यसरी कायम गर्न सकिन्छ रेमिट्यान्स र पुँजीपलायनबीच सन्तुलन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2016 | 11:34:03 AM मा प्रकाशित

laxmi  sunrise bank

देश बिदेशमा रहेका धेरै सामाजिक संजाल प्रयोगकर्ताहरु नेपालको बिकासको गति तथा अवस्था देखेर चिन्तित छन । एक आपसमा कतिपय राजनीतिक बिषयमा मतभेद प्रकट गर्ने गरेता पनि प्राय युवाहरुले देशको घट्दो स्तरमा रहेको भौतिक पूर्वाधारको बिकासको बारेमा एकमत नै छन् । 

त्यहि बिषयको बहस, छलफल गरेर एउटा साझा धारणा बनाउने क्रममा हामीले 'इश्वरसंग विकासका कुरा' स्तम्भ सुरु गरेका छौ । अर्याल आफै सामाजिक अभियन्ता हुन् । उनी आफुले संचालन गरेको फेसबुक स्तम्भमा हरेक हप्ता नयाँ नयाँ बिकासका मुद्दाहरुमा छलफल गर्छन र गराउछन् । देशको भौतिक पूर्वाधार विकास तथा विकासमा जोडिएका राष्ट्रिय स्वार्थ र राष्ट्रिय सुरक्षा सम्बन्धी बिषयहरु बिषयबिद्वहरुको मात्र छलफल बन्दै आईरहेकोमा सामाजिक संजालबाट जनस्तरमै यस किसिमको शुरुवात हुनु खुसीको कुरा हो । प्रस्तुत स्तम्भ देश बिदेशमा रहेका नेपालीहरुसंग बिकासको बारेमा गरिएको गहन बहस र छलफलपछिको एउटा साझा धारणा हो । 

यो हप्ता हामिले रेमिट्यान्सको सदुपयोगको बारेमा छलफल गरेका थियौं । ठुलो परिणामको बिकेन्द्रीत रेमिट्यान्सलाई कसरी केन्द्रीकृत गरेर ठुला परियोजनामा लगाउन सकिन्छ ? साथै देशको पुँजीपलायनको समस्या रोक्ने उपयुक्त उपायहरु केके होलान ? देश बिदेशबाट नेपालीहरुबाट यस बिषयमा आएका प्रतिक्रियाहरु:
 

प्रस्तुत छ 'ईश्वरसंग विकासका कुरा' स्तम्भको  भाग-२

 

घनेन्द्र माबो, द. कोरिया

हामी गरिब हैनौं,हाम्रो देश गरिब छैन,केवल हाम्रो मानसिकता गरिब छ कारण हाम्रो पुँजी परिचालन गलत छ।आज लाखौं युवाहरुले कमाएको रेमिट्यान्स शहरका भित्ता,कान्ला,गर्‍हाहरुमा थन्किएका छन्।शहरका बोर्डिङहरुमा खर्चिदै छन् र यहिं रफ्तारमा अझ अरु १० बर्ष तिनै शहरमै घरबास ठड्याउनुमा बित्नेछ।अन्तत:शहर केन्द्रित घरबाससम्मको बिकास हुनेछ यो दु:ख लाग्दो बिकृती हो।

मुलुकलाई आर्थिक बिकासमा समुन्नत बनाउन रेमिट्यान्सको अत्यन्त ठूलो भुमिका रहन्छ यो कुरा सन १९६० को दशकमा बिश्वको गरिब मुलुकको सुचिमा रहेको द.कोरियाको आर्थिक क्रान्ती, पश्चिमी युरोपियन मुलुकहरुका खानी अस्पतालहरुमा काम गर्न गएका कोरिएन नागरिकहरुले सिकेको सीप र रेमिट्यान्सको जगमा आज बिश्वको धनी मुलुकहरूको सुचिमा रहेको कुराले स्पष्ट पार्छ।

राष्ट्रलाई समुन्नत बनाउन "हामी गर्न सक्छौं" भन्ने प्रतिबद्धता हुनुपर्‍यो सरकारबाट सहि नियम कानुन र भुमिका हुनुपर्छ।आजबाटै रेमिट्यान्स शहर केन्द्रित भैराखेकोलाई गाउँ केन्द्रित पार्नु पर्‍यो।कृषिलाई उपभोग मुखी मात्र नभै उत्पादन र निर्यातमुखी पार्नु पर्‍यो।ठुलो परिणामको बिकेन्द्रीकृत रेमिटेन्सलाई केन्द्रीकृत गरेर ठुला परियोजनामा लगानी गर्नलाई सर्बसाधरणमा शिक्षा तालीम र प्रतिबद्धता हुनुपर्‍यो।

बिनोद धिमाल, काठमाडौं 

वर्तमान नेपालकाे अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ।सामान्यतया विदेशमा कामगरेर नेपाल पठाईने रकम रेमिट्यान्स हो  तर उक्त रेमिट्यान्स रकम कुनै न कुनै स्राेतमा फेरि बाहिरिदा अवस्था उस्तै छ। उत्त रकम नेपालमै बचाएर राख्नु वा लगानि गरि बढाउन लाग्नुपर्ने देखिन्छ भने  अर्काेतर्फ अायातित रेमिटान्स अनुत्पादक क्षेत्रमा लगानी जस्ताे घर जग्गा सुनमा अत्यधिक लगानी हुँदा झन नराम्रो अवस्था अाएकाे छ ।  

रेमिटान्सकाे  केहि रकम सरकारले छुट्टै अक्षयकाेष बनाएर लगानी गर्ने याेजना बनाए पनि हालसम्म सफल नहुँदा हामि अाफै सजग हुनुपर्ने देखिन्छ भने सरकारले अाएकाे रेमिटान्स बचाउन सामान्य देखि ठुला उद्योग खाेलेर रकम बचाउनु पर्ने देखिन्छ जसले व्यापार घाटा पनि कम हुन्छ। 

हामि लाखाै युवा बाहिर छाै, बुझेका छाै केहि कुरा थाहा छ तर  हामिले चै रेमिटान्स रकम के मा लगानि गरेका छाै त ? उत्पादनमूलक काममा मैले कति लगानि गरेकाे छु या के मा लगानि गरेकाे छु ? अथवा उत्पादनमूलक काम गरिरहेका कुनै युवाहरुलाई प्रोत्साहन गर्नुभएकाे छ ?

या कुनै उत्पादनमूलक तथा देशलाई प्रत्येक लाभदिने अाफुलाई नि लाभ हुने कुनै कम्पनी काे सेयर लिनुभा छ ? ठुला कुरा गर्ने अाफु चै केहि सुरुवात नगर्नाले नि समस्या बिकराल छ। व्यक्तिगत रुपमा भन्दा मैले कतार बस्दा कमाएकाे केहि रकम कृषी नगदे वालि व्यवसाय तथा पुनर्निर्माणमा सहयाेग पुग्ने सामान खरिद व्यवसायमा लगाएकाे छु । घरजग्गा तथा सुन मा 1% नि छैन । सुरुवात अाफैबाट गराै मिलेर गर्दा त झन राम्रो अाउनुहाेस हातेमालाे गरेदै अगाडि बढाै ।  

सुदन ज्ञवाली, बुटवल

रेमिटेन्स नेपाली अर्थतन्त्रको बलियो आधाशीला हो।नेपालले समृध्दिको लक्ष्य हासिल गर्न सक्छ कि सक्दैन भन्ने कुरोको निर्भरता रेमिटिन्सको सहि योजनावध्द सदुपयोग हुन सक्छ कि सक्दैन भन्ने कुरोमा निर्भर रहन्छ।

हाल सम्म प्राप्त रेमिटेन्सको अधिक हिस्सा घर जग्गा घरायसी काम,मनोरञ्जन,बिलासिताको बस्तु खरिद जस्ता क्षेत्रमा खर्च भैरहेको छ जस्को कारण उपभोगबादी सस्कृतिले समाज आक्रान्त छ।हामिले यस्तो तात्कालिक लाभ हानी सोच्ने मानबिय चेतना बदलेर जनस्तरमा  बिकास र समृध्दी सङ्ग जोडिने दीर्घकालीन महत्वपूर्ण चेतनाको बिकास र रुपान्तरण गर्ने अभियान थालनी गर्नु पर्छ।

 ठूलो मात्रामा प्राप्त रेमिट्यान्सलाई सरकारले नितिगत ब्यवस्था गरेर अनिबार्य आय आर्जनको केही हिस्सा ठुला पुर्वाधार बिकासमा लगानी लगाउने ब्यवस्था मात्र होइन सुरक्षा र जोखिम नहुने ज्ञारेण्टी प्रदान गर्न सक्नु पर्छ। निजिस्तर वाटै विश्वास योग्य वातावरणका आधारमा सम्पुर्ण बिदेशिएका नेपालिको मनोबैज्ञानिक उर्जा भर्दै केही ठुला  हाइड्रोपावर सन्चालन गर्न सक्नु पर्छ । सामाजिक सन्जाल मार्फत भैरहेका यस्तै प्रयासहरुलाइ निरन्तरता दिदै देश बिदेशमा प्रतिनिधित्व मुलक बिचार गोष्ठि लगायतका कार्यक्रम देश बिदेशमा संचालित गर्नु पर्छ।

ठुला प्रोजेक्टहरुमा शेयर बितरण गर्दा बिदेश भएका हरुको हकमा स्थानिय जनता कर्मचारीलाई दिए जस्तै छुट्टै विशेष ब्यवस्थाद्वारा बैदेशिक रोजगारिमा भएका हरुलाइ लगानी आकर्षण गर्नु पर्दछ। नेपालमै उत्पादन गर्न सकिने बस्तु तथा सेवा लाई बाहिरि मुलुकवाट खरिद गर्न रोक लगाउदै बाहिर काम गर्नेहरुको पुजि मार्फत उत्पादन बढाइ आयात प्रतिस्थापन गरि बाहिरवाट "अरुको बस्तु होइन आफ्नोलगानी भित्र्याउ" जस्ता नारा हरु कार्यान्वयन गर्नु पर्छ।

शुरु शुरुमा १ ब्यक्ती बिदेश १ ब्याक्ती स्वदेस जस्ता अभियान बिदेशमा थालनी गरेर एक जनाले नेपालमा अनिबार्य एक जना रोजगारी दिलाउने गरि अभियान सन्चालन गरि सो को लागि आवश्यक लगानी प्रवन्ध गर्नु प्रने जस्ता मोटिभेटिब कार्यक्रम शुरु गर्नु पर्छ।  नेपालमा अव  मेनपावर होइन रेमिटेन्स पावर खोली रेमिटेन्स केन्दृत आयोजना मार्फत ठुला लगानिका आयोजना सम्पन्न गर्न सक्नु पर्छ। 

पहिला लाहूरे बाट केही रक़म आँउथ्यो पछि व्यापक मात्रामा रेमिटेंसको सूरूवात क़रीब २०४६/४७ को परिवर्तन पछि भएको हो । नेपालमा रोजगारी को समस्याले,आयआर्जन नभएपछि र आधुनिक लवाईखवाई,साथै न्यूनतम आबस्यकता पूर्तिको लागी नेपालमा पुग्ने दिने ज्यालाको कमि आदि जस्ता कारणले युवाहरू बिदेसीने क्रम बढ्दै गएको हो । अहिले देशको अर्थतंत्रमा रेमिटको ठुलो करीब ३५% हिस्सा रहेको पाइन्छ । औपचारिक रूपमा बार्षिक करिब छ खर्ब नेपाल आउँछ । उक्त रकमको ठुलो हिस्सा दैनिक उपभोग्य बस्तु,सेवा सुबिधा र ख़ासगरी अनुत्पादक क्षेत्रमा खर्च भएको देखिन्छ ।

प्रेम अर्याल, काठमाडौं 

नेपालमा रेमिट्यान्सलाई उत्पादन,रोजगारी र दीर्घकालीन आम्दानी हुने क्षेत्र हरूमा लगानी गर्न अति आवश्यक भै सकेको छ । लगानीका क्षेत्रहरू अन्तररास्टिया क्षेत्रमा महंगोमा बिक्री हुने कृषि उपजहरू,पर्यटन सम्बन्धि उद्योग,ससाना हस्तनिर्मित उद्योग कारीगरी सम्बन्धि कार्यहरू आदि र जलविद्युत सम्बन्धिमा लगानी गरी परिचालन गर्नू पर्ने देखिन्छ ।

लगानी गर्न आवश्यक वातावरण बनाउन सरकारले बोन्ड,शेयर र कृषिमा अनुदान आदि लगायत बिदेश जाने युवाहरूलाई लक्षित गरी आबस्यकता अनुसार सीप विकासमा जोडदिन ,सीप विकास तालीमकेन्द्र,स्कूल,कलेज आदि खोल्नु पर्दछ।

नेपालको बिकासमा रेमिट्यान्सको भूमिका बढाउनु भनेको ,विकासमा आंतरिक पूँजीको परिचालन गर्नू हो, जसमा  कमिसन आँउदैन,अनि नेतालाई हुदैन। समस्या त्यहि हो ।

केदारनाथ नेपाल, काठमाडौं

नेपाली अर्थतन्नको मुख्य खम्बाको रुपमा पछिल्लो समय रेमिट्यान्स अगाडि आएको छ ।  रेमिट्यान्सलाई ब्यवस्थित गरेर एकिकृत गरी बिकास निर्माणको आयोजनामा लगाउन सरकारी पक्षबाट कुनैपनि योजना नबनाईएको कारण रेमिट्यान्सको सदुपयोग गर्न सकिएको छैन ।

केही युवाहरुले रेमिट्यान्सलाई अहिले सानोतिनो काममै लगाएर सदुपयोग गरिरहेका छन् । कतिपयले बिलासिता को सामान खरिद गरेर सकाएका छन् । सरकारले प्रतिबद्ध भएर छुट्टै लगानी संस्थानको स्थापना गरि जलबिद्युत पर्यटन र कृषिको को क्षेत्रमा लगाउने बातावरण को सिर्जना गरि बिकेन्द्रीत रेमिट्यान्स को रकम लाई एकिकृत गरी ठुला आयोजना हरुमा लगाउन सकिन्छ ।

त्यसको एउटै उपाय भनेको बैदेशिक रोजगारिमा जानेहरुलाई केन्द्रमा राखेर लगानि संस्थान वा बैङ्कको स्थापना गरी पुँजिलाई एकिकृत गर्दै ठुला आयोजनाहरुमा लगाउन सकिन्छ ।

हामिलाई प्रकृतिले नै सबथोक दिएको छ । स्रोत पहिचान गर्न नसकेर मात्र हामि पछि परिरहेका छौ । हामि कच्चा पदार्थ निर्यात गर्छौ । तयारी बस्तु आयात गर्छौ । समस्या यहिनेर छ । यदि हामिले देशमा भएका कच्चा पदार्थ देशमै प्रसोधन गरी बस्तु उत्पादन गर्ने हो भने पुँजी पलायन रोक्न सकिन्छ । पुँजी पलायन एकै पटक त रोक्न सम्भव छैन । तर सम्बन्धित निकायले स्पष्ट नीति बनाएर अघि बढ्ने हो भने पूँजी पलायन को समस्या केहि बर्ष भित्र रोक्न सम्भव छ । 

खेमराज दाहाल, साउदी अरेबिया

विश्व मान चित्रमा २१ औ सार्बभौम राष्ट्र को रुपमा स्थापित हाम्रो देश नेपाल अहीले दलीय राजनीतिक खिचातानी का कारण लोपउन्मुख अवस्था रहेको अवस्था छ  । आर्थिक हिसाबले हेर्दा विश्व कै अबिकसित देश हरुमा हाम्रो देश नेपाल लाई खोज्न कती बेर पनि लाग्दैन । धरातलिय भू-बनोट उच्चहिमशृंखला नदी नाला र यहाँ पाइने प्राकृतिक बिभिन्न कच्चा पदार्थ हरू जस्ले हाम्रो जस्तो सानो मुलुक र अबिकासित मुलुकलाई जिस्काइ रहेको छ । 

देशका उद्दम शिल युबा जमात नेपाल को अस्थिर राजनीतिका कारण बिदेश पलायन भई राख्नु परेको छ । देशको मेरुदण्ड को रुपमा हेरीने युबा हरू नै बिदेश पलायन भयको अबस्था मा बैदेशिक रोजगार बाट भित्रिने केही रेमिट्यान्स ले देशको  बिकास गर्छ र गर्छु भन्ने सपना नेपाली उखान डाडु मा पानी ततायर डुबी मर्छु जस्तै हो । यद्दपी एसो भन्दै गर्दा हाम्रो देशको हकमा भने केही फरक अवस्था रहेको पाईन्छ ।

देशमा भई रहेको आर्थिक मन्दीमा नगन्य टेवा पूर्याउदै आएको बैदेशिक रेमिट्यान्सले समग्र देश लाईं आर्थिक ब्रिद्दी दर मा सहयोग पूर्याउदै आएको भय पनी रेमिट्यान्स  बाट भित्रिने रकम एकत्रित हुन नसक्दा देश बिकाश मा लगानी हुन सकी रहेको छैन । गाऊँ पहाड बस्ती हरू मिलेर बनेको हाम्रो मुलुक मा बिदेशी रेमिट्यान्स बाट भित्रिने धेरै जसो रकम हरू घरपरिवार बस्ती मा खर्च भई अनियन्त्रित भै रहेको छ ।

यसरी बिदेश बाट हूने गरेको रेमिट्यान्स लाई एकत्रित गरी देश बिकास मा उपयोग गर्न सक्ने बातावरण हामी युबा अथवा सरकार ले गर्ने हो भने बिदेशबाट रेमिट्यान्स गरी आऊने रकम मा पनी बृदि हुन्छ । त्यस्तै गरेर रेमिट्यान्स गर्ने युबा मा पनी मनोबल बड्दै जान्छ देश प्रति को उस्को दायित्व पनी बोध हुन्छ । बिदेश बाट  आउने ठुलो मात्राका रेमिट्यान्स  हरुलाई सरकार ले अनिबार्य रुपमा बिकासका पुर्बाधार हरुमा लगानी गर्ने बिस्वासिलो बातावरण हो भने रेमिट्यान्स को सही  सदुपयोग र पुजिपलायन मा पनी कमि आउन सक्छ ।

देशमा लोकतन्त्रको नाम मा छाडातन्त्र तथा लुटतन्त्र  मौलाउदै गयको छ । एस्ले देश बिकासको लागी छुट्याइएका बजेट हरू समयमा सुचारू नहुदा र बजेट ल्याप्स हुने हुदा देश बिकास का काम सोचेको गती मा हुन सकी रहेको छैन । यसका लागी देशमा स्थिर सरकार को जरुरत पर्दछ अस्थिर सरकार हुदा पहिलो सरकार ले ल्यायको बजेट सरकार परिवर्तन सँगै कार्यन्व्यन मा अप्ठेरो हुने र धेरै ठुला र जनता जनताप्रत्यक्ष सरोकार राख्ने योजनाका बजेट ल्याप्स हुने र कोई काम हरू समयमा संचालन नहुँदा अन्तिम अबस्थामा हतार हतार काम प्रभाबकारी नभए पनी बजेट सक्ने  सकने काम हुदा भ्रष्टाचार ले चरम स्थान पायको छ । पूजिपलायमान लाई रोक्न सबै भन्दा पहिले भ्रष्टाचार लाई जराई देखी उखलेर फ्याकन पर्दछ ।

स्थिर सरकार हुन जरुरी त छदैछ यो भएर ठुला बिकासका योजनामा सर्बसाधारण जनता को पनी पहुँच पुराउन सक्दा केही परिबर्तन देखीएला ।

योगेश भेटुवाल, अस्ट्रेलिया 

विकाश भन्नाले के  बुझ्ने ?

कुनै पनि देश विकसित हुन मुलभुत रुपमा ३ कुराको मापदण्डमा औशत अंकलाई रोज्नु पर्छ । 

१ . भौतिक पूर्वाधारको निर्माण ।

त्यसमा शिक्षाको लागी गुणस्तरिय शैक्षिक वातावरण । हरेक जन्ताहरुमा स्वास्थ्यको पहुच र स्वास्थ्य बिमा जस्ता कुराहरु पनि पर्छन् । हरेक जिल्ला तथा अति दुर्गम गाउ बस्तिहरुमा सडकको सेवाको  बिस्तार  शहरीकरण औधोगिकरण इत्यादि पर्छन्। 

त्यसपछि  भनेको देशको अर्थतन्त्र हो । एउटा देशको कुल जि डि पी देशले एक वर्षमा जम्मा गर्ने कूल रासी त्यो एस्पोर्ट गर्दा जनता बाट कर उठाएर हुने हो ।

तेश्रोमा पर्छ जनताको रास्ट्र संघ बाट दिएको एउटा मापण्ड अनुसार दैनिकीको आयस्रोत । नेपालको अहिले प्रति व्यक्ति आय १ डलर बाट बढेर २ डलर भएको छ । र अब कुरा गर्नु पर्दा रेमिट्यान्सको सहि सदुपयोग : नेपालले बार्षिक रुपमा ७ बिलियनको डलर सामान आयात गर्छ र नेपाल बाट मात्र १ बिलियन डलर बराबरको सामान निर्यात हुन्छ । र नेपालले बार्षिक ४ बिलियन डलर रेमिट्यान्स भित्राउछ ।यो चाहि हामीले तोड्न सक्नु पर्ने हुन्छ ।

आयात र निर्यातमा सन्तुलन अनि भित्रिएको रेमिट्यान्सको सदुपयोग गरेर नेपालमै तेहि पैसाले रोजगारी र बिकासको लागी मूलभुत रुपमा भौतिक बिकासको संरचना बनाउनु पर्ने हुन्छ ।

त्यो कसरी त ? 

नेपालका ४० देखी ५० लाख युवाहरु बिदेसमा छन् र उनिहरुले बार्षिक रुमा ४ बिलियन डलर रेमिट्यान्स भित्राउछन् । यदि नेपालमा मोबाईल ब्याङ्कीङ सिस्टम लागु गरियो भने र मोबाई बाट कसरी बैँकमा खाता खोल्न सकिन्छ भन्ने कुरा आम जन्तामा सिकायो भने ( तथ्याङ्क अनुसार नेपालमा ९५% सँग मोबाईल छ ) रेमिट्यान्सको ठूलो रकम बैँकमा हुने थियो । तेहि अनुसार बैँकले लबिङ गरेर हाम्रो देशमा राजनितिक अवस्था अनुकुल भयो भने सरकारले तेहि रकमको केहि हिस्सा देश बिकासको  क्षेत्रमा लगाउन सकिन्छ ।

जस्तै एउटा परिवार बाट बार्षिक २५ हजार उठाएर देशको भौतिक बिकासमा लगानी गरेर देश भित्रै रोजगारीका अवसरहरुको सृजना गर्न सकिन्छ । र त्यो २५ हजारको पनि सेयर बाँड्न सक्छ ।सरकारले ठूलो परियोजना सडक बिस्तारका लागी टोल उठाउन सक्छ ।जलबिधुत र पुल निर्माण बाट रोयल्टी उठाएर तेहि रकम जनतामा सेयर बाड्न सक्छ।

हरिश्चन्द्र तिम्सिना, युएई

नेपाली अर्थतन्त्रको आधारमध्ये एक हो रेमिट्यान्स। रेमिट्यान्स भित्राउने बिस्वका प्रमुख रास्ट्रहरुमध्ये नेपालको नाम पनि प्रमुखताका साथ लिने गरिन्छ।नेपाली अर्थतन्त्रमा कुल ग्राहस्थ्य उत्पादनको २३ प्रतिशत भन्दा बढी हिस्सा रेमिट्यान्सले ओगटनु नै यसको सबल प्रमाण हो।मुलुकको  अर्थतन्त्रमा रेमिट्यान्सले ओगटेको हिस्साको आधारमा नेपाल सबैभन्दा बढी रेमिट्यान्स भित्राउने बिस्वकै पाँच देश मध्ये एक हो।

नेपालको अर्थतन्त्रको मुल आधार रेमिट्यान्स   देखिए पनि यसलाई सधै यहि अवस्थामा राख्नु हुदैन किनभने यसले मुलुकलाई परनिर्भर बनाउछ।यसको अर्थ रेमिट्यान्सको योगदानलाई अवमूल्यन गर्न कदापि होइन।अहिलेको अवस्था बिग्रन नदिई मुलुकलाई दीर्घकालिन रुपमा आत्मनिर्भरता तर्फ लैजान केही पाहिला अगाडी सार्नु मात्र हो।यसका लागि निकासी उधोग र निर्यात व्यापारलाई बढाउन सक्नुपर्छ।

त्यसैले मुलुकको आर्थिक समृद्धिका लागि प्राप्त रेमिट्यान्सको दिगो र उपयुुक्त सदुपयोग गर्न, आन्तरिक उत्पादन वृद्धि गरि निर्यात प्रबर्द्धन गर्न औद्योगिक क्षेत्रमा लगानी अभिवृद्धि गरि औद्योगिक उत्पादन वृद्धि र रोजगारको थप अवसर सृजना गर्न तथा लक्ष्य अनुसार आर्थिक वृद्धिदर कायम गर्न सम्पुर्ण जिम्मेवार निकायले पुर्ण प्रतिबद्धताका साथ इमानदारी पुर्बक कार्य गर्नु पर्दछ।

 

जनार्दन पन्त, काठमाडौं 

बिदेशको कमाई पनि कुल राष्ट्रिय आयको जोडमा गनिन्छ , यसरी बिना योजना लथाभद्र नागरिक बिदेशिन बाध्य गरिने यहाको परिपाटी मात्रै खराव हो । आमदानीको श्रोत बिदेशी हुनु नराम्रो होईन । आमदानी लुकाएर राख्ने गर्नु खराब हो यसलाई बचतको रूपमा बित्तिय संस्थामा राख्नाले लगानी बढ्छ, भने , संबन्धित ब्यक्तिले उपभोग गरे पनि कुल माग बढाउछ र उत्पादन प्रोत्साहन गर्छ ।

यदि देशले आयात निरुत्साहित नीति लिन्छ भने उपभोगमा गररिएको खर्चले कयौ उत्पादन फर्महरूलाई आकर्षित गर्छ र स्वत राष्ट्रिय पूंजी बृध्दिमा सहयोग पुग्छ । 

देशको नीति राम्रो नभए सम्म कुनै देशले प्रगति गर्दैन । पैसा सिरानीमा राख्ने , उपभोग्य पदार्थ आयातमा खर्चने र कुनै छलछाम वा अन्यकारणले पैसा बाहिरिनु देश विकासमा बाधा पुऱ्याउने कृयाकलाप हुन । यसले बचत , लगानी, रोजगार , पूँजी-निर्माण सबैमा असर गर्दछ ।

त्यसैले सरकारको बुध्दिमानीपूर्ण नीति , सुरक्षा, लगानीको प्रतिफलको राम्रो अवसर , उत्पादनलाई बजार सुरक्षा जस्ता आर्थिक कृयाकलापलाई टेवा पुग्ने गरी आर्थिक, मौद्रिक, वित्तिय निति बनेमा पूंजि पलायनको समस्याबाट पनि देखि जोगिन सक्छ । हामीले घाटा ब्यापार गरेका छौ किन भने देशले राम्रो नीति वनाउनै सकेको छैन । सवै भन्दा देश विकासको सत्रु यहि पूंजी पलायन हो ।

भाग -१ ,बहस

संचारको बिकास खरायो गतिमा हुँदा भौतिक पूर्वाधारको बिकास चै किन कछुवा गतिमा ?  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved