सेयर बजारमा खै त प्रजातन्त्र ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2016 | 09:38:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको शेयर बजार साचिक्कै खै के खै के जस्तो छ | कुरा गर्यो कुरा कै दु :ख | शेयर बजारका धेरै लगानीकर्ताहरु शेयरबजार बढोस भन्ने चाहना राखेका छन् तर बजार निरन्तर घटिरहेको छ | लगानीकर्ताहरुले बैंकलाई ब्रोकर लाइ लाइसेन्स देउ भनि रहेका छन् तर नेप्से ब्रोकरको शाखा विस्तार (RWS) तर्फ लागि रहेको छ | 

लगानीकर्ताहरु हामिहरु लाई कारोबार अझै सहज गर्न अँनलाइन ट्रेडिङ गरि देउ भनिरहेका छन् तर नेप्से जाडोमा बदाम खादै घाम तापी रहेको छ | 

एक जना महामहिम सर्बोच्च मै नेताको बस्त्र उतार्छु भनि रहेकाछन् , तर अर्का एक जना महामहिम लगानीकर्ताहरुको दिनहु बस्त्र उतारिरहेका छन् र पनि सरर कार्यालय गई रहेका छन् , यसैलाई भन्ने गरिन्छ देश एक परिवेश अनेक! 

शेयर बजारको बारेमा अलि अलि केहि कुरा त बुझ्न सकियो तर एउटा कुरा ज्यानजाला मरिगए बुझिएन त्यो के हो भने , लगानीकर्ताहरुको चाहना अनुरुप नेप्सेमा प्रणालीगत सुधार हुने हो कि नेप्सेको चाहना अनुरुप लगानीकर्ताहरु सुधार हुनु पर्ने हो ? अझ अचम्मको कुरा त पैसा लगानीकर्ताको , मेहनत लगानीकर्ताको , फाइदा घाटा पनि लगानीकर्ताको तर बिडम्बना त्यसको खटन पटन अर्कैको | 

देशमा राणा शासन हट्यो , पंचायती ब्यवस्था हट्यो , प्रजातन्त्र आयो , लोकतन्त्र आयो , गणतन्त्र आयो , जनताको आवाज सुनियो , जन भावनाको कदर गरियो तर नेप्से अझै पुरातनवादी सोच मै छ , खै त नेप्सेले लगानीकर्ताहरुको भावना अनुरुपको काम गरेको , खै त बैकलाइ ब्रोकर लाइसेन्स र अँनलाइन ट्रेडिङको व्यवस्था गरेको छ | 

नेप्सेमा खै त प्रजातन्त्र आएको , खै त नेप्सेमा लोकतन्त्र आएको | बजार एक ,कारोबार अनेक हुने बजार हो शेयरबजार , तर आज भोलि बजार एक जालझेल अनेक देखिन थाल्यो त | अत: यसको सम्पूर्ण बर्णन हजार जिब्रो भएका शेष नाग र चतुरमुख धारी ब्रमाजीले पनि बर्णन गर्न नसक्ने बजार हो नेपालको शेयर बजार !!!

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved