के सबै सपना सेक्ससंग सम्वन्धित छन् ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2017 | 11:16:59 PM मा प्रकाशित

laxmi  sunrise bank

फ्रायडवादले के भन्छ भने प्रत्येक सपना सेक्ससंग सम्वन्धित हुन्छन् । यसको अन्तिम निचोड सेक्समा सन्तुष्टि प्राप्ती र अप्राप्तीसंग सम्वन्धित छ । यसरी त सपना प्रत्येकको नीजि सम्पति हो यसको बारेमा अरुले विश्लेषण गर्न मिल्ने बिषयवस्तु नै होईन । सन्सारमा कुनै पनि अनुसन्धानबेत्ताले अरुको नीद निदाईदिन र अरुको सपना देख्न पनि सक्दैन । सबैले नितान्त आफ्ना  सपनाको बारेमा बताउन सक्छु र अरुकोबारेमा व्याख्या गर्न सकिदैन । स्पष्ट छ नीद र सपनाहरु अरुको बाड्न सकिदैन र व्याख्या गर्न सकिदैन ।
 
सपना कस्ता कस्ता देखिन्छन् भन्ने बारे रोचकता प्रस्तुत गरिएको सपना साहित्य अहिलेसम्म कसैले प्रकाशित गरेको छैन । तर मेरा केही सपना यस्ता छन् जुन मैले बिर्सन सक्दिन । एक पटक मैले अमेरिकाका राष्ट्र्रपति जर्जबुशसंग ह्वाइट हाउसमा छलफल गरको छु । २०४९ साल जतिबेला  मैले त्यो सपनादेखे त्यत्तिबेला वास्तवमा त्यँहाको राष्ट्र्रपति हुनुहुन्थ्या अर्थात भुतपुर्व भै सक्नु भएको थियो  । तर सपनामा ऊहाँले मलाई ह्वाईट हाउस मै कार्यरत राष्ट्र्रपतिको रुपमा सम्मान गर्नु भएको । ठूलो टेबलमा हामी २ बसेर सोमालीयामा अमेरिकी सेना पठाउने वा नपठाउने भन्ने विषयमा छलफल भएको । ठिक त्यतिबेला अमेरिका र सोमालीया बीच कुनै विवाद वा छलफल थियो वा थिएन भन्ने बारे पनि म अनभिज्ञ छु । यसैगरी मेैले ह्वाइट हाउस देखेको छैन त्यसैले सपना देखिएको ह्वाईट हाउस र वास्तविक बीच के के मिल्दो जुल्दो हो वा होईन  त्यो पनि मलाई थाहा छैन ।  अव यो सपनालाई कुन अर्थमा सेक्ससंग जोड्न सकिन्छ ? म भन्न सक्दिन। 
 
त्यसैगरी अर्को सपनामा म रुस भन्ने देशमा छु रुस कस्तो छ मलाई थाहा छैन तर मेरो स्वपनील मानस पटलमा त्यो ठाँऊ रुस हो भन्ने परेको छ । म रुस त्यसै गै रहेको छैन । त्यो सपनामा रुस र चीन मिलेर भारतमाथि आक्रमण गर्दैछन् हल्ला सुनिन्छ । अब लडाईकोलागि कस्ता हतियार प्रयोग हुदैछ भन्ने निरीक्षण गर्न मलाई बोलाईएको छ । मेरो मानस पटलमा म एउटा बिशाल भवन भित्र पस्दै छु भन्ने लागि रहेको छ । मैले सोचेको छु सपनामै की म जहाँ जादैछु त्यहाँ सबै ढोकाहरु रिमोट कन्ट्र्रोलले खोलीरहेका हुनेछन् । तर वास्तविकता निकै फरक छ म त कुनै सिमेन्टेड भवनमा होईन एउटा विशाल अंगुरको बघैचामा पु¥याईएको छु । जब म बघैँचा भित्र छिर्दछु त्यहा पस्नासाथ बघैँचाको एउटा अंश सर्रर अगाडी बड्दछ । कुनै अचम्मको र अकल्पनीय ठाउँमा पुगिन्छ हातहतियारहरु राखिएको भनिन्छ तर तर कुनै पनि हतियार जस्तो लाग्दैन । तर मनले यि चीजहरु खतरनाक छन् यि विष्फोट गरिए भारतलाई खतरा भयो भने नेपाललाई पनि ठूलो जोखिमहुन्छ भन्ने डर मलाई लागि रहेको हुन्छ । 

यस्तैमा म त्यँहाबाट भागेर यो लडाई रोक्नकोलागि चीनतिर गै रहेको हुन्छु । म सपनामा स्याँ स्याँ गर्दै चीन पुग्दा पुग्दै युद्ध घोषणा भै सक्यो अव यस्तो भेटघाटले कुनै अर्थ राख्दैन भन्ने जानकारी प्राप्त हुन्छ । अब मैले चीनबाट दौड्दै भारत पुग्ने र यो जानकारी दिने निर्णय गर्दछु । म ठूला ठुला पाहाडहरु पार गर्दै भारत तर्फ गै रहेको हुन्छु , ठिक भारत र चीनको सिमानामा काँडेतार लगाइएको हुन्छ त्यसलाई मैले हाईजम्प गरेर पार गर्दछु । जब सपनमा भारत पुग्दछु त्यतिबेला भरखर घामलागेको छ । झुलेका घानका वालाहरुलाई घामको ज्योतीले पेन्टिङ गरेको जस्तो दृश्य छ त्यहाँ केबल शान्ति छ हल्ला हुलदङ्गा  केही छैन । म सम्म फाँटमा हिडिरहेको छु । म त्यतिबेला जाग्दछु । अव यो सपनाले सेकस संग जोड्छ ।
 
अब यो सपनाले मलाई यौनमा सफल वा असफल के बनायो  त खै ? म बुझ्न सक्दिन । अर्थात सबै सपनाहरु यौनबाट निर्देशित हुन्छन् भन्ने कुरामा कुनै सत्यता छैन । तर कहिले काँहि मैले सेक्स गरेकै  सपना देख्दछु त्यो यस्तो वास्तविक जस्तो लाग्दछ कि मलाई अति जिज्ञासा र आनन्द प्राप्त हुन्छ । वास्तवमा सेक्स गर्दा र सपनामा सेक्स गर्दा यदि नढाँटी भन्ने हो भने सपनावालाले बढि रोमाञ्चीत गराँउदछ ।
 
यस्तो अनुभव नितान्त व्यक्तिगत हुन्छ । कसैको फरक अनुभव पनि हुन सक्छ । केही सपनाहरु यस्ता हुन्छन् जुन सपनामा जे गरिन्छ विपना पनि मानिसले त्यस्तै गरीरहेको हुन्छ । एक जना मानिसले सपनामा रुख चढेको देखेका थिए र वास्तवमै पनि उनी सोही चढेको अरु कसैले देख्यो । उनी सपनामै त्यो रुखबाट झरेर तल आए र सरासर बिस्तरामा सुते । अर्को दिन जागि सके पछि उनलाई त्यो कुरा भनीयो र त्यो रुखमा चढ्न लगाइयो तर विपनमा उनी चढ्न सकेनन् । किनकी रुख ज्यादै असजीलो थियो ।
 
अर्को एक जना मानिसले  सपना हिडेको  देखिरहेका थिए सोही क्रममा वास्तव मै हिडीरहेका पनि थिए । यो कुरा अरु मानिसले देख्न मिल्ने भएकोले भौतिक मानिस हिडेकै देखिने भयो । तर विस्तरा भित्र कसले कस्तो सपना देख्दछ कसैले पनि पत्ता लगाउन सक्दैन । तर्सथ बहुरंगी सपनाहरुलाई भ्रमपुर्ण बनाउन बजारमा विभिन्न स्वप्न लक्षणका संगालोहरु पाईन्छन् । कस्तो सपना देखेमा के फल पाईन्छ भन्ने कुरा देखिन्छ । यो नितान्त विश्वस्नीय हुन सक्दैन । एक जनाले कस्तो सपना देख्दा उसले के फल पाउछ भन्ने कुरा व्यक्ति सापेक्ष हुन सक्छ ।
 
कहिले काही यो मिल्छ पनि , एस एल सि , उतीर्ण हुने पहीलो रात सपना मैले एउटा काठको पुल बडो मुस्किलले तरेको थिए । म पुल तर्नासाथ त्यो पुल भत्किएको थियो । यसको अर्थ म पास त भए तर एउटा विषयमा मात्र ३२ आयो । केही मिल्यो पनि । तर ज्यादै ठूला नदी तर्दा पनि केही  उपलब्धिी हुँदैन । तर्सथ सपना हाम्रो अधिकार हो तर त्यसको फल र संयोजनलाई दावि गर्ने कुनै आधार कम से कम मैले भेटेको छैन ।
 
जहाँसम्म सपना सेक्ससंगमात्र सम्वन्धित छ भन्ने कुरालाई कैबाट पनि पुष्टि गर्न सकिदैन । रोमाञ्च भन्ने कुरा पनि भावनात्मक विषय हो तर्सथ सपनामा देखिने दुःख , हर्ष , सेक्स जनित कार्यहरु सपना र विपनामा उस्तै उस्तै लाग्दछन् । तर अन्य सपनाहरुलाई सामान्यीकरण गरेर केबल सेक्ससंगमात्र जोड्न मिल्दैन । कसैले पूजा गरेको सपना देख्ला , कसैले परीक्षा दिएको देख्ला त्यो सेकससंग जोडिन्छ भन्ने  कुरालाई शुरुदेखि नै खारेज गरी दिउँ ।

रामप्रसाद गौतम ,९८४११९६५६५

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved