"देख्नेले 'टाई लगाको गुण्डा' भन्छन,तरलता कमिले त्यहि टाई पासो बन्दैछ"-बैंकर ज्ञवाली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2017 | 11:28:38 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानी योग्य पुंजी (तरलता) अभाबका कारण बैंक तथा वित्तीय संस्था र बैंकरले भोग्नु निक्षेप संकलनमा सास्ती भोग्नु परेको छ। तरलता अभाबको कारण कर्जा प्रवाह गर्न बैंकहरुलाई समस्या परेको र व्यवसायीहरुको पहिले नै पारित भएको ऋण समेत प्रवाह गर्न समस्या भईरहेको समाचार प्रकाशित हुँदै गर्दा विभिन्न धारणाहरु बाहिर आइरहेका छन। 

निक्षेप संकलनमा बैंकहरुबीचको प्रतिस्पर्धा, कर्जा प्रवाहमा देखिएको समस्या र बैंकरहरुले झेल्नु परेको अवस्थालाई चित्रण गर्दै ज्योती विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले १३ बुंदामा आफ्नो धारणा यसरी ब्यक्त गरेका छन:

   

१.नयां कर्जाको कुनै फाईल नउठाउ। पुरानो बल्ल तल्ल बनाउदै गरेको फाईल नी ढिला गर!! सकेसम्म ग्राहक अन्तै जाओस!!

२. हप्ता हप्तामा कर्जाको ब्याजदर बढेको सुचना ग्राहकलाई देउ अनी दिनभरी ग्राहकको किचकिचलाई व्यवस्थापन गर!!

३. कुनबेला कस्ले कल डिपोजिट एकान्ट (सँस्थाहरुले माग्ने वित्तीयकै फिर्ता गर्नु पर्ने रकम) को पैसा स्वाट्टै बढि रेटमा तानिदिन्छ,कर्जा निक्षेप अनुपात (हाल ८० प्रतिशत कायम गर्नु पर्ने) नै हान्ने गरी फेरी रोई कराई गरेर मुद्दती निक्षेपको भन्दा बढि रेटमा त्यहि कल डिपोजिटको पैसा फिर्ता लेउ।

४. अस्तीमात्र ६ दशमलब ९९ प्रतिशतमा दिएको गाडी र घर कर्जाको ब्याजदर ११-१२ प्रतिशत पुर्याईदिदा ईएमआई (अनुमानित मासिक ब्याज ) हिसाब गर्दा बल्ल तल्ल पुगाको डिस्पोजेबल आयको के काम रै छ बुझ्नै गारो। कति प्रस्ताब गरेर लिएको  ग्राहक कराउदै आउछ..टाउको तल!!

५. मुद्दती निक्षेपमा १२ -१३ प्रतिशतमा कबोल गरेर लिएको निक्षेप जस्को इफ्फेक्टिब कस्ट (समायोजित लागत) १४-१५ प्रतिशत  हुन्छ अनी नयां कर्जा दिने कति रेटमा तिर्छ कसरी?? कर्जाको दर भन्ने कसरी।

६.  दुई महिना पहिला मात्रै ६-८ प्रतिशमा मा राखेको मुद्दती निक्षेप रसिद लिएर ग्राहक आउछ। दुई प्रतिशत थप गरेर  मुद्दति निक्षेप धितोमा ८ देखि १० प्रतिशत ब्याज तिरेर पैसा लैजान्छ अनी त्यहि पैसा ११ देखि १२ प्रतिशतमा मा त्यहि राख्ने कि अर्कोमा मुद्दती निक्षेप खोल्न जाउँ भन्छ; शाखा प्रबन्धक ग्राहकको  वित्तीय व्यवस्थापन हेरेर चकित पर्दे यहि राखिदिनुस् प्लीज भन्छ। अहा निक्षेप नी बढ्यो ऋण पनी बढ्यो। अर्थतन्त्रको को कुरा कस्लाई मतलब!!!

७. ब्याजदर बढायो बैकहरुले भनेर "टाई लगाको गुण्डा" भन्छन्, तरलता कमिले गर्दा त्यहि टाई पासो हुनलाई सक्यो त्यस्तै अर्को टाईले घांटी अटसमटस भैराको साथी बाहेक अरुले मर्म बुझ्दैन!!

८. एक महिना अघी मात्रै आफ्नो भए भर को सम्बन्धको कसम दिएर अर्को बैकबाट ८-९ प्रतिशतमा ऋण दिन्छु भनेर तानेको ग्राहक। बल्ल तल्ल कर्पोरेट कार्यालयमा लडि लडि स्वीकृति गरायो, ब्याजदर १२ - १४ प्रतिशत भएर आयो। ग्राहकले धन्ने मारेन....बोलीचाली बन्द। पछि कुन मुखले फेरी ब्यापार माग्न जाने...उफ्फ!!!

९.पन्ध्र - बिस दिन चाकडि गरी गरी सहकारीको खाता खोलाएर मुद्दती निक्षेप भन्दा बढि दरमा कल डिपोजिट एकाउन्ट (सँस्थाहरुले माग्ने वित्तीयकै फिर्ता गर्नु पर्ने रकम) खोलेको त २ दिन पछि अझै बढि रेटमा अर्कैले लिईसकेछ...आफू जिल्लै। सपना नी बजेट र लक्ष्य नपुगेको आउन थाल्यो।

१०. ट्रेजरी बिभागका कर्मचारीहरु कर्जा निक्षेप अनुपात र कर्जा परिचालन अनुपात गर्ने दिनभरी एक अर्कोसंग गुहार माग्दै हैरान। 

११.समग्र मुद्दती लागतलाई ब्वास्थित गर्न बचत खाताको दर नबढाको त हरेक दिन बचत खाताको रकम घटेको घटयै छ। बचाउने कसरी... हत्तेरीका।।

१२. बैकहरु रणनीतिक रुपमा फेल भए, उपभोक्ता कर्जामामा कन्द्रित भई खुब कर्जा बाडे, अब रोई कराई गर्छन्,बैकहरुले जथाभाबी खर्च गरेका हुन्, पुजी बृद्दि भयो भनेर हुन्छ प्रति सेयर आम्दानी/ प्रति सेयर लाभांस किन केन्द्रित ..तरलता संकुचन भयो भन्ने रिपोमा (राष्ट्र बैंकले निश्चित ब्याजदरमा निश्चित समयका लागि उपलब्ध गराउने रकम) आबेदन नगर्ने बैंकको यस्तो व्यवहार ब्याज बढाउने बहाना मात्रै हो... हेर्यो, पढ्यो, सुन्यो बस्यो...कौन सुनेगा किसको सुनायं ईसिलेए चुप रहेते है...गाना बज्दैछ!!

१३. सरकारी खर्च बढ्ला, पुनर्निर्माण प्राधिकरणले रु १५०-२०० अर्ब  खर्च गर्ला, हल्ला भए अनुसार कर्जा निक्षेप अनुपात समायोजन होला अनी राहत हुन्थ्यो की सोच्दै गर्दा चिसो मौसममा नि चिट चिट पसिना!!


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved