सहज आस्वा (ASBA) प्रणालीको असहज चर्को सेवा शुल्क!!

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2017 | 01:47:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सार्वजनिक रुपमा निष्काशन गरिएको धितोपत्र (शेयर , डिबेन्चर , बोन्ड लगायत अन्य) खरिदको लागि  आवेदन दिने आवेदकको पैसा धितोपत्र  माग गरे बमोजिमको रकम  धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदकले  झिक्न नपाउने गरि आवेदककै बैंक खातामा रोक्का हुने प्रणाली Applications Supported By Blocked Amount (ASBA) आस्वा प्रणाली हो। 

यस प्रणाली बाट  जति रकम बराबरको शेयर, डिबेन्चर  माग गरिएको छ त्यति रकम बराबर रकम मात्र बैकले आवेदकको  खातामा  रोक्का राखी  राख्छ। रोक्का राखिएको रकम भन्दा बढि रहेको रकम नियमित प्रक्रिया अनुसार उक्त खाता बाट झिक्न सकिन्छ साथै उक्त  खातामा थप रकम जम्मा गर्न र पुर्बवत रुपमा संचालन गर्न यस प्रणालीले कुनै अफ्ठ्यारो पार्दैन। 

यस प्रणाली बाट शेयर लगानीकर्ताहरु लाइ निकै सहजता हुने नै छ। शेयर बाडफाडको क्रममा  आवेदकलाई जति कित्ता शेयर परेको छ त्यति  कित्ता बराबरको रकम मात्र आबेदको खाता बाट कट्टा हुने छ। यस प्रणाली बाट विद्यमान् झन्झटिलो प्रणालीको अन्त्य भइ  शेयर बाडफाडमा लाग्ने लामो  समयको पनि अन्त्य हुने छ। 

नेपालको प्राथमिक शेयर बजार साना लगानीकर्ता मैत्री छैन।  जो सग धेरै लगानीयोग्य पुजी छ अलि ठुलो मात्रामा शेयरमा लगानी गर्छन उनीहरुलाई क्ष्एइ मा बाडफाडमा  लगिदैन।  बिचारा जो संग लगानी योग्य पुजी कम छ र सानो सानो कित्ता शेयर माग गर्छन उनीहरु लाई ipo बाडफाडमा सधै चिट्टामा लगिन्छ।  

विद्यमान् झन्झटिलो ipo प्रणालीको अन्त्य गर्न र   शेयर बाडफाडमा लाग्ने लामो  समयको पनि  अन्त्य गर्न आस्बा प्रणाली लागु गरिएको हो।  आस्वा प्रणाली सहज भएता पनि यस बापत लाग्ने शुल्क बर्तमान परिप्रेक्ष्यमा  अलि महँगो नै निर्धारण गरिएको छ। रु पचास हजार रकम  सम्मको आबेदन दिने आवेदकको लागि सेवा शुल्क रु १०० र रु पचास हजार भन्दा धेरै रकमको लागि आबेदन दिने आवेदकको लागि सेवा शुल्क रु २५० निर्धारण गरिएको छ। उक्त संकलित सेवा शुल्क मध्ये बैंक तथा  वित्तीय संस्थाले सेवा शुल्कको १५% हुन आउने रकम निष्काशन तथा बिक्री प्रबन्धकलाई र  ३.५ % ले हुन आउने रकम बोर्डलाई धितोपत्र बिक्री बन्द भएको मितिले एक महिनाभित्र बुझाउनु पर्दछ । जुनको कुराको व्यवस्था धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धि निर्देशिका , २०७३ मा व्यवस्था गरिएको छ।  

रु पचास हजार रकम  सम्मको आबेदन दिने आवेदकको लागि सेवा शुल्क रु १०० र रु पचास हजार भन्दा धेरै रकमको लागि आबेदन दिने आवेदकको लागि सेवा शुल्क रु २५० निर्धारण गरिएको छ।

नेपालको प्राथमिक शेयर बजार ठुला लगानीकर्ता र सामुहिक लगानीकोष मैत्री छ किनकि उनीहरुलाई बिना चिट्टा शेयर बाडफाड गरिन्छ तर लगानीयोग्य पूजीको अभाबमा थोरैथो रै कित्ता शेयर माग गर्ने   साना साना  लगानीकर्ताहरुलाइ  शेयर  बाडफाडको क्रममा अधिकाश कम्पनिहरुमा चिट्टा प्रणालीमा लैजाने गरिन्छ । जसले गर्दा आबेदन गरेका सम्पूर्ण साना लगानीकर्ताहरुले शेयर प्राप्त गर्न सक्दैनन्। 

बर्तमान शेयर आबेदन  प्रणालीमा शेयर नपरे पनि खर्च हुने भनेको अन्य कुराहरु बाहेक , फोटो , नागरिकताको फोटो कपि र  रु २ को दरखास्त फारम शुल्क हो। सानो सानो रकम लगानी गर्ने , न्यूनतम सख्या १० कित्ता शेयर  माग गर्ने साना लगानीकर्ताहरुलाइ उक्त खर्च हुने रकम खासै ठुलो रकम होइन। जसको आय स्रोत कम छ  तर कम पुजी भए पनि शेयरमा लगानी गर्न चाहान्छन तर शेयर पर्ने हो नपर्ने हो कुनै ठेगान हुदैन  उनीहरुको लागि रु १०० को  आस्वा सेवा शुल्क अलि महंगो नै हो।    

बर्तमान शेयर आबेदन  प्रणालीमा शेयर नपरे पनि खर्च हुने भनेको अन्य कुराहरु बाहेक , फोटो , नागरिकताको फोटो कपि र  रु २ को दरखास्त फारम शुल्क हो

न्यूनतम रकम बराबरको न्यूनतम कित्ता माग गर्ने लाइ कहिले पो सबै लाई  शेयर पर्छ  सधै उनीहरुलाई चिट्टा प्रणालीमा लगिन्छ।  ठुलो लगानीकर्ताहरु लाई सहजताकाको लागि आस्वाको सेवा शुल्क ठिकै लाग्ला तर सानो सानो पुजी बाट शेयर बजारमा प्रवेश गर्न चाहने र १० कित्ता शेयर माग गर्ने साना साना लगानी कर्ताहरुलाई उक्त रु १०० सेवा शुल्क अलि महंगो हुन जान्छ। 

यदि नेपालको शेयर बजार साना साना लगानीकर्ता मैत्री बनाउने हो भने रु ५० हजार भन्दा बढि रकमको शेयर आबदेक हरुलाई Over Subscribe को आधारमा चिट्टा प्रणालीमा लैजानु पर्छ र सानो  सानो  रकम लगानी गर्ने साना साना लगानीकर्ताहरुलाई नेपालको पुजी बजारमा आकर्षण गर्न पनि निष्काशन गरिएको शेयरको आधारमा कम्तिमा पनि १० कित्ता शेयर दिने व्यवस्था गर्नु पर्छ १० कित्ता माग गर्ने साना साना लगानीकर्ताहरु बर्तमान शेयर बाडफाड  प्रणालीमा  शेयर प्राप्त गर्न असहज हुने बर्तमान प्रणालीलाइ   सहजता तर्फ लग्नु पर्छ। 

यदि सानो सानो रकम लगानी गर्ने लगानीकर्ताहरु लाइ न्यूनतम १० कित्ता भए पनि शेयर प्राप्त प्रणालीको बिकास भए मात्र साना लगानीकर्ताहरु लाई आस्वा बापत रु १०० सेवा शुल्क सहज होला। तर ठुला लगानीकर्ताहरु , सामुहिक लगानी कोषहरुलाई बिना चिट्ठा ipo मा शेयर दिने तर लगानीयोग्य पूजीको अभाबमा १० कित्ता शेयर आबेदन गर्ने साना लगानीकर्ताहरुलाई सधै चिट्टामा लग्ने शेयर बाडफाड गर्ने  बर्तमान प्रणालीमा यो अलि चर्को नै सेवा शुल्क हो।

सानो सानो कित्तामा शेयर  आबेदन दिने निवेदकहरुलाई  निष्काशित शेयरको आधारमा कम्तिमा पनि १० कित्ता  भए पनि शेयरबाडफाड गर्ने प्रणाली विकास हुनु जरुरी छ।शेयर बजार सधै साना लगानीकर्ता मैत्री हुनुपर्छ । अत बर्तमान  प्रणालीमा  सहज आस्वाको असहज  चर्को  सेवा शुल्क हुने प्राय निश्चित नै छ। 
  
                   
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved