नेपालको संबिधानमा पछि परेका वा पछि पारिएका बिभिन्न बर्ग तथा समुहहरुलाई बिभिन्न माध्यम बाट राज्यको मूल प्रवाहमा ल्याउने परिकल्पना गरिएको छ। तर नेपालको शेयर बजारमा साना लगानीकर्ताहरुलाई नीतिगत रुपमा नै शेयर बजारको मूल प्रवाह बाट बाहिर राख्ने नीति निर्माण गरिएको छ।
साना लगानीकर्ताहरुलाई शेयर बजारमा आकर्षण गर्नु तथा संरक्षण गर्नुको सट्टा ठुला लगानीकर्ताहरु तथा सामुहिक लगानीकोषहरुको हित अनुरुपको नीति निर्माण गरिएको छ। अत नेपालको शेयर बजार साना लगानीकर्ता मैत्री छैन।
धितोपत्र बाडफाड संबन्धि निर्देशिका २०६८ अनुसार शेयर बाडफाडमा साना लगानीकर्ताहरुलाई ४० प्रतिशत छुट्टाउनु पर्ने व्यवस्था गरिएको छ। सामुहिक लगानी कोष नियमावली २०६७ को परिच्छेद १० दफा ४६ उपदफा १ अनुसार सामुहिक लगानी कोष धितोपत्रहरुलाई निश्कासनको ५ प्रतिशत छुट्टाउनु पर्ने व्यवस्था गरिएको छ।
यस नीतिगत व्यवस्थाले जो संग लगानी योग्य पूजीको अभाव छ उनीहरुलाई नीतिगत रुप मै शेयर बजारमा प्रवेशको निम्ति असहयोग गरेको प्रष्टै देखिन्छ। संबिधानमा पछि परेका वा पछि पारिएका बिभिन्न बर्ग तथा समुहहरुलाई बिभिन्न माध्यम बाट राज्यको मूल प्रवाहमा ल्याउने परिकल्पना तर शेयर बजारमा जो लगानी योग्य पूजीको अभावमा पछि परेका छन् , जो संख्यात्मक रुपमा धेरै पनि छन् उनीहरुको लागि निश्कासन गरेको शेयरको ४० % छुट्टाउनु साना लगानीकर्ताहरुलाई कति सम्म अपहेलित गरिएको छ नीतिगत रुप मै।
अझ रोचक पक्ष त करोडौं रुपैया भएका सामुहिक लगानीकोषहरुलाइ ५ को आरक्षणको व्यवस्था गरिएको छ। जो संग अरबौं रुपैया जो ठुला लगानीकर्ताहरु हुन् उनि हरु लाई बिना लोटरी सिस्टमबाट शेयर बाडफाड गरिन्छ। बिचारा जोसंग लगानी गर्न प्रशस्त मात्रा लगानी योग्य पुजी हुदैन र न्यूनतम कित्ता शेयर आबेदन गर्छन उनीहरुलाई भने लोटरी सिस्टमबाट शेयर बाडफाड गरि जम्मा १० कित्ता मात्र शेयर दिइन्छ।
नेपालको शेयर बजारमा जहाँ नाफा हुन्छ त्यहाँ ठुलाको नै हालीमुहाली देखिन्छ। प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा हुने शेयर बजारमा हुने इनसाइड ट्रेडिङ, विभिन्न कम्पनीहरुका गोप्य सूचनाहरु प्राप्त गर्नमा ठुला लगानीकर्ताहरु नै अगाडी नै हुन्छ। जसको एक उदारहण जनता बैक र माछापुच्छ्रे बैक मर्जर हुने प्रयास जारि रहेको अबस्थामा सन्दर्भमा गुरु प्रसाद नेउपानेले आफु जनता बैकको संचालक भएको अबस्थामा जनता बैकको ठुलो मात्रा आफ्नो नाममा , परिवारको नाममा र आफुले संचालन गरेको कम्पनीको नाममा शेयर किने तर बिबिध कारण बाट उक्त मर्जर प्रक्रिया पनि रोकियो।
राष्ट्र बैकको छानबिनको क्रममा उनि दोषी देखिएर अहिले उक्त बैकको संचालक समिति बाट पनि राजीनामा दिएका छन्। तर जहाँ रकम तिर्नु पर्ने हुन्छ त्यहाँ साना लगानीकर्ताहरु लाइ लगेर जोतिन्छ। १० कित्ता पनि शेयर पर्ने हो वा होइन , जस बाट करोडौं रुपैया संकलन हुन्छ त्यहाँ सानालाइ लगिन्छ । अहिलेको आस्वा प्रणाली त्यसैको ज्वलन्त उदारहण हो। आस्वा प्रणाली राम्रो हो तर शुल्क निकै महँगो हो।
नेपाली शेयर बजारको दोस्रो बजारमा पनि साना लगानीकर्ताहरु उत्तिकै प्रताडित छन्। करोडौं रुपैया हुने सामुहिक लगानी कोषहरुलाई क्यापिटल गेन ट्याक्सको सुबिधा दिइन्छ। तर बिचारा साना लगानीकर्ताहरुले भने शेयर बेच्दा घाटा भए पनि ब्रोकरलाइ कमिशन समेत तिर्नु पर्छ। बजार बढेको समयमा साना लगानीकर्ताहरुलाई ब्रोकर अफिसमा सहज रुपमा उभिने समेत व्यवस्था हुदैन।
विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्नु पर्छ। साना लगानीकर्ता मैत्री शेयर बजार बनाउनु पर्छ। आइपीओं बाडफाडमा ठुला लगानीकर्ताहरुलाई मात्र लोटरी सिस्टममा लग्नु पर्छ। सानाले सहज रुपमा शेयर प्राप्त गर्ने व्यवस्था हुनु पर्छ। साना लगानीकर्ताहरुलाइ आइपीओ बाडफाडमा लोटरी सिस्टम लैजानु हुदैन। अत स् साना लगानीकर्ता मैत्री शेयर बजार बनाउन एवं साना लगानीकर्ताहरुलाई शेयर बजारमा आकर्षण गर्न आइपीओ बाडफाडमा साना लगानीकर्ताहरुलाई लोटरी बिना नै शेयर देउ।