'बढ्दो अस्वाभाविक चलखेलले नयाँ लगानीकर्ता मारमा'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2016 | 01:29:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ तथा पुरानै लगानीकर्तालाई पनि शेयरबजार बारे विभिन्न चासोहरु हुन्छ । अझ अहिले बजारमा तिब्र उतारचढाव भईरहेको बेला उनीहरुको चासो झन् बढी हुन्छ। सोहि अनुसार सेयर बजारमा प्रवेश गर्न चाहने र प्रवेश गरिसकेका र सेयर बजारबारे थप ज्ञान आर्जन राख्न चाहने गानीकर्ताहरुलाई मध्यनजर गरी परिक्षणका रुपमा हामीले नयाँ स्तम्भ सुरु गरेका थियौ।​ प्रस्तुत विचार यहि स्तम्भको एउटा भाग हो ।​  पुरा स्तम्भ पढ्न यहाँ क्लिक गर्नु होला ।​  

शेयर बजार विकसित पछिल्लो परिस्थितिलाई तपाईले कसरी लिनु भएको छ ?

अहिलेको सेयर बजारको अवस्था सामान्य जस्तो लाग्छ किनभने सेयर बजारमा नेप्से इन्डेक्स घटबढ हुने कुरा सामान्य हो तर नेपालको पुंजी बजारमा अस्वाभाविक चलखेल अलि बढी नै हुने गरेको पाइएको छ। नेपालको सेयर बजार यो अवस्था बनाउनका लागि यी कुराहरुको मुख्य भूमिका छ भन्ने मलाइ लाग्छ। 

कालोधन पुष्टि हुँदा समेत सम्बन्धित निकायबाट छानबिन नहुनु 
पुंजी बजार बढ्छ मात्र भन्ने हल्ला गर्ने तर घट्न पनि सक्छ भन्ने नसोच्नु 
आवश्यक भन्दा बढी नै मिडियाबाजी गर्नु 
नेपालको आर्थिक र राजनैतिक अवस्था प्रतिकुल हुँदा समेत नेप्से बढ्नु (अहिले १५ सय आसपासमा हुनु सामान्य)

शेयर बजारको सूधार तथा विकासका लागि तत्काल गरिनु पर्ने कुराहरू ?

  • कालोधन छानबिन गरिनु पर्ने 
  • नेपाल राष्ट्र बैंक, सेबोंन, नेप्से, ब्रोकर, म्युचुअल फन्ड लगायतका सम्बन्धित निकायले  नियमसंगत रुपमा जिम्मेवारी पुरा गर्नु पर्ने
  • अनलाइन ट्रेडिङ 
  • ब्रोकरको कार्यक्षेत्र बिस्तार गरि देशभर शाखा बिस्तार गर्ने अनुमति दिनु 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved