक्षणका रुपमा हामीले नयाँ स्तम्भ सुरु गरेका थियौ।​ प्रस्तुत विचार यहि स्तम्भको एउटा भाग हो ।​  पुरा स्तम्भ पढ्न यहाँ क्लिक गर्नु होला ।​  

शेयर बजार विकसित पछिल्लो परिस्थितिलाई तपाईले कसरी लिनु भएको छ ?
वर्तमान शेयर बजार केही उतारचढाबका बाबजुद परिपक्क हुँदै गएको छ । प्रसस्त सम्भावनाहरू देख्ने लगानीकर्ताहरूको प्रवेश यो समय अत्याधिक मात्रामा भएको छ । यो सँगै कारोबारमा सिडिएस् प्रणली लागू भए पछि कारोबार गर्न धेरै हदसम्म सजिलो भएको छ ।

बजार केही हदसम्म बढ्ने र घट्ने प्राकृतिक नियम नै हो । बजारको आकार हाल धेरै ठुलो भई सकेको र यसलाई अप्राकृतिक चलखेल गरेर परिवर्तन गर्न असम्भव छ । त्यसैले शेयर बजारमा प्रसस्त सम्भावना बोकेर प्रवेश गर्ने नयाँ लगानीकर्ताको उपयुक्त समय हो ।

शेयर बजारको सूधार तथा विकासका लागि तत्काल गरिनु पर्ने कुराहरू ?

  • शेयर बजार विकासको लागि तत्काल अहिले भई रहेको धितोपत्र दलाल व्यवसायीहरूलाई देशका विभिन्न सम्भावित स्थानहरूमा शाखा विस्तार गर्न लगाई बजार विस्तार गर्दै नयाँ स्थानबाट धितोपत्रको नयाँ तथा थप मार्ग सिर्जना गर्नु पर्ने ।
  • पूर्ण स्वचालित प्रणाली (अनलाईन सिस्टम) तथा सीघ्र संचालन गर्नु पर्ने ।
  • एन.आर.एन. तथा विदेशी संस्थागत लगानीकर्ताहरू भित्राउन स्पष्ट नीति नियम चाडो भन्दा चाडो बनाउनु पर्ने ।
  • धितोपत्र दलाल व्यवसायीलाई डिलर तथा नागरिक लगानी कोष लगायत अन्य सरकारी वित्तिय संस्थाहरू (संचयकोष, राष्ट्रिय बीमा कम्पनी, नेपाल टेलिकम) लाई बजार निर्माताको कार्य गर्नको लागि उपयुक्त वातावरण नियमकले सिर्जना गराउने ।
  • हाल बजारमा भई रहेको Inside Trading लाई पूर्ण रुपमा निरुत्साहित गर्ने ।

राजन लम्साल :लगानीकर्ता तथा सदस्य नेपाल इन्भेष्टर फोरम

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved