सलाम , शेयर लगानीकर्ता संघ , नेपाल   !!!

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2016 | 10:01:29 AM मा प्रकाशित

laxmi  sunrise bank

कुनै पनि सस्था जन्मिनु ठुलो कुरा होइन  तर त्यसले गर्ने कामले त्यस सस्थाको गरिमा निर्धारण गर्छ। नेपाली सेयर बजारमा पनि बिभिन्न कालखण्डमा बिभिन्न संघसस्थाहरुको जन्म भयो।  यसै सन्दर्भमा पछिल्लो समयमा जन्म भएको सेयर लगानीकर्ता संघ, नेपालको कार्य अहिले बिशिष्टिकृत रुपमा देखिएको छ।  

लगानीकर्ताहरुको हक हितको लागि जनमानसमा देखिने गरि उल्लेखनीय कार्य गर्यो अत यो सस्था बिशिष्टिकृत देखिएको छ। अत यस सस्थाका सम्पूर्ण पदाधिकारीहरु लाई धन्यवाद दिनै पर्छ। 

विगतमा पनि बजारको सकारात्मक सम्बृद्धिको लागि सम्बधित निकायका सम्बन्धित पदाधिकारीहरुलाई भेटि बजारका बिबिध पक्षहरुको बारेमा छलफल गरेको बिभिन्न संचार माध्यमहरुमा प्रशस्त सुन्न , पढ्न तथा हेर्न पाइन्थ्यो।  पछिल्लो समय त ठुलो संख्यामा  लगानीकर्ताहरु सहित  आफ्ना ६ सूत्रीय मागहरु  नेप्से र सेबोनका पदाधिकारीहरु समक्ष प्रस्तुत गर्यो यो वास्तबमा निकै सह्रानीय कार्य हो।  

सम्भवतः  नेपालको पुजी बजारको इतिहासमा यति ठुलो संख्यामा लगानीकर्ताहरु  सहित  आफ्ना मागहरु सम्बधित निकायका सम्बन्धित पदाधिकारीहरु समक्ष राखेको पहिलो पटक नै हुनु पर्छ।  अत: यस सस्थाका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिनै पर्छ | यदि यी मागहरु कार्यान्वयनमा आए भने बजारले ठुलै फड्को मार्न सक्ने कुरामा आशावादी हुन सकिन्छ। 

कुनै पनि सस्था संचालन एवं व्यवस्थापनको लागि आर्थिक व्यवस्थापन एवं जोहो गर्नु पर्छ।  सार्बजनिक रुपमा कहिँ कतै पनि सहयोगको आव्हान गरेको देखिदैन , आफ्नो खल्तीबाट रकमको व्यवस्थापन गरि सस्था सन्चालन गरि रहनु भएको छ।  अत यस सस्थाका सम्पूर्ण  धन्यवादका पात्र हुनुहुन्छ । 

कुनै पनि सस्था डुब्नुको प्रमुख कारण भनेको सस्थामा आर्थिक अनिमियता र अधिक राजनीतिक करण अधिक हुनु  हो।  यस सस्था यस्ता  दुर्गुणहरु बाट टाढा रहेनछ भन्ने कुरामा सम्पूर्ण लगानीकर्ताहरु आशावादी छन्। 

जुन शाहस तथा  सुजबुझका साथ समग्र बजार विस्तार र लगानीकर्ताको हक हितको लागि कार्यहरु गरिरहेको छ यसमा सम्पूर्ण लगानीकर्ताहरुको साथ एब सहयोग सधै रहने छ।  आगामी दिनहरुमा बजारको बिकास , विस्तार र समग्र लगानीकर्ताहरुको हक हित सुनिश्चित गर्न यस सस्थाले चालेका  सम्पूर्ण कदमहरु सफलरुपमा कार्यान्यन होऊन् भन्ने कामना समेत गर्दछौं। 

कुनै पनि सस्थाको मूल्यांकन उसले गर्ने कामको आधारमा हुने हो।  असल काम गर्यो भने मात्र गरिमा सधै उच्च रहने हो।   सेयर लगानीकर्ता संघ , नेपालले पछिल्लो समयमा  जुन कार्य गर्यो , ठुलो संख्यामा लगानीकर्ताहरु सहित नेप्से र सेबोनमा मागहरु प्रस्तुत गर्यो, धन्यवादको पात्र बनेको छ। 

यी ६ सुत्रिय मागहरु चाडै कार्यान्वयनमा आउन भन्ने सम्पूर्ण लगानीकर्ताहरुको कामना पनि छ | यी मागहरु बजारको विकास तथा  विस्तार एवं  लगानीकर्ताको हक हितको लागि बास्तव मै कोशे  ढुंगा साबित बनुन |  सकारात्मक कामको लागि यस सस्थाका पदाधिकारीहरु लाई धेरै धेरै धन्यवाद  !  सलाम , सेयर लगानीकर्ता संघ , नेपाल !!                                                                         
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved