विभेद गर्दै छोरी रहेछ भने भ्रुण हत्या गर्ने अनि समानताका नारा घन्काउने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 02, 2017 | 12:00:33 AM मा प्रकाशित

laxmi  sunrise bank

एउटा घर सिगो परिवारको लागि विश्वविद्यालय सरह मानिन्छ , घरका प्रत्येक सदस्यहरु त्यो विश्वविद्यालयका शिक्षक हुन बाटो देखाउने पथपर्दशक हुन । परिवारमा सबैको गुरु आमा सिवाय अर्को पात्र हुन सक्दैन । आमालाइ सम्मान गर्ने कुनैपनि शब्द छैन भन्दा पनि हुन्छ । आमालाइ धर्ति, सृष्टिकर्ता, माता, जननी अनेक नामले सबोधन गरिन्छ । धर्तिमा पाइला टेकाउने , नौँ महिनासम्म पेटमा कष्ट सहेर राख्ने , जन्मिएपछि स्तनपान गराउने , हुर्काउने, सस्कार सिकाउने र समाजको लागि लायक बनाउने सबैकाम आमाको हो । आमाको तुलनामा बुवाको सहायक भूमिका मात्र हुन्छ ।

यसअर्थमा पनि हरेक सन्तानले आफ्नो आमालाइ पहिलो गुरु भन्छन र आफु जन्मिएको हुर्किएको घरलाइ पहिलो पाठशाला भन्छन । पहिलो गुरुले पहिलो स्कुलमा जस्तो ज्ञान दिलायो कलिलो मस्तिष्कमा त्यही कुरा घुस्ने हो पछि त्यस्तै कुराहरु विकसित हुने मात्र हुन । यस  अर्थमा पनि पहिलो गुरु र पहिलो पाठशालाको धेरै ठूलो महत्व र गरिमा छ । 

यमुना अर्याल

आमाको कोखमा भूण रहेको अवस्थादेखी नै लिंगको बारेमा कौतुहल बन्छ हाम्रो समाज , छोरा होला कि छोरी ? सकभर छोरा जन्मिए हुन्थ्यो ..यस्तैखाले कुराकानी सुनिन्छ । गर्भमा अकुराएको टुसा पलाउन नपाउँदै  हामीमा लिगको पहिचानका कुराले स्थान पाउँछ । आफ्नो बच्चा जे भएपनि स्वस्थ होस राम्रोसँग जन्मिए हुन्छ भन्ने संस्कार अझैसम्म पनि विकास हुन सकेको छैन । छोरा र छोरी बाहेक अर्को चिज पक्कै पनि जन्मदैन तरपनि हामी लिंग परिक्षण गराउछौँ किन ? यहीबाट हामी लिंगको रुपमा हिंसाको थालनी गर्न तम्सिन्छौँ । 


छोरा र छोरी दुवै बराबरी नारामा भनिन्छ तर व्यवहारमा ठिक उल्टो छ छोरा रहेछ भने जन्माउने छोरी रहेछ भने गर्भपतन गराउने । आफ्नो पेटमा भुण अवस्थामै रहेको बच्चाले आफु छोरी भएकै कारण धर्तिमा जन्म लिन पाउँदैन विचैमा उसको हत्या गरिन्छ । जन्मन पाउने अधिकारबाट बन्चित गराएर पेटभित्रै हत्या गर्ने आमाबाबुलाइ सजायँ गर्ने कानून छैन । जन्मिइसकेपछि सहने भोग्ने हिंसा त अलग कुरा भए जन्मन समेत दिइदैन छोरीलाइ । नारामा अधिकार र समानताका कुरा गरेर के गर्ने ? परिवारमै छोरीप्रतिको गलत धारणा विकसित गरेपछि । आमा स्वयमले छोराको लागि छोरीको हत्या गर्न चाँसो देखाउँछन यो कतिसम्म लाजमर्दो कुरा हो ? आमा आफुले आफु छोरी भएको कुरा बिर्सन्छन । 


महिला हक अधिकारका बारेमा आयोजना गरिने विभिन्न अभियानहरुमा समाजका गन्नेमान्ने महिलाका भाषणहरु निकै सुनिन्छन । अझँ नारी दिवस, महिला हिंसाविरुद्धको १६ दिने अभियान जस्ता उत्सवमा त महिलाका बारेमा यति धेरै कुरा सुनिन्छन मानौँ यो धर्तिमा पुरुष पाइलापाइलामा पिडक हुन महिला पिडित मात्रै हुन । तर हामी कुन संस्कारबाट जन्मियौँ, हुर्कियौँ र अहिलेको अवस्था देख्न पाएका छौँ त्यो विषय भने गौण नै रहन्छ । छोरी जन्मिइसकेपछि ऊ बुझ्ने नहुँदैदेखी लिगको बारेमा पुरै जानकारी गराइएको हुन्छ ।  पहिलो विद्यालयमै पहिलो गुरुबाट लैगिकताका विषयमा पढ्न शुरु गरेको बच्चाले बुझ्ने भइसक्दा नसक्दा म छोरीमान्छे, म छोरो मान्छे यस्तो गर्न हुने उस्तो गर्न नहुने यावत विषयमा जानकारी पाइसकेको हुन्छ । पछि उसको व्यवहारमा तिनै कुराले विस्तार हुने मौका मात्र पाउने हुन । 


हामी महिला हिसाका घटनाको निकै आलोचना गर्छौ चर्चा गर्छौ तर हरेक परिवारमा छोरा र छोरीलाइ बराबरी व्यवहार गर्दैनौ । छोराले जे गर्दा पनि जायज हुन्छ त्यही कुरा छोरीले गर्दा नराम्रो हुन्छ । छोरी मान्छे भएर यस्तो गर्ने ? छोरीले कहिल्यै यस्तो गर्नु हुदैन । यिनै कुराबाट छोरीको मानसिकतामामै सेट हुन्छ कि ए म त छोरी मान्छे पो हुँ यस्तो काम मैले गर्न नहुने रहेछ , भाइले दाइले गर्दा केही नहुने रहेछ । छोराको दिमागमा आफुले जे गरेपनि परिवारमा जायज हुुन्छ भन्ने मनोभावना विकास हुन्छ छोरीलाइ दवाएका कारण ऊ यस्तो गर्न हुँदैन भन्ने मानसिकतामै हुर्किन्छे । पछिसम्म यस्तै कुराको ज्ञान उनिहरुमा रहन्छ त्यसैको उपज अहिले हामीले जे भोगिरहेका छौँ त्यही हो । 

एउटी महिलामाथि हिंसा पुरुषले गर्छ त्यो भन्दा अरुले त पक्कै गर्दैन  हामी अधिकारका मात्रै कुरा गर्नमा समय खर्च गर्यौा संस्कार सिकाउने काम गरेनौँ । महिला पुजिने स्थानमा देवता पनि खुसी हुन्छन भने हरेक परिवारका छोरालाइ नारी भनेका देवता हुन चाहे ति आफ्ना दिदी बहिनी, आमा हजुरआमा काकी भाउजु वा बाहिरतिरका कुनै महिला नै किन नहोउन उनिहरुको अपमान गर्नुभनेको ठूलो भूल हो भन्न सिकाएनौँ । हाम्रा दिदी बहिनीको सुरक्षा गर्ने रखवारी गर्ने काम दाजु भाइको बुवा अंकलहरुको हो भन्ने कुराको ज्ञान दिलाउन सकेनौ आज आफ्नै भनिएकाहरुबाट छोरीहरु असुरक्षित हुँदैछन । 

हाम्रा छोरीहरु तिमीहरु जस्ता पुरुषका कारण हरेक पाइला महिंसा सहन बाध्य पारिएका छन, पुरुष हिस्रक हुन अत्याचारी हुन महिला हिंसा गर्ने पात्र हुन यस्तै नकारात्मक तरिकाको ज्ञान दिलायौँ मानौ पुरुष महिलामाथि अपराध बाहेक केही गर्न जान्दैनन गर्दैनन वा सक्दैनन जसरी । छोरी जन्माउदा आमा अहिलेको जमानामा पनि खुसी हुँदैनन , ए मेरो त छोरी पो जन्मिइ पहिले खिन्न हुने अवोध बच्चाकी आमा हुन्छिन  । गर्भबाटै लिङ्गका कारण जन्मिने ग्यारेन्टी नपाएका छोरी जन्मिएपछि त पाइला पाइलामा प्रताडित हुन्छन त्यो पनि सबैभन्दा बढी आफनै आमाका कारण । आमाले आफु छोरी भएको बिर्सिएर यो छोरीको जात, अर्काको घर जाने जात यस्ता अनेक कुराहरु सुन्दा सुन्दा फर्किन नपाउँदै छोरीको मानस्पटलमा छोरी शब्दप्रति नै हिनताबोध हुन पुग्छ । पहिले त आमाले छोरीको सम्मान गर्न सक्नु पर्दछ । आमाले छोरीको समर्थन र सम्मान गर्ने हो भने हिंसाका आधा घटनामा न्यूनिकरण हुन्छ । आमाबाटै हेपिएका छोरीहरु अरुबाट सम्मान कसरी पाउँछन ? 

सन्तान नहुनेको लागि सोध्नुपर्छ छोरीको महत्व कति हुन्छ भन्ने कुरा । छोरा होस या छोरी आमा बाबुको लागि दुबै समान , बराबरी भन्ने नारा मात्रै होइन ब्यवहारमा पनि लागु गराउनु जरुरी छ । अवसर पाउने हो भने कुनैपनि छोरी छोराभन्दा कम हुँदैनन, हाम्रो मानसिकतामा परिवर्तन ल्याउनु जरुरी छ । छोरी भएको घरका  आमा बुवा कम्तिमा बृद्धा आश्रममा जानुपर्दैन भन्ने मान्यता अहिलेसम्म पनि कायम छ । छोराबुहारीले हेला गरेपनि दुखपर्दा छोरीको साथ पाउनको लागि भएपनि छोरीको महत्व बुझ्नुपर्छ । आमाले छोरीको महत्व नबुझेसम्म अरुले बुझ्न सक्दैनन  चाँहदैनन । 
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved