देश विकासको पहिलो सर्त 'राष्ट्रहित बिरुद्द जानेहरुलाई निर्ममतापूर्वक दमन' -लिलामणि पोख्रेल,नेता, नेकपा माओवादी केन्द्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2016 | 03:13:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल किन विकास भएन ? नेपालमा के को अभाव छ ? अभाव स्रोतको कि सोचको ? यसमा धेरै टिका टिप्पणीहरु भई रहेका छन्। यहि सिलसिलामा हामीले विकासमा केहि योगदान दिने उदेश्यले ‘शनिबारे विकास बहस’ शृंखला सुरु गरेका छौ । यस अघि हामीले सदाबहार नायक भुवन केसीको विचार प्रस्तुत गरेका थियौ । बहसको आजको शृंखलामा लिलामणि पोख्रेल,नेता, नेकपा माओवादी केन्द्र:

यो पनि: "जवाफदेहिताका साथ राष्ट्र विकासमा लाग्ने हो भने नेपालमा पुंजीको अभाब होइन बाढी लाग्छ" 

प्रचुर सम्भावना हुँदा हुँदै पनि पुंजीको एकाधिकार र हाम्रो केन्द्रित सामन्ती संरचनाका कारण देशको विकास हुन नसकेको हो। राजकिया सत्तामा हाबी भएको परम्परागत शक्तिले देशको विकास आफ्नो शक्ति आर्जनको बाधक ठान्यो। जनता स्वावलम्बी हुनु र देश समृद्द बन्नु आफ्नै खुटामा बन्चरो हान्नु बराबर भएको मान्यतामा सत्तामा रहेका शक्तिहरु रहे। 

जनतालाई अधिकार सम्पन्न बनाउने राज्यको श्रोतलाई जनताको पहुंचसम्म पुर्याएको कुरामा सत्तासिनहरु सधै उदाश रहे। उनीहरुले देशको समृद्धि र जनताको श्रोतसम्मको पहुँचलाई कुण्ठित गराउन नै राजकिया सत्ताको दुरुपयोग गरि रहे। परिणाम त देशसंग यथेष्ट सम्भावना हुँदा हुँदै पनि देश विकासको दौडमा पछाडि पर्यो। सामन्तबादी संरचना बनाइराख्न पनि यचआमी भित्रको परम्पराबादी चिन्तनले त्यसैलाई आत्मसाथ गरिरहने प्रवृतिले पनि विकासका बहु आयामिक ढोकाहरु बन्द भैरहेका छन भन्ने मेरो मान्यता हो। छिमेकीहरु विश्वयात्राको पदमार्गमा लागि सके तर हामी आफै भित्र कुण्ठा साँचेर एकले अर्काको खुट्टा तान्नमै व्यस्त छौ। म त भन्छु-'हामि भित्र दुरदृष्टिको अभाब धेरै मात्रामा खड्कीरह्यो। 

यो पनि: नेपालको विकासका लागि भुवन केसीका ५ 'मन्त्र'

सम्भब छ विकासमा छलांग 
आर्थिक समृद्धि विकासको एउटा तत्व हो, तर सबै होइन। त्यसैले विकासलाई बहुआयामिक दृष्टिकोणबाट बुझ्नु पर्छ। समाजमा रहेको सामाजिक बर्गीय, सांस्कृतिक लगायतका कोणबाट विकासलाई बुझ्नु पर्छ। यी सबैको समुचित स्तरोन्नति नै विकास हो। 

बर्ग, जाति, धर्म, लिंग र भूगोलमा रहेका विभेदहरुको अन्त्य गर्ने तत्परता हामीसंग हुनुपर्छ। यसका लागि राज्यले सकारात्मक विभेदको व्यवस्थालाई कडाइका साथ लागु गर्नु अनिवार्य हुन्छ। विभिन्न कारणले पछाडी पारिएका वा परेकाहरुलाई मूलधारमा ल्याएर उनिहरुमा देशको अपनत्व शृजना गर्नु आजको कार्यभार हो। 

यो पनि: डलर कमाउन गाह्रो छैन, स्थायित्व र चेतना भए पुग्छ

यसकारण भएन बिकास 
बिकास नहुनुको पहिलो कारण हाम्रो राजनैतिक नेतृत्त्व हो। उ कहिल्यै राष्ट्र निर्माण प्रति प्रतिबद्द भएन। दोश्रो जागिर पचाउने कर्मचारीतन्त्र, जसले कहिल्यै खतरा मोलेर काम गर्न चाहेन। नेपालको स्याई सरकार, कर्मचारीतन्त्र गएगुझ्रेको र धुपौरे बन्यो। तेश्रो डोनरहरुका आवश्यकता बुझ्ने देशको आवश्यकता नदेख्ने कथित योजनाविद नेपाल विकासका बाधक हुन। 

यसै गरि हाम्रा लगानीकर्ता जो जहिले पनि मुनाफामुखी बने, देशको हितभन्दा नितान्त निजिहितका लागि मात्रै लगानी गरे। उनीहरु चौथो बाधक हुन, नेपालको विकासका लागि। औपनिवेशिक मानसिकताका दाताहरु जसले द्रिपक्षीय या बहुपक्षीय सम्बन्धलाई सदासदायता भन्दा दाश बनाउने सोचमा परिणत गरे उनीहरु पनि नेपालको विकासका बाधक हुन। 

अर्को महत्त्वपूर्ण कारण हामि जनता पनि बिकास बिरोधि बन्यौ। विकास भन्दा पनि राज्यको मुख ताक्ने मुखापेसी बन्यौ। राज्यले गरेन त के भयो, म गर्छु इ भन्ने सोच हामीमा कहिल्यै पलाएन। परिणामत: देशको विकास भएन। 

यो पनि: 'हामी बिजुली बाटै ३ सय करोड आम्दानी गर्न सक्छौ तर बजारीकरण गर्न लजाईरहेका छौ' 

देश विकासका ३ उपाय 
हामी साच्चै देशको विकास चाहन्छौ भने हामी कानुन कार्यन्वयनमा निर्मम बन्नु पर्छ। मुख हेरेर बिधि र बिधान उल्लङ्घन गर्नेहरुलाई छोडीदिनु हुँदैन। देशविकासको पहिलो सर्त राष्ट्र हित बिरुद्द जानेहरुलाई निर्ममता पुर्वक दमन गर्नु। राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वार्थ बिरुद्द कोहि गयो भने त्यस्तालाई राज्यले निर्माता पुर्वक नियन्त्रणमा लिनु पर्छ। 

दोश्रो, विकास झारा टराई होइन र बिकास बिदेशीहरुको आवश्यकतामा पनि होइन। हाम्रो आवश्यकता अनुरुप हुनुपर्छ। यस कारण हामीले हाम्रो विकासको आधारभूत मोडेल तयार पार्नु पर्छ। 

नेपाल विकासको तेस्रो उपाय आन्तरिक श्रोतको पहिचान हो। हामीसंग जन, धन र मन तिनै श्रोत यथेष्ट छ। उदाहरणका लागि बिद्युत विकास कम्पनीको लागि मागिएको साढे २ अर्ब रुपैयाँमा परेको ४५ अर्बको आबेदनलाई लिन सकिन्छ। यसले के देखाउछ हामिसंग श्रोत त रहेछ नि, खालि हामि परिचालन गर्नबाट मात्रै चुकेका रहेछौ। 

यो पनि: कसरी चलेको छ नेपालको विकास निर्माण ?

आयात प्रविधिको 
हामीसंग अबै श्रोत छ। यसलाई परिचालन गर्न राज्य तदारुकताका साथ लाग्नु पर्छ। सर्वसाधारणलाई लगानीमा प्रोत्साहित गर्न राज्य ग्यारेन्टीमा बसिदिनु पर्छ। 

प्रविधिको आयात गरेर देशमा हौसलाको अवस्था श्रीजना गरिदिने हो भने ब्रेन ड्रेनको समस्या रहँदैन। नेपाली बैज्ञानिक नासामा काम गर्न सक्छ। विश्वका नामुद विश्वबिद्यालयमा पढाउँन सक्छ भने नेपालमा पविधि र प्रविधिमैत्री राज्य भए त्यो जनशक्तिलाई त नेपालमै बाध्यो नि। हामीले यता तर्फ ध्यान दिनु जरुरि पर्छ।

यो पनि: '५० हजारको स्किमले त्यति ठुलो कभरेज त नहोला तर सिस्टम बसाल्नमा महत्त्वपूर्ण भूमिका खेल्नेछ' -डा. गुणराज लोहनी 

आवश्यकता प्राथमिक विकास मोडलको 
हामीले हाम्रो विकासको आधारभुत मोडेलनै तयार पारेका छैनौ। शासकहरुले कि त सनकमा शासन गरे, कि त दलालहरुको निर्देशनमा मात्रै। हाम्रो आवश्यतकता के हो ? सम्भावना के हो र समस्या कहाँ छन् भने बिषयमा शासकहरुको ध्यान नै गएन। 

अहिले हामि दलालहरुको दलालीमा विकासको आधार तयार पारेका छौ। दाताहरु उपनिवेशका मालिक जस्ता भएका छन। हाम्रा विज्ञहरु उनीहरुको स्वार्थको रखवाला गर्ने दरवान भएका छन। 

त्यसैले देशको विकासले गत लिनै सकेन। दुनियाले चमत्कार गर्दा हामी प्याराफिटका दर्शक मात्रै भयौ। यस कारण हामीले राष्ट्रिय स्वाभिमान कायम गर्ने, आर्थिक रुपमा स्वाधीन हाम्रै विकासको मोडल तयार पार्नु पर्छ। जुन हाम्रै श्रोतमा सम्भब होस्। दाताका आवश्यकता भन्दा नेपाली माटोको आवश्यकतामा आधारित होस् भन्ने मेरो मान्यता हो। 

यो पनि: करिष्माको करिष्माई कन्सेप्ट: विकास प्रकृति मैत्री हुनुपर्छ 

अन्त्य गरौँ गालि गलौज 
तत्कालिन राणा प्रधानमन्त्री चन्द्र सम्सेरले त्रिचन्द्र कलेज उद्घाटन गर्दा दिएको भनिएको मन्तब्य जस्तो चिन्तन शैली र गालि गलौजले पनि विकास र समृद्धिलाई पछाडी धकेलेको छ। हुन् त बिकास हुना साथ झोले प्रथा र गाली गलौजको राजनीति आफै हट्दै जान्छ। तर तल्लो र पछिल्लो पुस्तालाई उत्साहित बनाउन अहिलेको र माथिल्लो पुस्ता सयमित हुनै पर्छ। अनि राष्ट्रिय स्वाभिमानका लागि पनि यो आवश्यक छ। 

यो पनि: 'नेपालको विकास न त भर्जिन रह्यो न त गर्भवति नै'- रामहरी खतिवडा (सांसद,नेपाली कांग्रेस) 

 यो पनि: नेपालको विकासका लागि प्रदिप ज्ञवालीका ४ 'मन्त्र'

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved