नेपाल लाईफ ईन्सुरेन्सको एफपिओ सम्बन्धमा रोहन शर्माको टिप्पणि! 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2017 | 08:36:51 PM मा प्रकाशित

laxmi  sunrise bank

पुष २७,२०७३ एखी नेपाल लाइफ इन्स्योरेन्सले फर्दर पब्लिक अफारिङ गर्ने भएको छ। नेपाल लाइफले १०० रुपैयाँ अंकित दरमा १३२५ प्रिमियम मूल्य सहित प्रति कित्ता १४२५ रुपैयाँमा एफपीओ गर्न लागेको हो। प्रिमियम मूल्य सहित २८५१ रुपैयाँमा एफपीओ गर्ने सुचना बाहिरीएसंगै सेयर बजारमा यसको मूल्य ह्वात्तै बढेर करिब ५००० सम्म पुगेको थियो।

मूल्य उचालिएर ४९०० सम्म हालेर नेपाल लाइफको एफपीओ किन्नेले कसरि जोखिम व्यवस्थापन गर्ने भन्नेबारे चलेको चर्च र अहिले यसको एफपीओ उठाउन के गर्ने भन्ने बारे सर्वसाधारणलाई जिज्ञासालाई सम्बोधन गर्ने उदेश्यले हामीले सेयर बजारमा आफ्नो छुट्टै पहिचान बनाएका रोहन शर्माको टिप्पणी प्रस्तुत गरेका छौ। 


 

यो पनि: सेयर बजारमा बिकसित पछिल्लो परिस्थिति र ब्रोकर लाइसेन्सबारे बहस 

मुलुकको अग्रणि जिवन बिमा कम्पनीले अंकित मुल्य १०० मा १३२५ प्रीमियम थप गरी १४२५ का दरले यही पौष २७ गतेबाट FPO जारी गर्दैछ। धेरै नयाँ लगानिकर्ता मित्रहरुले यसबारे मलाई ब्याक्तिगत रुपमा साथै बिभिन्न फोरमहरुमा पनि जिज्ञासा राखेको पाएँ। मनमा लागेको कुरा लेख्दैछुँ ।

केहि महिना अघी NLIC को बजार मुल्य ४००० माथी रहेको समयमा नेपाल लाईफले अंकित मुल्य १०० मा २८५१ प्रीमियम थप गरी FPO जारी गर्ने भन्ने सुचना बाहिर ल्यायो। यससँगै यसको बजार मुल्य आकासिएर झण्डै ५००० छुन पुगेको थियो। यस लगत्तै धितोपत्र बोर्डको कारवाहीमा परेको NLIC को FPO मुल्य निर्धारणका लागी आधारहरु चाहिने र बजार मुल्यलाई मात्र आधार मानेर FPO को मुल्य निर्धारण नहुने भनि लामो समयसम्म सो प्रकृया स्थगित गर्‍यो। यसबाट उक्त कम्पनीको बजार मुल्यमा नकारात्मक असार पर्न थाल्यो FPO कै कुरा ले ४९०० पुगेको NLIC अहिले साँच्चै FPO आउने बेलामा चाहिं २६०० मा आईपुगेको छ।

दोश्रो बजारमा जोखिम लिन नचाहने , बचत खातामा रकम राख्ने , बैंक बित्तिय सँस्थाबाट ओडि प्रयोग गरीरहेका, बजार प्रवेश गर्ने बाटो खोजी रहेकाहरुको लागी लगानीको लागी यो एउटा उपयुक्त बिकल्प हुनसक्छ ।

हुन त पछिल्लो समय FPO ले एउटा बिकृतीकै रुप लिएको पाईन्छ। कतिपय कम्पनीले कमाई गर्ने भाँडोकै रुपमा लिएको पाईन्छ FPO लाई । आफ्नो नियमित कारोबार बढाएर नाफा बढाउनु कता हो कता FPO निकालेर सँचिती बढाउने सोचलाई "काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर" भन्ने उखानसँग दाँज्दा फरक नपर्ला।

NLIC को हकमा भन्ने हो भने यो एउटा निरन्तर राम्रो ब्यापार गरिरहेको , नाफा बढाईरहेको , लगानिकर्ताप्रती उत्तरदाई , निरन्तर आकार्षक प्रतिफल प्रदान गरी रहेको कम्पनी हो। एउटा भनाईनै छ कि "झुर कम्पनीले दिने बोनस भन्दा त राम्रो कम्पनी दिने हकप्रद कयौं गुना राम्रो हुन्छ!"

सँस्थापक र साधारणको सेयर सँरचना नियम अनुसार मिलाउन  पहिले देखी नै FPO लाई आफ्नो योजनामा राखेको NLIC को हकमा भने अहिलेको FPO निश्काशनलाई सामान्यनै मान्नुपर्छ। 

एउटा चाखलाग्दो कुरा के छ भने NLIC को ५२ हप्ताको अधितकम र न्युनतम मुल्यलाई हेर्ने हो भने ४९३६ अधिकतम मुल्य थियो र न्युनतम मुल्य भने २५९५ रहेको छ । जुन हिजोको कारोबार मुल्य थियो । 

दोश्रो बजारमा कारोबार गर्नेहरुका लागी पनि यो एउटा सुनौलो अवसर हो । हिजो मुल्य उचालिएर ४००० नाघेको दिनमा NLUC को सेयर खरिद गर्नेहरुको लागी अहिलेको बजार मुल्य एभरेज गराउनको लागी राम्रो अवसर हुनेछ। 

अहिले NLIC मुल्य तल झर्नुको कारण २६०० मा बिक्री गरेर १४२५ मा किन्ने सोच हुनसक्छ धेरैको। तर हामिले यो कुरा बुझौं कि २६०० मा बेचेको १०० कित्ताले भोली १० कित्ता दिने कुनै ज्ञारेण्टी छ र? 

जसरि IPO , FPO को क्रममा बजारमा बिक्री चाप बढ्छ अनि बजार घट्छ त्यसै गरी उक्त रकम बजार फर्कंदा बजारमा खरिद चाप बढ्छ अनि मुल्य उकासिने निश्चितनै छ।

हाल २ अर्ब १६ करोड चुक्ता पुँजी रहेको NLIC ले अहिले करिव ३१ लाख कित्ता FPO जारी गरेपछीको पुँजी भने करिव २ अर्व ४७ करोड पुग्नेछ भने रिजर्व भने ६ अर्व ३७ करोड पुग्ने कम्पनीले प्रकाशित गरेको आव्हान पत्रमा उल्लेख छ। जसबाट लगानिकर्ताले भोलीका दिनमा राम्रै बोनस पाउने आशा गर्न सकिन्छ !

यो पनि: नेप्सेको पछिल्लो परिस्तिथि 'अस्तब्यस्त बनेको खोला बाढी पश्चात पुरानै बहावमा फर्किएको जस्तो' 

के हिसाबले आवेदन दिने?
५० हजार भन्दा मुनी साना लगानिकर्ता अनि त्यस माथी ठुला मानिन्छ हाम्रो बजारमा। बाँडफाँडमा ठुला र सानाको अनुपात पनि निकै फरक हुन्छ। तसर्थ अहिलेको FPO लगानी सन्दर्भमा मेरो सुझाव चाहिं सकेसम्म आफ्ना परिवार सदश्य धेरैको नाम ५०००० मुनी आवेदन दिनुस् जसअनुसार ३० कित्ता × १४२५ = ४२७५० /- अनि बाँकी ठुलो समुहबाट एक जनाको नाममा अवेदन दिनुस्।

अहिलेको तरलता अभावमा ४ अर्व १० करोडको NLIC FPO मा १० गुना आवेदन पर्दा पनि ४० अर्ब माथी पर्ने सोच्न सकिन्छ , अहिलेको LIQUIDITY CRISIS अवस्थामा जुन ठुलै कुरा हो ! 

ब्याक्तिगत प्रक्षेपणको कुरा गर्ने हो भने मेरो बिचारमा NLIC FPO मा सानाले १४% अनि ठुला ले ६% को हाराहारीमा सेयर प्राप्त गर्नेछन्! 
HAPPY INVESTING!

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved