लोक सेवाको तयारी कसरी गर्ने ? पढ्नुस सरकारका उपसचिवको ६ बुँदे टिप्स  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2016 | 05:50:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा सरकारी जागिरको आकर्षण बढ्दो छ । लोकसेवाले कुनै पनि पदको लागि बिज्ञापन निकाल्दा माग भन्दा सयौ गुणा बढी आवेदन पर्छ । कुनै पदको लागि आबश्यक शैशिक योग्यता एसएलसी हुँदा पनि त्यसमा स्नातककोत्तर डिग्री भएकाले समेत आवेदन दिएको पाइन्छ । लोक सेवामा फारम भर्ने, दस्तुर बुझाउने भीडले पनि सरकारी जागिरमा ठुलो आकर्षण रहेको देखाऊछ । 

तर लोकसेवाको कसरी तयारी गर्ने, कसरी पढ्ने सन्दर्भमा आवेदकहरुसंग पर्याप्त ज्ञान नहुँदा धेरैले सफलता पाउन भने सक्दैनन् । हामीले तिनै आवेदकलाई लक्षित गर्दै हामीले एउटा नयाँ स्तम्भ 'लोक सेवा तयारी' सुरु गरेका छौ । यसमा हामी लोक सेवा पार गरेर सरकारी सेवामा रहेका विभिन्न व्यक्तिहरुको विचार पस्कने छौ । हाम्रो एक मात्र उदेश्य भनेको लोक सेवा तयारी गरिरहेकाहरुलाई सहयोग गर्नु हो ।

गत हप्ता हामीले नेपाल बिद्युत प्राधिकरणमा कार्यरत यमुना अर्यालको अनुभूति: घोकेर होइन घोटेर पढ्दा उत्तम विचार प्रस्तुत गरेका थियौ । आजको स्तम्भमा नेपाल सरकारका उप सचिव लोक नाथ भुषालको विचार । 

 

नेपालको सन्दर्भमा सरकारी जागिरमा प्रवेश गर्नु भनेको चुनौती पूर्ण कार्य नै हो । कूल जनसंख्या ३ करोड हाराहारीमा हुदाँ निजामति कर्मचारीकाृ संख्या करिब ८० हजार मात्र छन । प्रत्येक वर्ष २ हजार देखि ३ हजारको संख्यामा कर्मचारीहरु सेवा निवृत हुन्छन । ती मध्ये हजारको हाराहारीमा श्रेणी विहिन र राजपत्रअनंकित पदहरु हुन्छन । रिक्त पदहरुमा खुला, बढुवा तथा आन्तरिक प्रतियोगितात्मक परिक्षाको माध्यमबाट पदपुर्ति गर्ने गरि लोकसेवा आयोगबाट विज्ञापन गरिने कानुनी व्यवस्था छ ।

लोक नाथ भुषाल


एकातर्फ सिमित संख्यामा कर्मचारी भर्नाकोलागि विज्ञापन गरिन्छ भने विश्वविद्यालयबाट हजारौ संख्याका स्नातकहरु जागिरको पर्खाईमा रहेका हुन्छन । सिमित संख्याको सरकारी पदहरुलाई आफ्नो पोल्टामा भीत्रयाउन निश्चय पनि फरक ढंगबाट तयारी गर्नुपर्छ ।


प्रत्येक व्यक्तिको पढने शैली फरक फरक हुन्छ । यो व्यक्तिको क्षमता, पढने वातावरण आदिले फरक पार्छ । कसरी पढने र तयारी गर्ने भन्ने विषयमा कुनै निश्चित तरिका हुदैन । व्यक्तिले विषयबस्तु बुझ्ने र त्यसलाई उत्तरको रुपमा उतार्ने शैलीले जाचाँमा सफल असफल जाच्ने हाम्रो परिवेशमा निश्चित पनि विषयवस्तुको शैद्धान्तिक र व्यवहारिक ज्ञान हुनु अनिवार्य हुन्छ ।


लोकसेवा आयोगको तयारी गर्नु पूर्व लोकसेवा आयोगले प्रत्यक तह र श्रेणीका लागि छुट्टा छुट्टै पाठ्यक्रमको व्यवस्था गरेको छ । हामीले विश्वविद्यालयमा  पढेको विषय र लोकसेवा आयोगको पाठ्यक्रम बिच खासै तालमेल मिल्दैन (शाखा अधिकृतको तृतिय पद बाहेक) माग गरेको हुन्छ भने विश्वविद्यालयको पाठ्यक्रमले सो माग गदैन तसर्थ लोकसेवा आयोगको तयारी गर्न विश्वविद्यालयको जस्तो सतही पढाईले पुग्दैन । यसका लागि व्यवस्थित तयारी गर्नु पर्ने हुन्छ ।


१.लोकसेवा आयोगको पाठ्यक्रमका सवै विषयहरुको समान महत्व हुने हुदाँ छानरे पढने वानी त्याग्नु पर्छ । पाठ्यक्रममा भएका सवै विषयलाई क्षेत्र गत रुपमा वर्गिकरण गरी त्यसको अध्ययन गर्नु पर्छ ।
२.पढनु पर्ने विषयवस्तुहरु गहन अध्ययन गर्ने । आधिकारीक दस्तावेजहरु पढने जस्तो ऐन कानुनहरु कानुन किताव व्यवस्ता समिति, योजनाहरु राष्ट्रिय योजना आयोग, वजेट र आर्थिक सर्भेक्षण अर्थमन्त्रालयका प्रकाशनहरु खोजि पढ्ने । कहिले काहि गाईडमा यी यस्ता विषयहरु गलत छपाई हुने हुदाँ यस्ता कुराहरुमा सजग रहने ।
३.हुवहु घोक्ने कन्ठ गर्ने भन्दा रचनात्मक उत्तर दिने गरि तयार रहर्ने । प्रश्नको माग  र समयको पावन्दीलाई मध्यनजर राखी चित्रात्मक व्याख्या, नेपाली परिवेशका उदाहरणहरु समावेश गरि उत्तर लेख्न प्रयास गर्ने ।
४. लोकसेवा आयोगको तयारी जाँचको मुखमा मात्र नगर्ने । पढाईलाई निरन्तर गर्ने र असफलतालाई सफलताको आधारको रुपमा लिई नियमित पढाईनै लोकसेवा आयोगको सफलताको सूचक हो ।
५. वुदाँगत रुपमा उत्तर दिने गरी तयारी गर्ने । यसका लागि सूत्रात्मक पढाई गरेमा उपयुक्त हुन्छ ।
६. सानो ग्रुप मिलाएर पढ्ने, पढेको विषय छलफल गर्ने, लोकसेवा आयोग उत्तिर्ण भएका व्यतिmहरु संग अन्तरक्रिया गर्ने, पुरानो प्रश्न पत्रहरु हल गर्ने र जानकार व्यतिmहरुलाई देखाई सो को पृष्ठपोषण लिई कमजोरी सुधारेर गएमा सफलता हात पर्न जान्छ ।


शाखा अधिकृत (अप्राविधिक) तयारीको सन्दर्भमा हेर्दा यसको पाठ्यक्रम तीन चरणमा रहेको पाउंछौ । पहिलो चरणले व्यतिmको आन्तरीक क्षमता मापन गर्छ । यसले विश्वको परिचय, गणितको ज्ञान, आई क्यू, अंग्रेजी भाषा आदिको वारेमा जानकारी हुनु पर्छ । यसले व्यतिmको चौतर्फी विकासको पक्षमा जोड दिन्छ । सिकाई क्षमता मापन गर्छ ।

दोस्रो पत्रले नेपाल सरकारको शासकिय पक्षको वारेमा जानकारी लिनु पर्ने,सार्वजनिक प्रशासन,विकास प्रशासन जस्ता विषय समावेश गरिएको छ भर्ने तेस्रो पत्र विश्वविद्यालयमा पढेको विषयलाई ऐच्छिक रुपमा छनोट गर्ने व्यवस्थाले प्राज्ञिक विषयको गहिरो ज्ञान भएका र खरो रुपमा तयारी गरेको व्यतिmहरुले मात्र सफलता हासिल गर्न सक्ने हुदाँ लोकसेवा आयोगले तय गरेको पाठ्यक्रमलाई आधार मानि नियमित निरन्तर धैर्यताका साथ अध्ययन गर्ने र लामो उत्तरको प्रश्नहरुको लेखन शैलीमा शुधार गरेमा सरकारी सेवा प्रवेशको ढोका खोल्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved